रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनामा उपकरण जडानको काम सुरु नहुँदा विद्युत् उत्पादन समय एक वर्ष पछि धकेलिएको छ। चालु आर्थिक वर्ष २०७७/७८ भित्र नै विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको आयोजनाले उपकरण जडानको काम सुरु नभएपछि समयसीमा थप्नका लागि प्रक्रिया अघि बढाएको छ।
आयोजनाले दिएको जानकारी अनुसार २०७९ जेठभित्र विद्युत् उत्पादन गर्ने गरी समयसीमा थप्न लागिएको छ। उपकरण जडान कार्य गर्न करिब एक वर्ष लाग्ने अनुमान गरिएको छ। अन्य काम सकिन लागेको भएपनि उपकरण जडानको काम अझै सुरु हुन सकेको छैन।
निर्माणस्थलमा सामग्री आइसकेको भएपनि जडान गर्ने जनशक्ति नआउँदा काम सुरु हुन नसकेको आयोजना प्रमुख छबि गैरेले बताए। ‘इलेक्ट्रोमेकानिकल तर्फको कार्य गर्नका लागि लकडाउनको समयमा समेत सामग्री आयात भएको थियो’, उनले भने, ‘तर अहिलेसम्म पर्याप्त जनशक्ति नआउँदा काम प्रभावित भएको छ।’
इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मेवारी पाएको भोइठ हाइड्रो इन्डियाले ल्याउनुपर्ने कामदार समयमा नै नल्याउँदा काम सुरु हुन नसकेको हो। ‘हामीले आवश्यक जनशक्ति ल्याउनका लागि निरन्तर पहल गरिरहेका छौं’, उनले भने, ‘तर थोरै मात्र जनशक्ति हुँदा उपकरण जडानको काम सुरु हुन सकेको छैन।’ भोइठ हाइड्रो इन्डियाले ९ जना मात्र साइडमा राखेको छ। बाँकी जनशक्ति आउने चरणमा छन्।
आयोजनामा अहिले सिभिल निर्माणतर्फ बाँधस्थल, सर्ज साफ्ट र पोखरी निर्माण लगायतका काम भइहेको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको आयोजनाको ८० प्रतिशत काम सकिएको छ। भूकम्प, नाकाबन्दी र बाढीपहिरोले आयोजनाको काममा अवरोध पुर्याउँदै आएको छ। १११ मेगावाट क्षमताको यो आयोजनाको २०७० माघदेखि निर्माण कार्य सुरु भएको हो।
आयोजनाबाट वार्षिक ६१३.८७ गेगावाट विद्युत् उत्पादन हुन्छ। आयोजनाले उत्पादन गर्न थालेपछि दैनिक सँवा करोड आम्दानी हुनेछ। २०७४ साउनमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोे आयोजना भूकम्प र नाकाबन्दीका कारण समयमा नै निर्माण सम्पन्न गर्न नसकिएको हो।
भूकम्पपछिको समयमा साइडको विभिन्न स्थानमा पहिरो झरेपछि चिनियाँ ठेकेदारले चार महिना काम रोकेका थिए। निर्माणाधीन आयोजनाको कुल लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ रहेको छ।
आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३ प्रतिशत, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताको १९ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १८ प्रतिशत, सर्वसाधारणको १५, रसुवावासीको १०, संस्थापक सेयरधनी संस्थाका कर्मचारीको ३.५ र ऋणदाता संस्थाका कर्मचारीको एक प्रतिशत लगानी रहनेछ।
रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनामा उपकरण जडानको काम सुरु नहुँदा विद्युत् उत्पादन समय एक वर्ष पछि धकेलिएको छ। चालु आर्थिक वर्ष ०७७/७८ भित्रै उत्पादन गर्ने लक्ष्य राखेको आयोजनाले उपकरण जडानको काम सुरु नभएपछि समयसीमा थप्न प्रक्रिया अघि बढाएको छ।
आयोजनाले दिएको जानकारी अनुसार २०७९ जेठभित्र विद्युत् उत्पादन गर्ने गरी समयसीमा थप्न लागिएको छ। उपकरण जडान गर्न एक वर्ष लाग्ने अनुमान छ। अन्य काम सकिन लागे पनि उपकरण जडानको काम अझै सुरु हुन सकेको छैन।
निर्माणस्थलमा सामग्री आइसके पनि जडान गर्ने जनशक्ति नआउँदा काम सुरु हुन नसकेको आयोजना प्रमुख छवि गैरेले बताए। ‘इलेक्ट्रोमेकानिकलतर्फको काम गर्न लकडाउनको समयमा समेत सामग्री आयात भएको थियो,’ उनले भने, ‘तर अहिलेसम्म पर्याप्त जनशक्ति नआउँदा काम प्रभावित भएको छ।’
इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मेवारी पाएको भोइठ हाइड्रो इन्डियाले ल्याउनुपर्ने कामदार समयमै नल्याउँदा काम सुरु हुन नसकेको हो। ‘हामीले आवश्यक जनशक्ति ल्याउन निरन्तर पहल गरिरहेका छौं,’ उनले भने, ‘तर थोरै मात्र जनशक्ति हुँदा उपकरण जडानको काम सुरु हुन सकेको छैन।’ भोइठ हाइड्रो इन्डियाले नौजना मात्र साइडमा राखेको छ। बाँकी जनशक्ति आउने क्रममा छन्।
आयोजनामा अहिले सिभिल निर्माणतर्फ बाँधस्थल, सर्ज साफ्ट र पोखरी निर्माण लगायत काम भइरहेको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको आयोजनाको ८० प्रतिशत काम सकिएको छ। भूकम्प, नाकाबन्दी र बाढीपहिरोले आयोजनाको काममा अवरोध पुर्याउँदै आएको छ। १११ मेगावट क्षमताको यो आयोजनाको निर्माण २०७० माघमा सुरु भएको हो।
आयोजनाबाट वार्षिक ६१३.८७ गेगावाट विद्युत् उत्पादन हुन्छ। आयोजनाले उत्पादन गर्न थालेपछि दैनिक सवा करोड आम्दानी हुनेछ। २०७४ साउनमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोे आयोजना भूकम्प र नाकाबन्दीका कारण समयमा नै निर्माण सम्पन्न गर्न नसकिएको हो। भूकम्पपछिको समयमा साइडको विभिन्न स्थानमा पहिरो झरेपछि चिनियाँ ठेकेदारले चार महिना काम रोकेका थिए। निर्माणाधीन आयोजनाको कुल लागत १३ अर्ब ६८ करोड ४२ लाख रूपैयाँ रहेको छ।
आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३ प्रतिशत, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताको १९ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १८ प्रतिशत, सर्वसाधारणको १५, रसुवाबासीको १०, संस्थापक सेयरधनी संस्थाका कर्मचारीको ३.५ र ऋणदाता संस्थाका कर्मचारीको एक प्रतिशत लगानी छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।