लगानी अनुसार प्रतिफल आएन
१४ जेष्ठ २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
लगानी अनुसार प्रतिफल आएन

सरकारले हरेक वर्ष लगानी बढाउँदै लगे पनि सरकारी स्वामित्वका संस्थानले प्रतिफल दिन सकेका छैनन् । अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०७७ अनुसार सरकारले सार्वजनिक संस्थामा लगानी २७.३६ प्रतिशतले बढाएको छ ।

एक वर्षमै करिब एक खर्ब रुपैयाँ लगानी बढाए पनि त्यसका आधारमा सरकारले लाभांश पाएको छैन । आव ०७५÷७६ मा नाफा १२.३६ प्रतिशतले बढे पनि लाभांश अघिल्लो आवको तुलनामा ४.२८ प्रतिशतले कम आएको छ ।  

सरकारले आव ०७४/७५ को तुलनामा आव ०७५/७६ मा लगानी २७.३६ प्रतिशतले बढाएर चार खर्ब ६४ अर्ब ५९ करोड ३१ लाख रुपैयाँ पु¥याएको थियो । संस्थानमा सरकारको सेयर लगानी ३५.६७ प्रतिशतले बढेर दुई खर्ब ७१ अर्ब ८३ करोड ९९ लाख पुगेको छ । ऋण लगानी १७.२३ प्रतिशतले बढेर एक खर्ब ९२ अर्ब ७५ करोड पुगेको छ । खुद नाफा १२.३६ प्रतिशतले बढे पनि लाभांश भुक्तानी दरमा ४.२८ प्रतिशतले कमी आएको छ । संस्थानहरुले ४८ अर्ब ७७ करोड ४१ लाख रुपैयाँ नाफा गरेकोमा लाभांश नौ अर्ब ४७ करोड नौ लाख रुपैयाँ मात्र भुक्तानी गरेका छन् ।  

सरकारले लगानी गरेका ४१ संस्थानमध्ये १३ वटा घाटामा छन् । २६ वटामात्र नाफामा छन् ।  पाँच संस्थानको कारोबार शून्य छ । अत्यावश्यक वस्तु तथा सेवा दिन स्थापना भएका सरकारी स्वामित्वका केही संस्थान डुबेका छन् । खुला बजार अर्थतन्त्रमा सार्वजनिक संस्थान निजीसँग प्रतिस्पर्धा गर्न सक्षम हुनुपर्छ । सरकारले लगानी बढाए पनि त्यसको प्रतिफल निकै कम छ । जबकि बैंकमा निक्षेप राख्दा अहिले ८.२५ प्रतिशतभन्दा बढी ब्याजदर दिन्छन् ।

केही संस्थानबाहेक अधिकांशको सञ्चालन स्थिति, व्यवस्थापकीय र वित्तीय कार्यसम्पादनका सूचक सुध्रेका छैनन् । संस्थान घाटामा गएपछि मन्त्रालयले कार्यप्रणाली र कार्यपद्धतिको आधारमा समयसापेक्ष सुधार गर्न सुझाव दिए पनि कार्यान्वयनमा आएको छैन । संस्थानको वित्तीय अनुशासन कायम गर्दै कार्यकुशलता र प्रभावकारितामा सुधार ल्याउनुपर्ने मन्त्रालयले जनाएको छ । संस्थानहरु आर्थिक सुशासन र वित्तीय उत्तरदायित्वमा कमजोर छन् ।

सार्वजनिक संस्थानबाट १७ अर्ब ५७ करोड २७ लाख रुपैयाँ आयकरमा योगदान छ । यो विगतको तुलनामा २७.८४ प्रतिशतले बढी हो । सरकारको कुल आयकरमा संस्थानको ८.६० प्रतिशत हिस्सा छ । नेपाल दूर सञ्चार कम्पनी लिमिटेडले पाँच अर्ब ९५ करोड ९४ लाख रुपैयाँ, नेपाल आयल निगमले दुई अर्ब ९१ करोड ८१ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले दुई अर्ब २४ करोड ६५ लाख, नेपाल बैंक लिमिटेडले एक अर्ब ५५ करोड एक लाख र कृषि विकास बैंकले एक अर्ब ५३ करोड २४ लाख रुपैयाँ आयकर तिरेका छन् ।

निजी क्षेत्रले सञ्चालन गरेका उस्तै प्रकृतिका उद्योग नाफामा गए पनि सरकारी स्वामितवका औद्योगिक उद्योगमा करोडौं घाटा छ । हेटौंडा सिमेन्टको नोक्सान एक करोड पाँच लाख रुपैयाँ, नेपाल औषधि लिमिटेडको नोक्सान आठ करोड ८२ लाख, नेपाल ओरियन्टल म्याग्नेसाइट प्रालिको १० करोड ८० लाख, बुटवल धागो कारखाना लिमिटेडको तीन करोड ४८ लाख रुपैयाँ नोक्सान छ ।  

दुग्ध विकास संस्थानले दुई करोड एक लाख नाफा आर्जन गरे पनि सञ्चिति नोक्सान भने ४६ करोड ६१ लाख रुपैयाँ छ । नेपाल औषधिको सञ्चित नोक्सान एक अर्ब ६३ करोड १५ लाख, उदयपुरको चार अर्ब ५५ करोड ५१ लाख, नेपाल ओरियन्टल म्याग्नेसाइटको चार अर्ब ५८ करोड, बुटवल धागो कम्पनीको एक अर्ब ८४ करोड रुपैयाँ पुुगेको छ । व्यापारिक क्षेत्रका सबै कम्पनीले आव ०७५/७६ मा नाफा आर्जन गरेका छन् । कृषि सामग्री कम्पनी लिमिटेड, राष्ट्रिय बीउविजन कम्पनी, नेपाल खाद्य संस्थान, नेपाल आयल निगमलगायत व्यापारिक कम्पनीले कुल नौ अर्ब आठ करोड ७१ लाख खुद नाफा आर्जन गरेका छन् । नेपाल खानेपानी संस्थानको नोक्सान १२ करोड ५५ लाख रुपैयाँ छ ।  

सार्वजनिक संस्थानको रोजगारीमा योगदान भने बढेको छ । अघिल्लो आवको तुलनामा ७.८८ प्रतिशतले रोजगारी वृद्धि भई ३० हजार सात सय ६९ ले रोजगारी पाएका छन् । त्यसमध्ये औद्योगिक संस्थानमा चार हजार दुई सय २९, व्यापारिक संस्थानमा एक हजार चार सय ४२, सेवामा दुई हजार नौ सय २६, सामाजिकमा एक हजार दुई सय ५९, जनोपयोगीमा १३ हजार नौ सय ८० र वित्तीय संस्थानमा ६ हजार नौ सय ३३ जनाले रोजगारी पाएका छन् । अघिल्लो वर्ष २८ हजार पाँच सय २२ जनाले रोजगारी पाएका थिए ।

लोकप्रिय
अर्को समाचार
शिक्षामा लगानी अनुसारको प्रतिफल आएन: डा राणा
०३ भदौ २०८०
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
शिक्षामा लगानी अनुसारको प्रतिफल आएन: डा राणा

नेपाली कांग्रेसकी नेत्री एवं सांसद डा. आरजु राणा देउवाले नेपालको शिक्षा क्षेत्रमा धेरै लगानी भए पनि लगानीअनुसार अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको बताएकी छिन्।

धनगढीमा आज आयोजित समावेशी तथा गुणस्तरीय शिक्षा र बालबालिका लागि बजेट विषयक सुदूरपश्चिम प्रदेशस्तरीय गोष्ठीमा डा. राणाले सरकारले शिक्षा क्षेत्रमा धेरै लगानी गरेको तर सो लगानी अनुसार परिणाम भने प्राप्त गर्न नसकिएको यथार्थ प्रस्तुत गरिन्।

उनले अहिले पनि नेपाली युवायुवती कक्षा १२ पास गरेपछि वैदेशिक रोजगारीमा नै जान हतार गर्ने गरेको र यो अवस्था दिन प्रतिदिन बढ्दै गएकाले पढाइसँगै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सिङ्गो शिक्षा प्रणाली नै केन्द्रित हुनुपर्नेमा जोड दिइन्।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा राणाले भनिन्, “एकातिर १२ कक्षा पास गरेपछिको अवस्था यस्तो छ भने अर्कातिर बालबालिकामा कक्षा छोड्ने गरेको अवस्थामा कमी ल्याउन सकिएको छैन। त्यसैले यी महत्त्वपूर्ण विषयमा अब गम्भीर भएर सोच्नुपर्ने र शिक्षा प्रणालीमा समयानुकूल परिवर्तन ल्याउनुपर्ने अवस्था छ।”

त्यसैगरी शिक्षा प्रणालीअन्तर्गत नै सरकारले अपाङ्गता भएका व्यक्तिलाई कसरी शिक्षाको मूल प्रवाहमा ल्याउन सकिन्छ र बालबालिकाका लागि आवश्यक बजेट के कसरी विनियोजन गर्न सकिन्छ भन्ने विषयमा पनि सरकारले उचित कदम चाल्नुपर्ने बताइन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस