पर्यटक तान्न राकम कर्णालीमा र्याफ्टिङ
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दैलेखको आठबीस नगरपालिका राकम कर्णालीमा र्याफ्टिङ सेवा सुरु गरिएको छ। राकम कर्णाली र्याफ्टिङ फर्मले आठबीस नगरपालिकाँंगको सहकार्यमा फर्मले र्याफ्टिङ संचालनमा ल्याएको हो।
श्रम रोजगार बैंकमा छैनन् श्रमिक
रास्कोट नगरपालिका–२ सिप्खानाका प्रभुराज सिम्खाडाले रोजगार बैंकमा काम नपाउँदा आफूहरु फेरि कालापहाड जान बाध्य भएको बताए। ‘गाउँमै काम पाएको भए कालापहाड किन जान्थ्यौं र,’ उनले भने, ‘घर–परिवार छोडेर अर्काको देशमा भारी बोक्न कहिल्यै नछुट्ने भयो।’ रोजगार बैंकमा आवद्ध सिम्खाडा जस्ता दुई सय ६० जना युवाहरु अहिले बेरोजगार बनेका छन्।
साँघुरो कर्णाली राजमार्गमा गाडी चलाउन समस्या
लामो समयसम्म कर्णाली राजमार्गको स्तरवृद्धि नहुँदा गाडी चलाउन समस्या हुँदै आएको छ। वि.सं २०६३ सालमा जुम्ला पुगेको कर्णाली राजमार्गको सडकका कैयौं स्थानमा साँघुरो बाटो भएकाले गाडी चलाउन डर छ। साँघुरो बाटोले दुर्घटना समेत हुने गरेका छन्।
कालिकोटमा कालाजारः वर्षेनी बढ्दै बिरामी
तराईका जिल्लामा देखिने कालाजार पछिल्ला वर्षहरुमा पहाडी जिल्लामा पनि देखिन थालेको छ। तराईबाट यातायातका साधन पहाड उक्लिएसँगै लामखुट्टेको टोकाईबाट सर्ने यो रोग पहाडमा पनि देखिन थालेको हो।
शैक्षिकसत्र सकिन लाग्यो, पाठ्यपुस्तक आएन
शैक्षिकसत्र सकिन लाग्दा पनि विद्यार्थीहरुले कक्षा १० को स्वास्थ्य तथा शारिरीक शिक्षा र कक्षा १, २ र ३ को पाठ्यपुस्तक पाएका छैनन्।
मर्मत नहुँदा सिसी क्यामरा प्रयोगविहीन
२०७५ सालमा जोडिएका २८ वटा सिसी टिभी क्यामरा मध्ये अहिले २३ वटा क्यामरा बन्द छन्।
गाडीको ठक्करबाट बालकको मृत्यु
कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा– ४ स्वास्थ्य चौकी नजिकै गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
खुल्यो तराईबाट चीन जोड्ने ढोका
तराईबाट कर्णाली राजमार्ग हुँदै खाद्यवस्तु गाउँसम्म पुर्याउन भरिया लगाउनु पर्थ्यो। कर्णाली राजमार्ग र कर्णाली करिडोर जोड्न कर्णाली नदीमा पुल थिएन। तर अहिले पुल बनेर सञ्चालनमा आएपछि सबै कुरा सहज र सामान पनि सस्तो भएको छ।
कर्मचारीमा कोरोना देखिएपछि प्रशासन एक साताका लागि बन्द
प्रमुख जिल्ला अधिकारीसहितका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय कालीकोट एक साताका लागि बन्द गरिएको छ।
Loading...