सलहले समस्या निम्त्याउने भन्दै किसान चिन्तित
भारतको उत्तर पूर्वी क्षेत्र आगरामा सलहले किसानलाई दुःख दिइरहेका बेला पश्चिम नेपालका किसान चिन्तित बनेका छन् । भारतको आगराबाट नेपालको सबैभन्दा नजिक रहेको कैलाली, कञ्चनपुर, बर्दिया र बाँके जिल्लामा चाँडै नै सलहको जोखिम बढ्न सक्ने भन्दै किसान चिन्तित बनेका हुन् ।
आफ्नै खर्चमा लाखौका सुरक्षा सामाग्री दिएपछि...
‘कोभिड १९’ संक्रमण फैलिने जोखिम बढिरहेकाबेला स्वास्थ्य सामाग्रीको जति खाँचो छ । स्वास्थ्य सामाग्रीको माग अनुसार बजारमा आपूर्ती न्यून छ । यतिबेला जसले स्वास्थ्य सामाग्री उपलब्ध गराउँन सक्छ । त्यसको वाहवाही नहुने कुरै भएन ।
वन पदाधिकारी र ठेकेदारको मिलिमतोमा अनिमियतता
सामुदायिक वनका पदाधिकारीको मिलिमतोमा काठ बिक्रीबाट भएको आम्दानीमा व्यापक अनिमियतता भएको तथ्य सार्वजनिक भएको छ । मधुवन नगरपालिका–४ मा रहेको शान्ति महिला सामुदायिक वनमा गत वर्ष कटान भएका ९७ वटा रूख बिक्री गरी अनिमियता गरिएको भेटिएको हो । आठ हजार क्यूफिट काठ बिक्री गरी आम्दानी भएको रकममा हिनामिना भएको उपभोक्ताको दाबी छ ।
वन पदाधिकारी र ठेकेदारको मिलिमतोमा अनियमितता
सामुदायिक वनका पदाधिकारीको मिलिमतोमा काठ बिक्री वितरणबाट भएको आम्दानीमा व्यापक अनियमितता भएको तथ्य सार्वजनिक भएको छ ।
पश्चिम तराईमा सुख्खा हावा चल्दा अत्याधिक गर्मी
तापक्रमको पारो उकालो लागेसँगै पश्चिम तराईमा अत्याधिक गर्मी बढेको छ । आईतबार देखि दिन प्रतिदिन बढ्दो गर्मीका कारण पश्चिम तराईको जनजिवन प्रभावित बनेको छ । यसको प्रत्यक्ष प्रभाव सर्बसाधरणमा परेको छ । लकडाउनका कारण दिउँसोमा पसल खुल्ने हुनाले सर्वसाधारणले अत्याधिक गर्मी महसुस गरेका छन् ।
निकुञ्जभित्र निर्धक्क वनको राजा
यतिबेला जंगलको राजा मानिने पाटेबाघ बर्दियाका निकुञ्जमा निर्धक्क घुमेकोघुम्यै छन्, तिनलाई हेर्न आउने पर्यटक भने छैनन् ।
जिल्ला अस्पतालको आइसोलेसन र जनरल कक्ष सिल
बर्दिया जिल्ला अस्पतालको आइसोलेसन र जनरल कक्ष मंलबारदेखि सिल गरिएको छ । अस्पतालमा उपचार क्रममा रहेका गुलरिया नगरपालिका १ का १८ वर्षिय कोरोना संक्रमित पुष्टि भएपछि आइसोलेसन कक्ष सिल गरिएको हो ।
परीक्षणको दायरा बढाएसँगै संक्रमित बढ्दै
नेपाल भारतको खुला सीमासँग जोडिएको बर्दियामा परीक्षणको दायरा बढेसँगै कोराना संक्रमितको संख्या बढेको छ । दुई साता भित्रमा गुलरिया नगरपालिकामा ४, बासगढी नगरपालिकामा १, राजापुर नगरपालिकामा १ र बढैयाताल गाउँपालिकामा १ जना गरी जम्मा सात जनामा कोरोना पुष्टि भएको छ ।
पत्रकारलाई एन ९५ मास्क
गुलरिया नगरपालिका वडानं. ६ को कार्यालयले पत्रकारलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । जिल्लामा सक्रिय २५ जना पत्रकारलाई एन ९५ मास्क, सेनिटाइजर र ग्लोब्स लगायतको सामाग्री वडा नं. ६ को कार्यालयले महासंघमा मार्फत उपलब्ध गराएको हो ।
Loading...