अर्जुन ओली
लक्ष्मणपुर बाँध पीडितको प्रर्दशन
भारतले निर्माण गरेको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले उत्पन्न गरेको डुबान, कटान र पटान समस्याको दीर्घकालीन समाधानको माग गर्दै प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले प्रर्दशन गरेका छन्। नेपालगन्जको फुलटेक्राबाट प्रर्दशन सुरु गरेर उनीहरुले सदरलाइन हुँदै जिल्ला प्रशासनको मुलगेटमा केहीबेर धर्ना दिएका छन्।
अस्पतालबाटै बच्चा गायव!
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट बच्चा चोरी भएको छ। दाङ, तुलसीपुर नगरपालिका– ९ निवासी ५ वर्षीय बालक सिर्जन ओली शनिबार दिउँसो अस्पतालभित्रबाट अचानक गायव भएका थिए।
मूल नहरमा जताततै चिरा
निर्माणसम्पन्न नहुँदै राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर ठाउँ–ठाउँमा चर्केको (दरार) तथ्य फेला परेको छ ।
बाँके, कचनापुर–१ अगैयास्थित मूल बाँध निर्माणस्थलदेखि ३५ किलोमिटर मूल नहरका अधिकांश भाग चर्केको फेला परेको हो । मूल नहरका स्लोप कतै चर्केका छन् भने कतै दबेर भास्सिएका ।
काँग्रेस र एमालेले साथ दिए सरकारको नेतृत्व गर्न तयार: दाहाल
नेकपा (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकता र सहमतिबाट मात्र मुलुकका विद्यमान समस्या समाधान गर्न सकिने बताएका छन्। राष्ट्रिय एकता र सहमतिलाई पूर्णता दिन राष्ट्रिय सहमतिको सरकार निमार्ण गर्नुपर्ने उनको जोड छ।
Loading...