नागरिक संवाददाता
प्रतिभा माविका सापकोटालाई उत्कृष्ट प्राचार्यको अवार्ड
पोखराको पालिखेचोकस्थित प्रतिभा माविका प्राचार्य किरण सापकोटा अष्ट्रेलियाको क्यानवेरामा उत्कृष्ट प्राचार्य २०२४ को अवार्डबाट सम्मानित भएका छन्।
हट एअर बेलुन उडान सुचारु
मनसुन अवधिमा रोकिएको पोखराको हट एअर बेलुनको उडान यसै सातादेखि पुनः सञ्चालनमा आएको छ। हटएअर बेलुन पोखराको आकाशमा पर्यटक सयर गराउने साहसिक पर्यटकीय प्रडक्ट हो।
पलेशालाई पोखरामा सम्मान
पेरिस पारालिम्पिकमा नेपाललाई ऐतिहासिक काँश्य पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पोखरामा नगद सहित सम्मान गरिएको छ। गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र कास्की जिल्ला तेक्वान्दो संघले नगद पुरस्कार सहित सम्मान गरेको हो।
होटल संघका सदस्यलाई यती एयरलाइन्सको टिकटमा छुट
यती एयरलाइन्सले पोखराका होटल व्यावसायीलाई हवाई उडानमा छुट दिने भएको छ।
पोखराको लामाचौरमा भलिवल, साविक विजेता गण्डकी सोझो सेटमै पराजित
साविक विजेता गण्डकी प्रदेश भलिबल टिम लामाचौर कप भलिवल प्रतियोगिमा सोझो सेटमै पराजित भएको छ। चिरपरिचित प्रतिद्वन्द्वी विभागीय नेपाल पुलिस क्लबसँग मंगलबार पुरुषतर्फ प्रतिस्पर्धामा उत्रिएको घरेलु टिम सोझो सेटमै पराजित भएको हो।
अन्तर विद्यालय व्याण्ड प्रतिस्पर्धामा उत्कृष्ट दश छनौट
पोखरामा भईरहेको अन्तर विद्यालय व्याण्ड प्रतिश्पर्धाको फाइनल राउण्डमा १० स्कुलका व्याण्ड छनोट भएका छन्।
नेपालमा लगानीका प्रशस्त अवसर: ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त अवसर भएकाले स्पेनिस लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन्।
गण्डकीमा हालसम्म ८४ प्रतिशत धान रोपाई
गण्डकी प्रदेशमा साउनको पहिलो सातासम्म करिब ८४ प्रतिशत धान रोपाई सकिएको छ। गण्डकी प्रदेशमा साउन ६ गतेसम्ममा ८४.२६ प्रतिशत मात्र धान रोपाई सकिएको कृषि विकास निर्देशनालय गण्डकीले जनाएको छ।
डुबेर र माटोको ढिस्कोले पुरिएर पाँचजनाको ज्यान गयो
पौडी खेल्ने क्रममा र माटोको ढिस्कोले पुरिएर कास्की र मुस्ताङमा गरि पाँच जनाको ज्यान गएको छ। कास्कीका विभिन्न ठाउँमा डुबेर शुक्रबार तीनजनाको ज्यान गएको छ। कास्की प्रहरीका अनुसार ज्यान गुमाउनेमा एकजना बालक र दुइजना युवक छन्। त्यस्तै मुस्ताङमा माटोको ढिस्कोले पुरिएर दुइजना कामदारको ज्यान गएको छ।
Loading...