नागरिक संवाददाता
सडकमै गणित सिकाउँदै विद्यार्थी
अन्तर्राष्ट्रिय गणित दिवसको अवसरमा पोखरामा ‘म्याथम्याटिक्स इन द स्ट्रीट’ कार्यक्रम आयोजना गरिएको छ। गणितज्ञ निकोलस सान्तोषको परिकल्पना अनुसार नेपाल गणित समाज गण्डकी प्रदेशको आयोजनामा कार्यक्रम गरिएको हो।
गोरखामा ३० प्रतिशत मत खस्यो
गण्डकी प्रदेशको गोरखा जिल्लामा हालसम्म २८ प्रतिशत मत खसेको छ। विहान ७ बजेदेखि शुरु भएको सो जिल्लामा दिउँसो साढे २ बजेसम्म ३० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ।
अटोवेजले भित्र्यायो यूरो–मापदण्डका गाडी
पोखराको अटोवेज प्रालिले यूरो–६ मापदण्डको भोल्भो आइसर बि–६ लक्जरी बस भित्र्याएको छ।
बेनी–नयाँदिल्ली सिधा बस सेवा सुरु
म्याग्दीको बेनीबाट भारतको नयाँदिल्लीसम्म सिधा बस सेवा सुरु भएको छ। बेनी नगरपालिका–८, कालिपुल बसपार्कबाट हरेक दिन बस सेवा संचालन हुनेछ।
पोखरामा आइतबारदेखि प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिता हुने
पोखरामा आगामि आइतबारदेखि प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता हुने भएको छ। पालिखेचोकस्थित प्रतिभा माविको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा हुने अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता प्रतिभा सुपर लिग हुन लागेको विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो।
पदयात्रा गाइडलाई चरा पहिचान तालिम
पदयात्रा पथप्रदर्शकलाई तीनदिने चरा पहिचानको तालिम दिइएको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पंछी समाजको संयुक्त आयोजनामा तालिम दिइएको हो।
तामझामपूर्ण तरिकाले शुरु भयो पोखरा सडक महोत्सव
तामझामपूर्ण तरिकाले पोखरामा आइतारदेखि सडक महोत्सव शुरु भएको छ। अंग्रेजी नयाँवर्षको स्वागतार्थ रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) पोखराद्वारा पर्यटकीय केन्द्र लेकसाइडमा आयोजित पोखरा सडक महोत्सवको २७ औं संस्करण आईतबारदेखि शुरु भएको हो।
आइटिएफ जे ३० टेनिस टुर : कोरियाका युल र नेपालकी शिवालीलाई दोहोरो उपाधि
कोरियाका युल हो जुङ र नेपालकी शिवाली गुरुङले पोखरामा जारी आइटिएफ जे–३० टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्स र डबल्सतर्फ दोहोरो उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजमा चरा ठोक्कियो
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार दिउँसो अवतरणको क्रममा बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ। ९एन एओसी कलसाइनको जहाजमा अवतरणको क्रममा शनिबार दिउँसो साढे ३ बजे चरा ठोक्किएको हो।
Loading...