नागरिक संवाददाता
पत्रकारलाई मास्क, सेनिटाइजर र सीम वितरण
कोभिड–१९ अर्थात् कोरोना भाइरसको महामारीमा पनि जोखिम मोलेर समाचार संकलन गर्ने पत्रकारलाई सुर्खेत उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा सुर्खेत सञ्चार केन्द्रका सञ्चालक हर्षविक्रम खड्काले कोरोना जोखिम कम गर्ने सुरक्षा सामग्री सहयोग गरेका छन् । एननाइनफाइभ मास्क, सेनिटाइजर र फ्रि कल र इन्टरनेटडाटासहितको एनसिएल सिम सहयोग गरेका हुन् ।
एकको सचिवमा बढुवा, पाँचको सरुवा
सरकारले एक सहसचिवलाई सचिवमा बढुवा गरेको छ भने पाँच सहसचिवलाई सरुवा गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सहसचिव गोकर्णमणि दवाडीलाई सचिवमा बढुवा गरेको हो । शिक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले अनिवार्य अवकाश पाएसँगै रिक्त हुन गएको सचिव पदमा बाग्मती प्रदेशक सामाजिक विकास मन्त्रालयमा सचिवको रूपमा कार्यरत सहसचिव दवाडीलाई बढुवा गरिएको हो ।
सत्तापक्षकै सांसदबाट नीति तथा कार्यक्रम विरोध
राष्ट्रिय सभाको बैठकमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का प्रवक्ता एवं राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले सरकारको नीति तथा कार्यक्रमले कोरोना भाइरस(कोभिड १९)पछि उत्पन्न परिस्थितिअनुसार राहत प्याकेज नल्याएको बताएका छन् । उनले नीति तथा कार्यक्रमले मानिस र अर्थतन्त्रलाई बचाउन सरकारको ध्यान कम गएको बताएका हुन् ।
‘नेपाल भारतको सिमाना लिम्पियाधुरा नै’
२०१८ सालमा जनगनणाका लागि लिम्पियाधुर पुगेका वरिष्ठ पत्रकार भैरव रिसालले नेपाल भारतको सिमाना लिम्पियाधुरा नै रहेको दोहो¥याएका छन् । पत्रकार समाज नेपालले भारतले नेपालको लिपुलेक क्षेत्रमा गरेको अतिक्रमणको विरोधमा शनिबार आयोजित अनलाइन प्रवचनमा उनले कालीको मुहान लिम्पियाधुरा नै रहेको स्पष्ट पारे ।
दूधकोसी जलविद्युत् आयोजना, लगानी गर्न दातृ निकायलाई आग्रह
बहुराष्ट्रिय बैंकहरुले प्रारम्भिक सहमति जनाउँदै लगानी ढाँचाको ठोस प्रस्ताव अर्थ मन्त्रालयमार्फत पेस गर्न आग्रह गरेका छन् । सरकारले ६ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी जुटाउन विकास साझेदारसँग छलफल सुरु गरेको छ ।
प्रधानमन्त्री चिकित्सकको निगरानीमा
दुई दिनको उपचारपछि अस्पतालबाट बालुवाटारस्थित सरकारी निवास फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार चिकित्सकको प्रत्यक्ष निगरानीमा आराम गरेका छन्। उनको काठमाडौंको ग्रान्डी अस्पतालमा बुधबार र बिहीबार दुईपटक हेमोडायलासिस गरिएको थियो।
Loading...