नागरिक संवाददाता
घरभित्रै २४ सैं घण्टा मास्क नलगाउन सुझाब
चिकित्सकहरुले घरभित्रै बस्दा सधै मास्क लगाएर नबस्न सुझाएका छन् । जहिले पनि मास्क लगाएर बस्दा श्वासप्रश्वासको क्रममा आफैंले फालेको कार्वनडाइअक्साड नै लिनुपर्ने र नयाँं अक्सिजन नजाने भई रोगसँंग लड्न सक्ने क्षमतामा ह्रास आउने बताएका छन् ।
पम्प मजदुरहरुको कोरोना परीक्षणको माग
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले देशभरका पेट्रोलियम व्यवसायीहरु र पेट्रोल पम्पहरुमा काम गर्ने मजदुरहरु, चालक सहचालकहरुको कोरोना परीक्षणको वन्दोवस्त मिलाउन सरकारसँंग माग राखेको छ ।
वेबसाइट ह्याक हुने क्रम रोकिएन
सरकारी तथा सार्वजनिक निकायको वेबसाइटहरू भारतीय ह्याकरले निरन्तर ह्याक गर्न थालेपछि नेपालको साइबर सुरक्षामा झन् चुनौती थपिएको छ ।
इद उल फित्रको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बहुधार्मिक, बहुजातीय,बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएको बताएका छन् । इस्लाम समुदायले मनाउँदै आएको इद उल फित्रको अवसरमा शुभकामना दिँदै सो कुरा बताएका हुन् ।
नीति अनुसन्धान प्रतिष्ठानमा प्रधानमन्त्रीको अध्यक्षतामा परिषद्
नयाँ विषयको खोज अनुसन्धान गर्ने र सरकारलाई सुझाव दिन गठन गरिने नीति अनुसन्धान प्रतिष्ठान (थिंक ट्यांक)को सञ्चालक समितिमाथि प्रधानमन्त्रीको अध्यक्षतामा परिषद् रहने व्यवस्था गरिएको छ । राष्ट्रिय सभाको विधायन समितिले संसद्मा पेस गरेको नीति अनुसन्धान प्रतिष्ठान विधेयकमा खोज अनुसन्धान गर्ने सञ्चालक समितिमाथि प्रधानमन्त्रीको अध्यक्षतामा ११ सदस्यीय परिषद् रहनेछ ।
संसद्मा नक्सा सच्याउने गृहकार्य सुरु
संघीय संसद्ले देशको नयाँ नक्साबमोजिम संसद्मा प्रयोग भइरहेको नक्सा सच्याउने गृहकार्य सुरु गरेको छ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गरेपछि संसद्मा विभिन्न प्रयोजनमा प्रयोग भएका पुराना नक्सा हटाएर नयाँ नक्सा राख्न लागिएको हो ।
भक्तपुर नगरपालिकामा 'जनप्रतिनिधिहरुको ३ वर्ष'
भक्तपुर नगरपालिकाले कोरोना संक्रमण न्यूनीकरणका लागि हालसम्म विभिन्न संघसंस्थाहरुबाट १२ लाख बढी नगद र अन्य जिन्सी सामान प्राप्त भएको जनाएको छ । २०७४ बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भई कार्यभार सम्हालेको तेश्रो वर्ष पूरा भएको अवसरमा बुधबार गरेको भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरुको तीन वर्ष विषयमा भएको कार्यक्रममा यो तथ्यांक दिइएको हो ।
२० जना पत्रकारको पीसीआर परीक्षण
कोरोना भाइरसको महामारीका बेला जोखिम मोलेर कार्यक्षेत्रमा खटिएका सुनसरीका पत्रकारको पीसीआर विधिबाट स्वास्थ्य परीक्षण गरिएको छ । पहिलो चरणमा जिल्लाको इनरुवा, इटहरी र धरानका २० जनाको स्वाब मंगलबार संकलन गरिएको हो ।
मेलम्चीको पानी पहिलो चरणमै भक्तपुर
बहुप्रतिक्षित मेलम्चीको पानी पहिलो चरणमै भक्तपुर आउने भएको छ । काठमाडौं उपत्यका खानेपानी बोर्ड र आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) का पदाधिकारीहरूबीच मंगलबार भक्तपुर नगरपालिकामा भएको भक्तपुरको खानेपानी तथा ढल निकासको समस्याबारेको बैठकमा पीआइडीका पदाधिकारीहरुले यस्तो बताएको जनाएको छ ।
Loading...