नागरिक संवाददाता
‘अफसिजन’को पर्यटन धान्न रोपाईंं महोत्सव
वर्षायामको सिजन भएकोले यो बेला विदेशी पर्यटक कम हुन्छन। पर्यटन क्षेत्रमा यो सयमलाई अफसिजन पनि मानिन्छ। विदेशी पर्यटक कम हुने भएपछि पर्यटकीय गतिविधि पनि सुस्ताउँछन्। पर्यटन क्षेत्र सुस्ताउने यो समयलाई उपयोग गरेर पाहुना आकर्षण बढाउन पर्यटन व्यावसायीले दुईदशक अघि उपाय निकाले–रोपाईं महोत्सव गर्ने।
प्रतिभा माविलाई टि–२० क्रिकेट प्रतियोगिताको उपाधि
पोखरामा भएको एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पियनसीपको उपाधि पोखरा–३ नदीपुरस्थित प्रतिभा माविले जितेको छ।
पर्यटनकर्मी तुलाचन र गुरुङ पुरस्कृत
यस वर्षको ‘हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कार’ बाट गण्डकीका दुईजना पर्यटनकर्मी पुरस्कृत भएका छन्।
विद्यार्थीलाई पेशा चिनाउँदै मदरल्याण्ड मावि
पोखरा महानगरपालिका–७, मासवारस्थित मदरल्याण्ड माविले एसइइ दिएर फुर्सदिला भएका विद्यार्थीलाई फरक फरक सीपमुलक काममा व्यस्त बनाएको छ। विद्यालयले विद्यार्थीका लागि इलेक्ट्रोनिक, प्लम्बिङ, वेभ डिजाइनिङ, वारिष्टा, कुकिङ–बेकिङ, सिलाईकटाई र सौन्दर्य कला सम्बन्धि सीप सिकाएर विद्यार्थीलाई व्यस्त बनाएको छ।
पोखरामा यात्रुबस दुर्घटना
पोखरा महानगरपालिका–२२ पुम्दीभूम्दीस्थित शान्तिस्तुप नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा आठजना यात्रु घाईते भएका छन्। बस शान्तिस्तुप क्षेत्रबाट पोखरा ओर्लिदै थियो।
हिमपहिरोमा हराएका चिनियाँ पर्यटकको शव भेटियो
अन्नपूर्ण आधारशिविर (एबिसी)बाट पोखरा फर्किदै गर्दा हिमपहिरोमा परि बेपत्ता भएका एकजना चिनियाँ पर्यटकको शव फेला परेको छ। सशस्त्र प्रहरीले ती पर्यटकको शव फेला पारेको हो।
क्षेत्रीय होटल संघ चितवनमा पाण्डे
क्षेत्रीय होटल संघ चितवनको अध्यक्षमा पर्यटन व्यावसायी ओमप्रकाश पाण्डे निर्वाचित भएका छन्। संघको १० औं अधिवेशनबाट आगामि दुइवर्षका लागि पाण्डे अध्यक्ष चयन भएका हुन।
अन्नपूर्ण केवलकारमा पचास प्रतिशत छुट
अन्नपूर्ण केवलकारले सराङकोट उक्लिने आन्तरिक यात्रुलाई ५० प्रतिशत छुट दिएको छ। सराङकोटमा पञ्चमुखी गणेशको मुर्ति निर्माण गरिएकोले सराङकोटधाम घुम्न जाने आन्तरिक यात्रुलाई लक्षित गरि छुट दिएको केवलकारले बताएको छ।
सडकमा बटुवालाई गणित पढाउँदै विद्यार्थी
बाटोमा पढाई सम्भव छ, त्यो पनि गणित ? धेरैलाई लाग्न सक्छ, सम्भव हुँदैन। तर, तरिका मिलाउन सक्यो भने बाटोमै उभिएरै पनि गणित सिकाउन सकिन्छ, त्यो पनि बटुवालाई। पोखरा महानगरपालिका–७, मासबारस्थित मदरल्याण्ड माविका विद्यार्थीले बाटोमै उभिएर बटुवालाई गणितबारे ज्ञान दिएका हुन।
Loading...