जीवन: यादको दस्ताबेज
विगतलाई वर्तमान बनाउने यादहरू। भेटघाटमा छुटेका अधुरा यादहरू। हाटबजार र मेलापातका यादहरू। सकिँदैन कहिल्यै बिर्सन जीवन–यात्राका यादहरू।
प्रकृति! तिमी भएर त म छु
कति व्याप्ति हो प्राकृतिक सौन्दर्यको। कति मिठो सुवास हो मगमग। रङहरूको कति मिठो मिलन। अनेकौं जीवन कति मजाले मिलेर बसेका। यही हो सामाजिक सद्भाव र अनुकूल पर्यावरणीय परिवेश।
सौन्दर्यको व्यञ्जन
साँच्चै तिमीलाई पनि आफ्नो बैंस जोगाउन मुस्किल छ। आफ्नो सौन्दर्य बचाइ राख्न कठिन छ। सुन्दरतामाथि सबैको ‘चोर आँखा’ परिहाल्छ तर त्यो हेराइ पवित्र मायाको रूपमा भइदिँदा राम्रै हुन्छ। ‘गिद्धे दृष्टि’ भयो भने सुन्दर व्यञ्जनको हत्या नै हुन्छ ।
सुन पोखिएको बिहान
सौन्दर्यका कौमार्य कोपिलाहरू। ज्वारभाटाजस्तै प्रस्फुटित तर पोलिने, तर्साउने र सताउने होइनन्। ती शीतल, शान्त र सुन्दर थिए। बरु आफ्नो सौन्दर्य प्रेषित गर्न उछिनपाछिन गरिरहेका। आफू राम्रो देखिन र देखाउन अग्रसर थिए। वास्तवमा सुन पोखिएको बिहानी छटा सुन्दरताको छविले छताछुल्ल थियो ।
Loading...