कलामा ऐतिहासिक दस्तावेज
‘अहिले म ८६ वर्षको उमेरमा हिँड्दैछु। मलाई काम गर्न यो उमेरले पुग्दैन। मैले गर्नुपर्ने काम अझै थुप्रै छन्’ अग्रज कलाकार हरिप्रसाद शर्माको आवाज मेरो कानमा गुन्जिन्छ।
सर्वोच्च शिखर सामुन्ने
अनमोल पल, अनुपम दृश्य, असीमित खुसी। जिन्दगीका रहरहरू पूरा भएपछि, परिकल्पनाले यथार्थलाई भेटेपछि, भ्रमणमा भव्य सफलता मिलेपछि हर्षमा पनि आँसु स्वतः नै झर्दोरहेछ।
हिउँचुलीका हिस्सी हिरामोती
मान्छेको पहिचान भनेको धेरै ठुलो कुरा रहेछ। सुन्दरतालाई चिन्न र महसुस गर्न जानेको। प्रकृतिको उपासक। सौन्दर्यको प्रशंसक। भौतिकवादमा भौतारिनेहरूसमेत प्रकृतिवादमा फर्केर रमाइलो गर्न जानेको। देखेर कति देख्नु ! हेरेर कति हेर्नु !
अनुभूतिका मिठा कोसेली
विश्वका पदयात्री र आरोहीहरूको आकर्षणको पृथक् स्थल, प्रिय गन्तव्य हो सगरमाथा। हरेक वर्ष हजारौं यात्रीको ओइरो लाग्छ यहाँ। ती हजारौं यात्रीले अर्को वर्ष थप हजारौं यात्रीलाई निम्तो दिन्छन्। हरेक वर्ष विदेशी पर्यटकहरू सगरमाथाको आरोहण र पदयात्रामा निर्धक्क निम्तिन्छन्। सायद यसरी नै निम्तिइरहेका छन्।
यस्तो आशीर्वचन पाइरहन सकियोस्
क्षणिक खुसीका लागि हजार दुःख सहेर पनि सुखद प्राप्ति प्राप्त भइरहोस्। यति पनि गर्न सकिएन भन्ने भावना मनमा कहिल्यै नआओस्। यस्तै आशीर्वचन आजको बडादशैँ २०८० मा पाइयोस् पाउन सकियोस्। शुभ विजयादशमीको मङ्गल कामना सबैमा!
टोलाएका आँखा, लोलाएका आँखा
हेर्न मन नहुने र पनि हेर्नैपर्ने रहेछ। देख्न नचाहने र पनि देख्नैपर्ने रहेछ। जाने मन नभएर पनि जानैपर्ने रहेछ। खाने मन भएर पनि खान नहुने रहेछ। बोल्ने मन भएर पनि बोल्न नसकिने रहेछ। भेट्नुपर्नेलाई नभेटिने रहेछ। बोल्नुपर्नेसँग अब बोल्न नसकिने रहेछ।
भेटिएको भेट
मायालु हार्दिकताले लेपन भएको हुन्छ भेटिएको भेट। खुसीले परिपोषित, स्नेहले सिञ्चित साह्रै मिठो। भेटिएपछि नछुटिएको, नटाढिएको एउटा प्रिय मिलन। भेटिएपछि छुटिन को चाहन्छ ? पाएपछि गुमाउन कसलाई मन लाग्छ ? हिँडेपछि नपुगी को फर्किन्छ ? पुगेपछि सन्तुष्टिको उपलब्धि नपाई को फर्किन्छ ?
ओरालो झरेर उकालो चढ्छु
म कति भाग्यमानी, कति सौभाग्यशाली। अक्करे भिरको चट्टानमा पनि रसाएर बगिदिन्छु। पखाल्छु, सफा सिनित्त पार्छु, वेग मार्छु। ओरालै बाटो मेरो गन्तव्य–यात्रा। सगरदेखि सागरसम्मको दुरी। विश्राम भन्ने शब्द छैन।
नभेटिएको भेट
नभेटिएको एउटा यस्तो भेट, जहाँ भेटिएको भन्दा बढी खुल्दा रहेछन् खुलदुली। बिछोडका पीडा अनि घाउका चोटमा पनि अदृश्य मिलनका खुसीहरू। हराएर आफू यहीं भेटिने रहेछन् सबै थोक। गुमाउनु के छ र जीवनमा? पाउनुका हरेक उपलब्धी पाइला पाइलामा।
Loading...