बिरा गडाल
सडक निर्माण नभएको भन्दै स्थानीयले गरे बन्द
बैतडीको दुदिलाखान गाँजरी सडक बन्द गरिएको छ। गाउँपालिकाको केन्द्र जर्गेसम्म सडक निर्माण नभएको भन्दै स्थानीयले सडक बन्द गरेका हुन्।
बँदेल आक्रमणका घाइतेको प्रादेशिक अस्पतालमा उपचार हुँदै
बुधबार साँझ गाउँमा पसेको बँदेलको बथानले आक्रमण गर्दा घाइते भएको स्थानीयले जानकारी दिए।
बँदेल आक्रमणमा परी एकजना घाइते
बँदेल आक्रमणमा परी मेलौली नगरपालिका २ का ३५ वर्षीय रामबहादुर चन्द घाइते भएका छन्।
रहस्यमयी पाताल भुवनेश्वर गुफा !
महादेवले सतीदेवीको मृत शरीर घुमाउँदै हिँड्दा यस स्थानमा सतीदेवीको पैतला खसेकोले यसको नाम ‘पाताल भुवनेश्वर’ गुफा रहेको किंवदन्ती छ। पाताल भुवनेश्वर गुफा यहाँदेखि कैलाश पर्वतसम्म रहेको धार्मिक विश्वास छ। प्राचिनकालमा यसभित्र ३३ करोड देवगणले बास गर्ने, बैठक गर्ने तथा पाण्डवले पनि बास बसेको वर्णन ‘स्कन्दपुराण’ को मानस खण्डमा गरिएको छ।
डेढ किलोमिटर छिर्दा पनि पत्ता लागेन पाताल गुफाको अन्तिम विन्दु
दक्षिण एसियाकै लामो भनिएको बैतडीको सुर्नया गाउँपालिका–२ स्थित पाताल भुवनेश्वर गुफाको अध्ययनका लागि विशेषज्ञसहितको टोली यहाँ आइपुगेको छ।
नगरपालिकाको ‘विपद् पूर्वसूचना प्रणाली’ गोदाममा थन्कियो
बैतडीको दशरथचन्द नगरपालिकामा बाढीपहिराेको पूर्वसूचना दिने ‘विपद् पूर्वसूचना प्रणाली’ गोदाममा थन्किएको छ।
बैतडीका आठ स्वास्थ्य संस्था पोषणमैत्री
जिल्लाका आठवटा स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गरिएको छ।
निमित्त प्रमुखको म्याद थप नभएपछि रोकियो नागरिकता वितरण
बैतडीको हाटस्थित इलाका प्रशासन कार्यालय पुर्चौडीबाट तत्कालका लागि नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्ने कार्य रोकिएको छ। निमित्त कार्यालय प्रमुखको म्याद थप नभएपछि नागरिकता वितरण रोकिएको हो।
धारिलो हतियार प्रयोग गरी महिलाको हत्या
सुर्नया गाउँपालिका–३ बिजुलका अन्दाजी ३२ वर्षीय तेजबहादुर चन्दले गाउँकै करिब ५६ वर्षीय महिला हरिना बिष्टको धारिलो हतियार प्रयोग गरि हत्या गरेका हुन्।
Loading...