थपिएको म्यादमा फेरि पनि नसकिने भो
ठेक्का सम्झौताअनुसार ३० डबल सर्किट किलोमिटरको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजना गत पुसभित्रै बनिसक्नुपर्ने थियो। २०७३ पुसमा दुई वर्षमा सम्पन्न गर्ने गरी चिनियाँ ठेकेदार कम्पनी पिङ्गाओ ग्रुप कम्पनी लिमिटेड चाइनाले ठेक्का सम्झौता गरेको थियो।
माथिल्लो तामाकोसी बाहेकको प्रगति बिर्सनलायक
सरकारको उच्च प्राथमिकतामा परेका जलविद्युत्का राष्ट्रिय गौरवका आयोजनाको गत आर्थिक वर्षको प्रगति बिर्सनलायक देखिएको छ। सरकारले माथिल्लो तामाकोसी, बूढीगण्डकी, पश्चिम सेती र तमोर जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको सूचीमा राखेको थियो। तर, तिनको प्रगति कछुवा गतिमा छ।
सस्तो तामाकोसी ५ लाई लगानी जुटेन
तामाकोसी ५ जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन भएको दुई महिना बिते पनि सरकारले लगानी जुटाउन नसक्दा निर्माणमा अन्योल देखिएको छ। सरकारले तुलनात्मक रुपमा निकै सस्तो पर्ने यो ९९.८ मेगावाटको आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा राखे पनि लगानी जुटाउन नसक्दा कामले गति लिन सकेको छैन।
लाइसेन्स पाउनेबित्तिकै डिपिआर परामर्शदाता छानिने
उत्तरगंगा पावर कम्पनी लिमिटेडले आठ सय २१ मेगावाट क्षमताको जलायशयुक्त आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकनको काम सम्पन्न गरेर विद्युत् विकास विभागसँग उत्पादन अनुमतिपत्र माग गरेको छ। कम्पनीले गत असार १२ गते उत्पादन अनुमतिपत्र माग गर्दै निवेदन दिएको हो।
चार वर्षमा प्राधिकरणको आम्दानी दोब्बर
आर्थिक वर्ष ०७२/७३ मा प्राधिकरणको कुल आम्दानी ३५ अर्ब सात करोड रुपैयाँ थियो। प्राधिकरणले आर्थिक वर्ष ०७५/७६ मा ७३ अर्ब ४६ करोड रुपैयाँ आम्दानी गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार वर्षको अवधिमा आम्दानी दोब्बर गर्न सफल भएको बताए।
बिजुलीको पैसा बढी लिने घरधनीलाई कारवाही
नेपाल विद्युत् प्राधिकरणले घर बहालमा बस्ने व्यक्तिसँग बिजुलीको पैसा धेरै उठाउने घरधनीलाई कारवाही गर्ने भएको छ। काठमाडौं उपत्यकामा डेरा लिएर बस्नेहरुले घरबेटीले बिजुलीको पैसा प्राधिकरणले तोकेको महसुल दरभन्दा बढी लिएको गुनासो गरेपछि प्राधिकरणले यस्तो कदम चाल्ने तयारी गरेको हो।
सपना मात्रै बाँडिन्छ, कार्यान्वयन हुँदैन
प्रत्येक वर्षको बजेटमा ठूला जलविद्युत् आयोजना निर्माण गर्ने घोषणा भएकै हुन्छ। तीन दशकदेखि चर्चामा रहे पनि हालसम्म कुलेखानीबाहेक अन्य जलायशयुक्त आयोजनाको न त निर्माण, न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नै तयार भएको छ।
विद्युत् आयात बर्सेनि बढ्दै
नेपाल विद्युत् प्राधिकरणले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा मात्रै चार अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको विद्युत् आयात गरेको छ। प्राधिकरणले भारतबाट बिजुली आयात गरेर नेपालमा लोडसेडिङ मुक्त गराउँदै आएको छ। तर, बर्सेनि विद्युत् आयातको औषत दर भने तीव्र गतिमा बढिरहेको छ।
जलविद्युतमा निजी क्षेत्रको लगानी बढ्यो
निजी क्षेत्रले गत आर्थिक वर्षसम्म ८३ वटा जलविद्युत् आयोजनाबाट ५६० मेगावाट बिजुली उत्पादन गरेको छ। नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्रले पछिल्लो समय सशक्त ढंगले आफ्नो उपस्थिति देखाउँदै आएको छ।
Loading...