बीभत्स सन्देह
२४ साउन २०८३
१३ मिनेट पाठ
संग्रह
Email
ईमेल
बीभत्स सन्देह

सायद जिन्दगीलाई रंगीन सम्झेर होला, विभा आफ्नै जवानी र अनुपम सौन्दर्यको उन्मादमा मादकता छर्दै हिँडिरहन्थी। उनको रूप र यौवन देखेर धेरै युवक मरिहत्ते गर्थे। म पनि उनको त्यही सौन्दर्यबाट आकर्षित हुन पुगेको थिएँ।

लामालामा खुला केश, धपक्क बलेको निधार र मन्द मुस्कानले सजिएका ओठ - साँच्चै विभा रूपकी रानी नै थिइन्। कहिलेकाहीँ त म आफैँलाई उनको सपनाको राजकुमार जस्तो सम्झिन्थेँ तर तुरुन्तै आफैँलाई धिक्कार्थे, "धत्तेरिका! कति बहकिएर सोचिरहेको!"

न बोल्ने न चिनजान गर्ने, लुकीलुकी उनलाई हेरेर मात्र मनमा आशक्ति पालेर बस्नु पनि त उचित थिएन।

एकदिन म रोशी नदीको किनारै किनार हिँडिरहेको थिएँ। अचानक बाटोमुनि रहेको उत्तिसको रुखमा अडेसो लगाएर बसेका दुई युवतीमाथि मेरो नजर पर्‍यो। केही पर पुगेको पाइला रोक्दै म फर्किएँ। एउटी विभा रहिछिन् भने अर्की मैले चिन्ने र कहिलेकाहीँ बोल्ने गरेकी माया।

त्यही चिनजानको बहानामा म उनीहरूतिर बढेँ।

"के छ, माया?" मैले विभालाई नियाल्दै मायालाई सम्बोधन गरेर सोधेँ।

"ओहो! आज त यही बाटोबाट?" मायाले आश्चर्यमिश्रित स्वरमा भनी।

"एक जना साथीको घर गएको थिएँ। फर्किँदा यही किनारै किनार लागेँ," मैले सहजै उत्तर दिएँ।

मेरो कुरा मायासँग भए पनि नजर भने बारम्बार विभातिरै पुगिरहेको थियो। उनी पनि मलाई एकटक हेरिरहेकी थिइन्। मेरो हाउभाउ देखेर उनका आँखामा उपेक्षाको झल्को देखिन्थ्यो। सायद मेरो उपस्थिति उनलाई बेमतलबी लागिरहेको थियो।

त्यही बेला मोटरसाइकलमा गुडिरहेका केही युवकले विभालाई देखेर "हाय!" भन्दै हात हल्लाउँदै अघि बढे। विभा लखरलखर हिँड्दै खित्का छोडेर हाँसिरहेकी थिइन्। आफ्नो रूप र यौवनप्रति उनी निकै गर्वित देखिन्थिन्।

मैले विभालाई एकटक हेरिरहेको देखेर माया बोली, "यी मेरी साथी विभा।"

म एकछिन अकमकिएँ।

"म अनिल।"

मैले आफ्नो परिचय दिएँ तर विभाले कुनै प्रतिक्रिया जनाइनन्। मानौँ मेरो उपस्थितिको कुनै अर्थ नै थिएन। उनले मुन्टो अर्कैतिर फर्काइन्।

म एकोहोरो हेरिरहेकै बेला उनी फेरि खित्का छोडेर हाँसिन्। अनि मायातिर फर्केर व्यंग्य गर्दै भनिन्, "पहिला ऐनामा अनुहार हेरेर त हामीसँग बोल्न आउनुपर्छ नि!"

उनको घोचिलो वाक्यले मेरो मुटु चसक्क बिझायो। म केही नभनी रातो अनुहार पार्दै त्यहाँबाट बिस्तारै हिंडें।

त्यस दिन पहिलो पटक महसुस गरेँ- मेरो रूप र हैसियत विभाजस्ती युवतीको नजरमा पर्ने खालको रहेनछ। मेरो कातेको ओठ सिलाइएको थियो, जसका कारण अनुहारको आकर्षण हराएको थियो। सायद त्यसैले उनले मेरो खिल्ली उडाएकी थिइन्। आफ्नै सौन्दर्यमा गर्व गर्ने विभालाई अरूको भावनाको कुनै मूल्य थिएन। म भने व्यर्थै उनको सम्झनामा हराइरहेको रहेछु।

त्यस दिनपछि मैले उनलाई बिर्सने प्रयास गर्न थालेँ तर संयोगले हरेक मोडमा उनी कहीँ न कहीँ भेटिइरहन्थिन्। म भने बाटो नै फेरेर हिँड्थेँ।

बिस्तारै मैले उनको स्वभाव पनि बुझ्दै गएँ। आज एउटा युवकसँग देखिन्थिन्, भोलिपल्ट अर्कैसँग। आफ्नो रूप र यौवनको जालो फिँजाएर उनी धेरै युवा आकर्षित गरिरहन्थिन्। त्यसैले उनको चरित्रप्रति मेरो मनमा सन्देह जाग्न थालेको थियो।

एक दिन मायासँग विभाकै कुरा चल्यो। उसले मेरो मनमा विभाप्रति रहेको निस्वार्थ आकर्षण बुझी तर उसले गम्भीर हुँदै भनिन्, "ल अनिल, विभासँग धेरै नजिक नहुनू। उनी आफ्नै रूपको घमण्ड गर्छिन्। अरूको भावना खेलौना सम्झन्छिन्।"

मैले शान्त स्वरमा भनेँ, "म त उनको सौन्दर्यबाट मोहित भएको थिएँ।"

माया अलि कडा स्वरमा बोली, "उनी सोझासिधा र रूपले साधारण मान्छेलाई कहिल्यै भाउ दिन्नन्।"

कहिलेकाहीँ मैले विभालाई पनि सम्झाउँथेँ, "विभा, यसरी जवानीको नशामा नबाँच।"

उनी हाँस्दै जवाफ दिन्थिन्,"भमराहरू त मेरो रूपको पछि लाग्ने हुन्। झुम्न देऊ उनीहरूलाई।"

त्यसपछि माया र मबीच विभाकै व्यवहारबारे लामो बहस चलिरहन्थ्यो।

यस्तै क्रममा व्यापारको सिलसिलामा म पोखरा गएँ। विभाबाट टाढिनु मेरो लागि राहत जस्तै भयो। काममै व्यस्त भएर उनलाई बिर्सने प्रयास गरेँ। त्यहीँ बसिरहने सोच बनाउँदै थिएँ तर अचानक बुबाको निधनको खबर आयो। बाध्य भएर गाउँ फर्किनुपर्‍यो।

बुबाको दशगात्र सकेपछि बिस्तारै सामान्य जीवनमा फर्किन थालेँ। आश्चर्य, विभाको सम्झना पनि धेरै हदसम्म हराइसकेकी रहेछ।

एकदिन बाहिर हिँड्दै गर्दा पछाडिबाट कसैले बोलायो, "अनिल, अनिल!"

फर्केर हेर्दा माया उभिरहेकी थिइन्।

"यति दिन कहाँ हरायौ?" उनले सोधिन्।

"यतैतिर थिएँ," मैले मुस्कुराउँदै उत्तर दिएँ।

केहीबेर सामान्य कुराकानीपछि नचाहँदा नचाहँदै मेरो मुखबाट निस्कियो,"अनि तिम्री साथी विभाको के छ खबर?"

मायाले लामो सुस्केरा हालिन्, "विचरी विभाको त के कुरा गर्नु...!"

"किन? के भयो उनलाई?"

मेरो स्वरमा उत्सुकता र डर दुवै मिसिएको थियो तर उनले तत्काल केही भनिनन्।

"एक दिन तिमीलाई उनै भएको ठाउँमा लैजाउँछु," उनले मात्र यति भनिन्।

म झन् अन्योलमा परेँ।

"उनी त मेरो अनुहार समेत हेर्न चाहन्नन्। म कसरी उनको सामु जान सक्छु?" मायाले कुरा टारिन्।

"अहिले होइन, पछि सबै भन्छु।"

त्यसपछि उनी आफ्नै बाटो लागिन्।

म भने अनेकौँ प्रश्न बोकेर घर फर्किएँ। राति ओछ्यानमा पल्टिएपछि धेरै समयदेखि हराएको विभाको सम्झना फेरि किनारामा ठोक्किएको छालझैं मनभरि गुञ्जिन थाल्यो। मायाको स्वरमा झल्किएको सहानुभूतिले पनि मेरो मन अस्थिर बनाएको थियो।

यिनै सोचमा डुबिरहँदा थाहै नपाई निद्रा लागेछ।

यिनै सोचहरूमा डुबिरहँदा कहिले परेलाले आँखा बन्द गरे, मलाई पत्तै भएन। बिस्तारै सपनाले मेरो चेतनालाई आफ्नो नियन्त्रणमा लिइसकेको थियो।

"तिमी हदभन्दा धेरै नाघिसकेकी छौ, विभा!" एउटा युवक रिसले चिच्याइरहेको थियो।

तर विभा भने केही नसुनेझैँ गरी अघि बढिरहेकी थिइन्। मानौँ त्यो युवकसँग उनको कुनै सम्बन्ध नै थिएन।

युवक फेरि गर्जियो, "मसँग गरेको वाचा तोडेर त्यो शिशुपालसँग हिँड्न थालेकी छौ। म यो अपमान सहन सक्दिनँ।"

विभाले कुनै उत्तर दिइनन्। उनी मौन रहँदै अघि बढ्न खोजिन्। युवकले उनको बाटो छेक्यो।

"आफ्नो रूपको घमण्डमा मानिसलाई खेलौना सम्झेर हिँडिरहेकी छौ। आज तिम्रो त्यो घमण्ड चकनाचुर पारिदिन्छु।"

यति भन्दै उसले खल्तीबाट एउटा सानो सिसी निकाल्यो। बिर्को खोलेर एक झट्कामा विभाको अनुहारतिर फ्याँकिदियो।

"आऽऽ...!"

विभाको हृदयविदारक चिच्याहटसँगै उनको अनुहारबाट धुवाँ निस्किन थाल्यो। उनी दुवै हातले अनुहार छोप्दै छटपटाउन थालिन्। वरिपरि भएका मानिसहरू आत्तिँदै उनीतिर दौडिए। कसैले युवकलाई समात्न खोज्यो भने कोही विभालाई बचाउने प्रयासमा लागे। त्यही चिच्याहटले म एक्कासि झस्किएर बिउँझिएँ।

निधार छाम्दा पसीनाले निथ्रुक्क भिजेको रहेछ। सास तीव्र गतिमा चलिरहेको थियो। केही क्षणसम्म म वास्तविकता र सपनाबीचको भिन्नता छुट्याउनै सकिनँ।

मेरो कानमा अझै विभाको त्यो दर्दनाक चिच्याहट गुञ्जिरहेको थियो। एसिडले अनुहार पोलिरहेको दृश्य यति जीवन्त थियो कि मेरो शरीर नै सिरिङ्ग भयो।

केहीबेरपछि आफूलाई सम्हाल्दै मनमनै भनेँ, "धन्न... यो त सपना मात्र रहेछ।"

मैले लामो सास फेरें तर त्यही क्षण हिजो मायाले भनेको वाक्य फेरि कानमा बज्न थाल्याे, "विचरी विभाको त के कुरा गर्नु...!"

त्यो स्वरमा लुकेको पीडा सम्झँदा फेरि मेरो मन अशान्त बन्यो।

कतै...!

कतै मैले देखेको त्यो सपना यथार्थ त बनेको छैन?

यो विचारले मेरो मनमा एउटा विभत्स सन्देह जन्मायो। त्यो सन्देहले मेरो सम्पूर्ण अस्तित्व घेर्न थाल्यो।

बिहान हुन नपाउँदै म हतारिँदै मायाको घर पुगेँ।

मलाई देख्नेबित्तिकै उनले मेरो अनुहार पढिन्। सायद रातभरि निद्रा नपरेको थाहा पाइन्।

"यति बिहानै?" उनले अचम्म मान्दै सोधिन्।

मैले कुनै भूमिका बाँधिनँ।

"माया, आजै मलाई विभालाई भेट्न लैजाऊ।"

उनले केही क्षण मौन भएर मेरो अनुहार हेरिन्। त्यसपछि गम्भीर स्वरमा मात्र भनिन्,"ल, जाऊँ।"

हामी दुवै मौन भएर बाटो लाग्यौँ।

बाटोभरि न उनले केही भनिन्, न मैले। हाम्रो मौनताभन्दा ठूलो कुनै संवाद थिएन।

मेरो मनले भने एउटै प्रार्थना गरिरहेको थियो,"हे भगवान्! मैले राति देखेको त्यो कहालीलाग्दो सपना यथार्थ नबनोस्...!"

तर जतिजति विभाको घर नजिकिँदै गयौँ, त्यतित्यति मेरो मनमा उब्जिएको विभत्स सन्देह झन् गाढा हुँदै गइरहेको थियो।

माया मलाई लिएर एउटा सानो घरअगाडि रोकिइन्। पहिलेको चहलपहल कतै थिएन। आँगन सुनसान थियो। ढोकाअगाडि ओइलाएका फूलका गमलाहरूले पनि घरको उदासी बयान गरिरहेका थिए।

मायाले बिस्तारै ढोका ढकढकाइन्। केही बेरपछि ढोका खुल्यो।

मेरो नजर भित्रतिर पुग्न नपाउँदै एउटा क्षीण स्वर सुनियो, "माया... आऊ।"

त्यो स्वर विभाकै थियो तर त्यसमा पहिलेको चञ्चलता थिएन। न घमण्ड थियो न मादकता। केवल थकाइ, पीडा र गहिरो पश्चात्ताप थियो।

माया भित्र पसिन्। म भने ढोकामै अडिएँ।

"भित्र आऊ, अनिल," मायाले बिस्तारै भनिन्।

म काँपिरहेका पाइला अघि बढाएँ।

ओछ्यानको छेउमा बसेकी युवतीलाई देख्दा एकछिन त म चिन्नै सकिनँ। शरीर अत्यन्तै गलिसकेको थियो। अनुहारमा पहिलेको उज्यालो हराइसकेको थियो। आँखाका वरिपरि कालो घेरा परेको थियो। एक समय घमण्ड गर्ने त्यो सौन्दर्य आज समयले विस्तारै खोसेर लगिसकेको थियो तर उनको अनुहारमा कुनै एसिडको डाम थिएन।

मेरो मनले राति देखेको सपना झूटो सावित गरिदिएको थियो।

विभाले मतिर हेर्ने साहस गरिनन्। केही क्षणको मौनतापछि बिस्तारै भनिन्, "अनिल, मलाई चिन्नुभयो?"

मेरो घाँटी अवरुद्ध भयो।

"किन नचिनूँ, विभा?" यति मात्र भन्न सकेँ।

उनका आँखाबाट आँसुका थोपा झर्न थाले।

"मलाई मेरो रूपले अन्धो बनाएको रहेछ। मानिसको मन होइन, अनुहार मात्र हेर्न सिकेँ। जसलाई मन लाग्यो, उसैसँग खेल्दै हिँडेँ। मलाई लाग्थ्यो, यो सौन्दर्य कहिल्यै मर्दैन।"

उनी केहीबेर रोकिइन्। सास सम्हालिन्।

"तर समयले सबैभन्दा पहिले मेरो घमण्ड खोस्यो। त्यसपछि मलाई आफ्नो भनिएका सबै मानिस टाढा भए। अहिले महिनौँदेखि यही ओछ्यानमा छु। एउटा जटिल रोगले मेरो शरीर नै खाइरहेको छ। आज मेरो अनुहार जलेको छैन, तर मेरो अहङ्कार भने पूर्ण रूपमा खरानी भइसकेको छ।"

कोठाभित्र फेरि मौनता छायो।

मैले पहिलोपटक विभाको अनुहार होइन, उनको पीडाले भरिएको मन देखिरहेको थिएँ।

उनले बिस्तारै मेरोतिर हेर्दै भनिन्, "त्यो दिन मैले तिमीलाई ऐनामा अनुहार हेरेर बोल्न आउनू भनेकी थिएँ। आज लाग्छ, ऐना त मैले आफैँले हेर्नुपर्ने रहेछ। मेरो अनुहार होइन, मेरो चरित्र कुरूप रहेछ।"

मेरा आँखाहरू पनि रसाए।

मैले केही बोलिनँ। केवल उनको हातमाथि आफ्नो हात राखिदिएँ।

विभा भक्कानिँदै रुन थालिन्।

झ्यालबाट बिहानको घाम कोठाभित्र पस्दै थियो। त्यो घामले कुनै अनुहारलाई सुन्दर बनाएको थिएन, बरु एउटा घमण्डको अन्त्य र एउटा आत्मबोधको सुरुवात उजागर गरिरहेको थियो।

घरबाट फर्कँदै गर्दा मैले बाटोभरि एउटै कुरा सोचिरहेँ, मानिसलाई कुरूप बनाउने कुरा अनुहार होइन, अहङ्कार रहेछ।

सायद त्यसैले भगवान्ले कहिलेकाहीँ अनुहार होइन, घमण्ड नै बिगारिदिन्छन्, ताकि मानिसले ढिलो भए पनि आफ्नो वास्तविक अनुहार देख्न सकोस्।

त्यस दिनदेखि मेरो मनमा विभाप्रतिको आकर्षण बाँकी रहेन तर उनको पीडाप्रति गहिरो करुणा जन्मियो।

कहिलेकाहीँ मानिसले देख्ने सबैभन्दा विभत्स दृश्य जलेको अनुहार होइन, आफ्नै घमण्डको खरानी बनेको आत्मा रहेछ। त्यस दिन मेरो 'बिभत्स संदेह' समाप्त भयो, तर जीवन बुझ्ने एउटा नयाँ दृष्टि सुरु भयो।" अस्तु ? हदै अघि बढ्न खोजिन्।

युवकले उनको बाटो छेक्यो।

"आफ्नो रूपको घमण्डमा मानिसलाई खेलौना सम्झेर हिँडिरहेकी छौ। आज तिम्रो त्यो घमण्ड चकनाचुर पारिदिन्छु।"

यति भन्दै उसले खल्तीबाट एउटा सानो सिसी निकाल्यो। बिर्को खोलेर एक झट्कामा विभाको अनुहारतिर फ्याँकिदियो।

"आऽऽ...!"

विभाको हृदयविदारक चिच्याहटसँगै उनको अनुहारबाट धुवाँ निस्किन थाल्यो। उनी दुवै हातले अनुहार छोप्दै छटपटाउन थालिन्। वरिपरि रहेका मानिसहरू आत्तिँदै उनीतिर दौडिए। कसैले युवकलाई समात्न खोज्यो भने कोही विभालाई बचाउने प्रयासमा लागे। त्यही चिच्याहटले म एक्कासि झस्किएर बिउँझिएँ।

निधार छाम्दा पसिनाले निथ्रुक्क भिजेको रहेछ। सास तीव्र गतिमा चलिरहेको थियो। केही क्षणसम्म म वास्तविकता र सपनाबीचको भिन्नता छुट्याउनै सकिनँ।

मेरो कानमा अझै पनि विभाको त्यो दर्दनाक चिच्याहट गुञ्जिरहेको थियो। एसिडले अनुहार पोलिरहेको दृश्य यति जीवन्त थियो कि मेरो शरीर नै सिरिङ्ग भयो।

केहीबेरपछि आफूलाई सम्हाल्दै मनमनै भनेँ,"धन्न... यो त सपना मात्रै रहेछ।"

मैले लामो सास फेरें। तर त्यही क्षण हिजो मायाले भनेको वाक्य फेरि कानमा बज्न थाल्यो, "बिचरी विभाको त के कुरा गर्नु।"

त्यो स्वरमा लुकेको पीडा सम्झँदा फेरि मेरो मन अशान्त बन्यो।

कतै...!

कतै मैले देखेको त्यो सपना यथार्थ त बनेको छैन?

यो विचारले मेरो मनमा एउटा विभत्स सन्देह जन्मायो। त्यो सन्देहले मेरो सम्पूर्ण अस्तित्वलाई घेर्न थाल्यो। बिहान हुन नपाउँदै म हतारिँदै मायाको घर पुगेँ।

मलाई देख्नेबित्तिकै उनले मेरो अनुहार पढिन्। सायद रातभरि निद्रा नपरेको थाहा पाइन्।

"यति बिहानै?" उनले अचम्म मान्दै सोधिन्। मैले कुनै भूमिका बाँधिनँ।

"माया, आजै मलाई विभालाई भेट्न लैजाऊ।"

उनले केही क्षण मौन भएर मेरो अनुहार हेरिन्। त्यसपछि गम्भीर स्वरमा मात्र भनिन्,"ल, जाऊँ।"

हामी दुवै मौन भएर बाटो लाग्यौँ। बाटोभरि न उनले केही भनिन्, न मैले। हाम्रो मौनताभन्दा ठूलो कुनै संवाद थिएन।

मेरो मनले भने एउटै प्रार्थना गरिरहेको थियो, "हे भगवान्! मैले राति देखेको त्यो कहालीलाग्दो सपना यथार्थ नबनोस्..."

तर जति-जति विभाको घर नजिकिँदै गयौँ, त्यति-त्यति मेरो मनमा उब्जिएको विभत्स सन्देह झन् गाढा हुँदै गइरहेको थियो।

माया मलाई लिएर एउटा सानो घरअगाडि रोकिइन्। पहिलेको चहलपहल कतै थिएन। आँगन सुनसान थियो। ढोकाअगाडि ओइलाएका फूलका गमलाहरूले पनि घरको उदासी बयान गरिरहेका थिए।

मायाले बिस्तारै ढोका ढकढकाइन्। केही बेरपछि ढोका खुल्यो। मेरो नजर भित्रतिर पुग्न नपाउँदै एउटा क्षीण स्वर सुनियो,"माया... आऊ।"

त्यो स्वर विभाकै थियो तर त्यसमा पहिलेको चञ्चलता थिएन। न घमण्ड थियो, न मादकता। केवल थकाइ, पीडा र गहिरो पश्चात्ताप थियो।

माया भित्र पसिन्। म भने ढोकामै अडिएँ।

"भित्र आऊ, अनिल," मायाले बिस्तारै भनिन्।

म काँपिरहेका पाइला अघि बढाएँ।

ओछ्यानको छेउमा बसेकी युवतीलाई देख्दा एकछिन त म चिन्नै सकिनँ। शरीर अत्यन्तै गलिसकेको थियो। अनुहारमा पहिलेको उज्यालो हराइसकेको थियो। आँखाका वरिपरि कालो घेरा परेको थियो। एक समय घमण्ड गर्ने त्यो सौन्दर्य आज समयले विस्तारै खोसेर लगिसकेको थियो तर उनको अनुहारमा कुनै एसिडको डाम थिएन।

मेरो मनले राति देखेको सपना झूटो साबित गरिदिएको थियो।

विभाले मतिर हेर्ने साहस गरिनन्। केही क्षणको मौनतापछि बिस्तारै भनिन्,"अनिल... मलाई चिन्नुभयो?"

मेरो घाँटी अवरुद्ध भयो।

"किन नचिनूँ, विभा?"

यति मात्र भन्न सकेँ।

उनका आँखाबाट आँसुका थोपा झर्न थाले।

"मलाई मेरो रूपले अन्धो बनाएको रहेछ। मानिसको मन होइन, अनुहार मात्र हेर्न सिकेँ। जसलाई मन लाग्यो, उसैसँग खेल्दै हिँडेँ। मलाई लाग्थ्यो, यो सौन्दर्य कहिल्यै मर्दैन।"

उनी केहीबेर रोकिइन्। सास सम्हालिन्।

"तर समयले सबैभन्दा पहिले मेरो घमण्ड खोस्यो। त्यसपछि मलाई आफ्नो भनिएका सबै मानिस टाढा भए। अहिले महिनौँदेखि यही ओछ्यानमा छु। एउटा जटिल रोगले मेरो शरीर नै खाइरहेको छ। आज मेरो अनुहार जलेको छैन तर मेरो अहङ्कार भने पूर्ण रूपमा खरानी भइसकेको छ।"

कोठाभित्र फेरि मौनता छायो।

मैले पहिलो पटक विभाको अनुहार होइन, उनको पीडाले भरिएको मन देखिरहेको थिएँ।

उनले बिस्तारै मेरोतिर हेर्दै भनिन्, "त्यो दिन मैले तिमीलाई ऐनामा अनुहार हेरेर बोल्न आउनू भनेकी थिएँ। आज लाग्छ, ऐना त मैले आफैंले हेर्नुपर्ने रहेछ। मेरो अनुहार होइन, मेरो चरित्र कुरूप रहेछ।"

मेरा आँखाहरू पनि रसाए।

मैले केही बोलिनँ। केवल उनको हातमाथि आफ्नो हात राखिदिएँ। विभा भक्कानिँदै रुन थालिन्।

झ्यालबाट बिहानको घाम कोठाभित्र पस्दै थियो। त्यो घामले कुनै अनुहारलाई सुन्दर बनाएको थिएन, बरु एउटा घमण्डको अन्त्य र एउटा आत्मबोधको सुरुवात उजागर गरिरहेको थियो।

घरबाट फर्कँदै गर्दा मैले बाटोभरि एउटै कुरा सोचिरहे, मानिसलाई कुरूप बनाउने कुरा अनुहार होइन, अहङ्कार रहेछ।

सायद त्यसैले भगवानले कहिलेकाहीँ अनुहार होइन, घमण्ड नै बिगारिदिन्छन्, ताकि मानिसले ढिलो भए पनि आफ्नो वास्तविक अनुहार देख्न सकोस्।

त्यस दिनदेखि मेरो मनमा विभाप्रतिको आकर्षण बाँकी रहेन तर उनको पीडाप्रति गहिरो करुणा जन्मियो।

कहिलेकाहीँ मानिसले देख्ने सबैभन्दा विभत्स दृश्य जलेको अनुहार होइन, आफ्नै घमण्डको खरानी बनेको आत्मा रहेछ। त्यस दिन मेरो 'बिभत्स संदेह' समाप्त भयो, तर जीवन बुझ्ने एउटा नयाँ दृष्टि सुरु भयो।"

अर्को समाचार
News for test 20
०१ भदौ २०८३
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ८ घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस