जब आँखाले चुम्बन गर्छ लालित्य साँझलाई
सम्झना यसरी भड्किन्छ कि
मानौं,
आगोले प्रेम गर्छ
हिमालले अँगालो हाल्छ
नदीले आँसु बगाउँछ
रुमानी सम्झना भनौं या तस्बिर हेरेर कोरेको यात्राचित्र ।
०००
ढुंगा छापिएर बनाइएको बाटो र तिम्रो हत्केला
टोपी खसाउने अग्लो पहाडको चुचुरो
हिउँझैं बग्ने तमोरको पानी र संगीतझैं लाग्ने उसको बहाव
झोलुंगे पुलमाथि सेल्फी खिच्दा तिमीले छोएको मेरो कुम
र, सँगै गुजुल्टिएको मेरो नियत
०००
हत्केलामा भाग्यको भ्रम हेर्दै
ओडारमुनि झोलालाई सिरानी बनाएर सुस्ताँउदा
गोठालाले मुस्कुराउँदै चिहाएको समय
पागलपन भनौं वा संजोगले कोरेको जिन्दगीको कलात्मकता
पटक–पटक तिमीलाई सम्झाउँछ
पटक–पटक चिमोटिरहन्छ हृदयको गहिराइलाई
०००
नागबेलीझैं बग्ने खोल्सी उसरी नै बगेको छ वर्षौंदेखि
रहरै रहरमा तिमीलाई निथ्रुक भिजाइसकेपछि मायाले रोएको त्यो दिन
हरेकपल्ट मनलाई ढुंगा बनाउने प्रयासमा सम्झिरहन्छु
र सम्झिरहन्छु ढुंगाप्रतिको तिम्रो प्रेम ।
०००
हामी दर्जनौं क्षितिज छिचोल्न हिँडेका थियौं
उकाली, ओराली, चौतारीको संगीत सुन्ने योजनामा
बस्तीहरू थिए, दुःखहरू थिए र पनि खुसी भेटिन्थ्यो
अग्लो ढुंगा देख्नेबित्तिकै तिमी मुस्कुराउँथ्यौ
चढ्थ्यौ, तस्बिर खिच्थ्यौ र केहीबेर धुमधुम्ती बस्थ्यौ
तमोरले कला भरेका ढुंगाका गट्टाहरु तिम्रो झोलामा थिए
ढुंगाको कापमा उम्रिएको बिरुवाप्रति तिम्रो अगाध प्रेम थियो
र भन्थ्यौ–
सहरको गमलामा रोपिएको फूल त पानी र मल लाएन भने मर्छ
तर अक्करको फूल हेर कसरी मुस्कुराएको... ।
०००
पहाडको भिरालो भित्तामा
लमतन्न ढुंगालाई छुने तिम्रो रहर खातिर
हातमा हात राखेर हिँडेको पनि सम्झन्छु
फरक यहाँ पनि थियो
तिमी ढुंगा छुन चाहन्थ्यौ, म तिमीलाई
०००
ढुंगा हेरेर, छोएर नथाक्ने मान्छे तिमी
ढुंगा अड्याउँदै बनाइएका देवलमा
गुराँस टिपेर चढाउँथ्यौ
कतै पातीको मुन्टा त
कतै झोलाबाट निकालेर केही सिक्का पनि
सानासाना ढुंगा जोडेर मन्दिर बनाउँथ्यौ
र, भन्थ्यौ, ‘विश्वास होइन, आस्था छ मसँग’
उत्सव त रङहरूमा हुन्छ तर तिमी ढुंगाको सौन्दर्यमा मोहित थियौ
तिमी, ढुंगा अनि तिमी र म खिचिएका ६४ जिबी तस्बिर
उकालो ओरालो र अक्करका दृश्य
हिमाल, पहाड, दुःख र गाउँको कथा
हजारौंपल्ट हेर्दा नथाक्ने प्रेमिल चलचित्रझैं लाग्छ सम्झनाको कहानी ।
०००
विश्वास कहिलेकाहीँ भ्रम भइदिन्छ
सत्ता भ्रम बाँड्दा रमाउँछ, पंखाहरू त्यही भ्रममा खुसी खोज्छन्
सहरको जीवन रहरमा हुन्छ तर दुःखी हुन्छ
जीवन गाउँमा हुन्छ, दुःख छ तर सुखी हुन्छ
आखिर समयको सवाल र निर्दयी शासनको प्रचलन
कहिलेकाहीँ पानीलाई आगोमा विश्वासको आहुति लगाउन खोजिन्छ
के तिमी समाजबाट भड्किएकी थियौ, विद्रोही थियौ र एकांगी
प्रश्नहरूका निम्ति म तयार थिएँ,
तर तिम्रो अघि मौन मौन... ।
०००
छुटिएपछि तिमी यति टाढा बन्दै गयौ
क्षितिजझैं दूरदूर
लाग्छ विर्सने योजनामै थियौँ
तिमी ढुंगाझैं बन्दै गयौ
यता म ढुंगालाई प्रेम गर्न थालेँ ।
पाँचथरको फिदिममा ‘ढुंगाको प्रेम’ नामक कविता संग्रहको आइतबार लोकापर्ण गरिएको छ। शिखा बुक्सले प्रकाशनमा ल्याएको गिरिराज बाँस्कोटाद्धारा लिखित उक्त कविता संग्रहको साहित्यकार विमल वैधले लोकपर्ण गरे।
विमोचन भएको कृतिमा २७ वटा कविता संग्रह रहेका छन्। कृतिमाथि टिप्पणी गर्दै पाँचथर बहुमुखी क्याम्पसका उपप्रमुख लक्ष्मी ढुंगानाले नेपाली साहित्यमा हस्तक्षेप राख्न सक्ने कविता भएको चर्चा गरे। हरेक कविताले विभिन्न विषयको उजागर गरेको उनको भनाइ थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वैधले एउटा यायावरले लेखेको कविता संग्रहले हिमाल, पहाड, तराईका विषय छोएको बताए थिए। उक्त समारोहमा बोल्दै पाँचथरमा प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले साहित्यका लागि महत्वपूर्ण जिल्लाबाट पत्रकारले लेखेको पुस्तकले पक्कै महत्वपूर्ण स्थान हासिले गर्ने अपेक्षा राखे।
कार्यक्रममा साहित्यकार प्रेम ओझा, नरेन्द्रकुमार केरुङ, राजेन्द्र जवेगु, भवानी तावा, शान्ता गौतम, मधु आजित केरुङ, सन्देश सुब्बालगायतका साहित्यक रचना पाठ गरेका थिए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।