डायस्पोराको नेपाली माया
१५ मंसिर २०८१
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
डायस्पोराको नेपाली माया

नेपाली डायस्पोरा सञ्जालमा ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने अभिमत शिरोधार्य छ। जोकोही विश्वको जुनसुकै कुनामा भए पनि उसले नेपाल र नेपालीको स्मरण नगरी बस्न सक्दैन। मातृभूमि नेपालको संस्कृति, भाषिक, आर्थिक एवं सामाजिक विकासका निम्ति नेपालीहरूले थोरै समय निकालेर काम गरिरहेका हुन्छन्। नेपाली धर्म, भाषा, संस्कृति र सभ्यतालाई जीवन्त तुल्याउन विभिन्न काम गरिरहेका हुन्छन्।

उनीहरूले गरेको सानो कामले सामाजिक एवम सांस्कृतिक गतिविधिबाट कर्मभूमि र मातृभूमिबिच जोड्ने एउटा सेतु बन्ने गरेको छ।  सामाजिक व्यक्तित्वहरूको कार्यले नेपालमा रहेका नागरिकहरू कुनै न कुनै रूपले लाभान्वित भइरहेका छन्।

यस्तै नेपाली भाषाका माध्यमबाट विज्ञान र प्रविधिको क्षेत्रमा केही काम गरौं भनेर अमेरिकामा बसेका  नेपालीहरूले ‘सम्सारा सोसियल’ नामको सञ्जाल सञ्चालन गरेका छन्।  खासगरी विज्ञान विषयमा रुचि भएका विद्यार्थी र पाठकलाई केन्द्रित गरी सो ‘भर्चुअल साइट’ नेपाली र अंग्रेजी दुवै भाषामा सञ्चालनमा ल्याइएको छ।

हेर्दा सामान्य साइट देखिए पनि विज्ञानका लागि निकै उपयोगी देखिन्छ। जानकारीमूलक र नेपालमा विज्ञान अध्ययन गरिरहेका विद्यार्थीलाई लक्षित गरेर यसको परिकल्पना गरिएको छ। वैज्ञानिक प्रयोगमा आउन नसक्ने विज्ञान र जीवनोपयोगी सिप दिन नसक्ने शिक्षालाई आआफ्नै संघर्षले चुनौती दिइरहेका छन्। कति धेरै वैज्ञानिक र प्रतिभाहरू अवसर नै नपाई आफ्ना क्षमता उजागर गर्न पाइरहेका छैनन्। सधैं इच्छाशक्तिले डोर्‍याएर वा संघर्ष गरेर अगाडि बढिरहेका हुन्छन्। ती संघर्षशील मनहरूलाई विश्वकिरण गिरीले आफ्नो साइट सर्मपण गरेका छन्।

नेपालमा वनविज्ञानमा स्नातकसम्मको अध्ययनपश्चात सन् २०११ मा उच्च शिक्षाका लागि अमेरिका गएका गिरीले सो साइट सञ्चालनमा ल्याएका हुन्। उनले संयुक्त राज्य अमेरिकाको ‘द युनिभर्सिटी अफ नर्थ क्यारोलिना एट ग्रिन्सबोरो’बाट जीवविज्ञानमा विद्यावारिधि गरेका छन्।

इभोलुसन विषयमा गरेको अध्ययन र योगदानका कारण गिरी सोसाइटी फर स्टडी अफ इभोलुसन (एसएसई) अमेरिकाको सदस्यसमेत रहेका छन्। अध्ययनका क्रममा डा. गिरीले जीवविज्ञान अनुसन्धानमा प्रयोग गरिने आधुनिक र क्रान्तिकारी प्रविधिहरू जस्तै– जिनोमिक्स, ट्रान्सक्रिप्टोमिक्स र बायोइनफा रमैटिक्स प्रयोग गर्ने अवसर प्राप्त गरेका थिए।

वास्तवमा, नेपाली भाषीहरूलाई लक्षित गर्ने र नेपाली सामाजिक सन्दर्भलाई सम्बोधन गर्ने कुनै विज्ञान पत्रिका उपलब्ध छैनन्। मातृभाषामा विज्ञान र प्रविधिबारे ज्ञान प्रदान गर्ने सामग्रीको उपलब्धता हुँदा देशको फराकिलो श्रोतासम्म विज्ञानप्रतिको आकर्षण बढाउन मद्दत गर्छ। गिरीका अनुसार नेपालमा एउटा धारणा छ कि बोर्डिङ स्कुलमा अंग्रेजी पढ्नेहरूले सजिलैसँग सबै कुरा बुझ्छन् र विज्ञान पनि उत्तिकै राम्रोसँग बुझेका हुन्छन् तर त्यो सत्य होइन।

‘कुनै पनि समाजको दैनिक संवादको भाषामा नयाँ र जटिल विषयवस्तु पढ्न, सुन्न र छलफल गर्न अवसर पाएनौं भने हाम्रो त्यो विषयबारे रहेको ज्ञानमा धेरै त्रुटि उत्पन्न हुने रहेछन्,’ गिरीले आफ्नो अनुभव सुनाए।

उनी स्वयं अंग्रेजी माध्यमको स्कुलकै विद्यार्थी रहेका थिए। जब अमेरिकामा पढ्न थाले, त्यसपछि उनलाई अनुभूति भयो कि नेपालमा पढाइने विज्ञान विषयको आधारभूत ज्ञान कमजोर छ। त्यसैले उनले विज्ञान विषयमा सम्बन्धित रहेर लेख लेख्ने र त्यसलाई विद्यार्थीसम्म पुर्‍याउने  परिकल्पना गरेका थिए। त्यही परिकल्पनाअनुसार सुरुमा आफ्नो विषयअन्तर्गतको शैक्षिक ब्लग लेख्न थाले। त्यसपछि धेरै पाठकसम्म पुग्न अलि भरपर्दो साधन तयार गर्न सम्सारा सोसियल साइटकै  अवधारणा तयार गरे। त्यसो त उनी आइटी विषयका जानकारसमेत रहेका छन्। वेबसाइटको प्रारम्भिक डिजाइन र एपसमेत आफैंले बनाए।

सन् २०२० बाट उनले सम्सारा सोसियल वेबसाइट बनाएर काम गर्न थाले। विज्ञान विषयमा केन्द्रित रहे पनि साहित्य र कलालाई समेत स्थान दिने गरिएको छ। विज्ञानका विभिन्न विषयमा सतहभन्दा भित्र पुगेर अध्ययन सामग्री तयार गर्ने र कतिपय अनलाइनबाट पनि साभार गरेर ती सामग्रीलाई नेपालीमा अनुवाद गरी अडियो सामग्रीसहित पस्कने गरेका छन्।

नेपालबाहिर रहँदैमा नेपालीत्व छोड्न सकिँदैन र चाहेर पनि आफू र आफ्ना पूर्वज जन्मेको माटोको माया रहिरहन्छ भन्ने धारणा बोकेकै कारण लामो समयदेखि साइटमा काम गरिरहेका छन्। केहीअघि अन्तर्राष्ट्रिय आप्रवासी संगठनले करिब साठी लाख नेपालीहरू नेपाली डायस्पोराका रूपमा विश्वभरि फैलिइरहेको जनाएका बेला गिरीले विज्ञान अध्ययन गर्नेहरूका लागि योगदान गरेका छन्। 

अर्को समाचार
News for test 20
०१ भदौ २०८३
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस