एकीकरण पदमार्ग: इतिहास हस्तान्तरणको यात्रा
२९ माघ २०८१
१४ मिनेट पाठ
संग्रह
Email
ईमेल
एकीकरण पदमार्ग: इतिहास हस्तान्तरणको यात्रा

नेपाली सेनाले भावी पुस्तालाई इतिहास हस्तान्तरण गर्ने लक्ष्य र उद्देश्यसहित एकीकरण मार्ग–पदयात्रा सञ्चालन गर्दै आएको छ। नेपाल एकीकरणका दौरान अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोको प्रवर्द्धन गरी ‘ट्रेकिङ ट्रेल’का रूपमा विकसित गर्ने योजनासहित नेपाली सेनाले एकीकरण मार्ग पदयात्रा गर्न थालेको ५ वर्ष पुगेको छ । पाँच वर्षको अवधिलाई नियाल्ने हो भने सेनाले इतिहास पुस्ता हस्तान्तरण मात्र होइन संरक्षणको काम पनि गरिरहेको छ।

कोरोना भाइरसको महामारीकै बेलामा पनि नेपाली सेनाले लकडाउन र निषेधाज्ञालाई  जनचेतनाकै रूपमा  एकीकरण मार्ग सञ्चालन गरेको थियो । त्यसयता यो कार्यक्रम निरन्तर सञ्चालन भइरहेको छ । नेपाल एकीकरणका बेला प्रयोग भएका बाटो र गढी–किल्लाहरूको संरक्षणका लागि सेनाले एकीकरण मार्ग कार्यक्रम सञ्चालन गरेको हो । नेपाली सेनाका सहायक रथी एव प्रवक्ता गौरव केसीले यो पदयात्रालाई इतिहास र भूगोल एकसाथ जोडेको बताउँछन् । ‘अहिलेको पुस्तामा इतिहासको पढाइ लेखाई कमजोर देखियो । विश्वविद्यालयमा हेर्ने हो भने इतिहासका विद्यार्थी निकै कम छन् । पहिलो मानविकी अध्यापन गराउने क्याम्पसमा इतिहासको पढाइ हुन्थ्यो । अहिले त्यो कम छ छदै छैन भन्ने होइन तर कम छ । कुनै पनि पुस्ताले हाम्रो इतिहासको बारेमा पर्याप्त जानकारी हुनुपर्छ । इतिहास भनेको हरेकले जानकारी राख्नुपर्छ र यो इतिहास मात्र होइन भूगोल पनि भएकाले नेपालको भूगोलको बारेमा पनि नयाँ पुस्ताले थाह पाउनुपर्छ’, सहायक रथी केसीले भने ।
बाँकी पढ्न लगइन गर्नुहोस्

यो समाचार पढ्न निःशुल्क खाता बनाउनुहोस् वा लगइन गर्नुहोस्।

अर्को समाचार
प्रकृतिसँगको सामीप्यमा नेपाल विश्वमै पहिलो
१८ कार्तिक २०८२
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रकृतिसँगको सामीप्यमा नेपाल विश्वमै पहिलो

मानव–प्रकृतिबिचको सुमधुर सम्बन्धका हिसाबले नेपाल विश्वमा पहिलो राष्ट्र बनेको छ। विश्वका ६१ राष्ट्रमा गरिएको अध्ययनले ‘नेचर कनेक्टेड’ राष्ट्रको सूचीमा नेपाल सबैभन्दा अगाडि देखिएको हो। 

विश्वका ६१ राष्ट्रका ५७ हजार सहभागी रहेको सो अध्ययनमा सामाजिक, आर्थिक, भौगोलिक र सांस्कृतिक कारकहरूले कसरी मानिसको प्रकृतिप्रतिको दृष्टिकोणलाई असर गर्छ भन्ने विषय विश्लेषण गरिएको थियो। वातावरण तथा समाजसम्बन्धी वैज्ञानिक जर्नल ‘एम्बिओ’मा शनिवार प्रकाशित उक्त प्रतिवेदनअनुसार सबैभन्दा बढी प्रकृतिसँग जोडिएका राष्ट्रको सूचीमा नेपालपछि दोस्रो, तेस्रो, चौथो र पाचौं राष्ट्रमा क्रमशः इरान, दक्षिण अफ्रिका, बंगलादेश र नाइजेरिया छन्। कुल ६१ राष्ट्रमध्ये प्रकृतिसँग सबैभन्दा न्यून सम्बन्ध जोडिएका राष्ट्रको सूचीमा अन्तिमतिर अर्थात् ६१औँ स्थानमा स्पेन, ६०औँ स्थानमा जापान र ५९औँ स्थानमा इजरायल छन्।

‘प्रकृति–सामीप्य’लाई एक स्थापित अवधारणा मानिन्छ, जसले कुनै व्यक्तिको प्रकृतिसँगको संज्ञानात्मक र भावनात्मक सम्बन्धलाई झल्काउँछ। यो मनोवैज्ञानिक अवधारणाअन्तर्गत कुनै व्यक्तिको अन्य जीवजन्तुसँगको सम्बन्ध मापन गरिने अध्ययन प्रतिवेदनमा उल्लेख छ। विभिन्न अध्ययनले प्रकृतिसँगको सम्बन्ध बलियो हुँदा व्यक्तिको मानसिक स्वास्थ्य राम्रो हुने र ऊ वातावरण–मैत्री व्यवहारमा बढी संलग्न हुने देखाएका छन्। यसैगरी प्रकृतिसँगको कमजोर सम्बन्धका कारण सम्बद्ध व्यक्तिले व्यक्तिगत भौतिक लाभलाई प्राथमिकता दिने हुँदा यसलाई जैविक विविधताको ह्राससमेत निम्त्याउने कारकसमेत मानिन्छ।

बेलायत र अस्ट्रियाका अनुसन्धानकर्ताको टोलीले गरेको उक्त अध्ययनले समाजमा उच्च ‘आध्यात्मिकता’को स्तरलाई प्रकृतिसँगको गहिरो सम्बन्धको सबैभन्दा बलियो ‘सूचक’ भनी देखाएको छ। अध्ययनले धर्म र आस्थालाई महत्त्व दिने समाजमा प्रकृतिसँगको सम्बन्ध पनि बलियो रहने देखाएको छ। अध्ययनको नेतृत्व बेलायतको डर्बी विश्वविद्यालयका प्राध्यापक माइल्स रिचर्डसनले गरेका थिए। प्रकृतिसँग सम्बन्धलाई कमजोर पार्ने कारकमा उच्च सहरीकरण, औसत आम्दानी र इन्टरनेट प्रयोगको दर रहेको अध्ययनमा उल्लेख छ। 

‘प्रकृतिसँगको सम्बन्ध केवल हामीले के गर्छौँ भन्ने होइन तर हामीले कसरी महसुस गर्छौँ, सोच्छौँ र जीवित संसारमा आफ्नो स्थानलाई कति मूल्य दिन्छौँ भन्ने हो,’ अध्ययनका नेतृत्व गरेका रिचर्डसनलाई उद्धृत गर्दै बेलायती पत्रिका गार्जियनले लेखेको छ। अत्यधिक सहरीकरणको दौडमा रहेको समाजमा सहरभित्रै प्रकृति भित्र्याए मानिस र प्रकृतिबिचको सम्बन्ध पुनर्जीवित गर्न सकिने उनको दाबी छ। ‘तर यो केवल पार्क बनाउने विषय मात्र होइन। कसरी पवित्र सहरी प्रकृति सिर्जना गर्ने भनेर पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। केवल पार्क बनाउनु सजिलो छ तर हामी त्यसको गहिराइमा पुग्नुपर्छ,’ रिचर्डसनले भनेका छन्।

मानव–प्रकृति सम्बन्धका प्रमुख समष्टिगत कारकहरू र तिनलाई परिवर्तन गर्न सक्ने अन्य सहायक कारक बुझ्न वस्तुनिष्ठ र व्यक्तिपरक कारकको विश्लेषणसहित प्रारम्भिक अवधारणगत ढाँचा प्रस्ताव गर्ने र मानव–प्रकृति सम्बन्धको सूचकका रूपमा ‘प्रकृति–सामीप्य’ र दिगो विकास लक्ष्यका सूचकांकका बिचको तुलना गर्ने र त्यसको परीक्षण गर्ने उद्देश्य अध्ययनले लिएको थियो। विश्वका राष्ट्रको ‘आध्यात्मिकता’ र ‘प्रकृति–सामीप्य’बिचको सम्बन्धलाई धार्मिक आस्था र विश्वाससम्बन्धी तथ्यांकको विश्लेषणका आधारमा पहिलो पटक ‘वर्ल्ड भ्यालुज सर्भे’ अर्थात् ‘विश्वव्यापी मान्यता सर्वेक्षण’ले केही दशकअघि पुष्टि गरेको थियो।

शीर्ष १० स्थानमा भएका राष्ट्रहरू 

१. नेपाल
२. इरान
३. दक्षिण अफ्रिका
४. बंगलादेश
५. नाइजेरिया
६. चिली
७. क्रोएसिया
८. घाना
९. बुल्गेरिया
१०. ट्युनिसिया

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस