अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताको ७ सदस्यीय टोली सगरमाथाको खुम्बु हिमनदीको हिउँ ‘पग्लिने बिन्दु (मेल्टिङ पोइन्ट) तर्फ किन उन्मुख छ भनेर पत्ता लगाउन शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ।
बेलायतका लिड्स, अवेरीस्टिथ, लेनक्यास्टर विश्वविद्यालय, किंगस कलेज लन्डन, नर्वेको बर्गन विश्वविद्यालयका यी वैज्ञानिकहरूले उक्त क्षेत्रमा एक महिना लामो स्थलगत अध्ययन गर्नेछन्। बेलायतका लिड्स विश्वविद्यालयका प्राध्यापक डंकन क्विन्सेले नेतृत्व गरेको टोलीले ६ हजार मिटर उचाइको ‘वेष्टर्न सिडब्लुएम’ क्षेत्रमा र लिड्स विश्वविद्यालयकाका अर्का प्राध्यापक लि ब्राउनको नेतृत्वमा अर्काे टोलीले वेस क्याम्प र उक्त हिमनदीको तल्लो तटमा हिमनदी खुम्चिँदा त्यहाँको जलीय जैविक विविधतामा परिरहेको असरका बारेमा अध्ययन गर्नेछन्।
यो समाचार पढ्न निःशुल्क खाता बनाउनुहोस् वा लगइन गर्नुहोस्।