मिर्गौला प्रत्यारोपणपछि सगरमाथा विजयः पेम्बाको साहसिक यात्रामा एनसेल फाउन्डेसनको साथ
१६ जेष्ठ २०८२
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
मिर्गौला प्रत्यारोपणपछि सगरमाथा विजयः पेम्बाको साहसिक यात्रामा एनसेल फाउन्डेसनको साथ

आफ्नो मिर्गौला प्रत्यारोपण गरेका पेम्बा शेर्पाले सगरमाथाको सफल आरोहण गरेर हासिल गरेको ऐतिहासिक उपलब्धिमा एनसेल फाउन्डेसन उनीप्रति हार्दिक सम्मान प्रकट गर्दछ । मिर्गौला प्रत्यारोपणपछि सगरमाथाको सफल आरोहण गर्ने पेम्बा पहिलो व्यक्ति हुन् ।

यो ऐतिहासिक सफलता साहस, संकल्प र शक्तिको उदाहरण मात्र नभई, दृढ संकल्पका साथ देखिएका सपना असम्भव छैन भन्ने सशक्त सन्देश पनि हो । उनले वैशाख ३१ गते बिहान सगरमाथाको शिखर चुम्न सफल भएका थिए ।

पेम्बा शेर्पाको यस सहासी यात्रामा सहभागी भई आवश्यक सहयोग गर्न पाएकोमा एनसेल फाउन्डेसन गर्व महसुस गर्दछ । यो यात्रा एक व्यक्तिगत विजय मात्र नभई शारीरिक चुनौती भोगिरहेकाहरूका लागि आशाको उज्यालो साबित भएको छ र मानिसहरुमा रहने असीम सम्भावनाहरुलाई पुष्टि गरेको छ । यसका, साथै यो यात्राले जलवायु परिवर्तनका कारण संकटमा परेका हिमालहरूको संरक्षणको लागि जनचेतना फैलाउने महत्त्वपूर्ण कार्य गरेको छ ।

“सगरमाथा आरोहणभरि मेरो स्वास्थ्य सबल रह्यो । यस यात्रामा मैले विश्वभरका ८५ करोड भन्दा बढी मिर्गौला रोगीहरूको आशा बोकेर सगरमाथाको चुचुरोमा पाइला राखें र ईच्छा गरेमा केही पनि असम्भव छैन भन्ने कुरालाई पुरा गर्न सफल भएँ । यो यात्रा पग्लिंदै गएको हाम्रो हिमाल जोगाउनको लागि पनि एउटा सन्देश थियो । मैले धेरैलाई गुहारें, तर मेरो सपनालाई एनसेल फाउन्डेसनले मात्र विश्वास गरेर सम्भव बनायो । म साथ र समर्थनका लागि हृदयदेखि आभारी छु,” सगरमाथाको सफल आरोहण पछि आफ्नो उत्साह प्रकट गर्दै पेम्बा शेर्पाले भने ।

“पेम्बा शेर्पाको यस ऐतिहासिक सफलताका लागि हामी उहाँलाई हार्दिक बधाई दिन चाहन्छौं । उहाँको यात्रा प्रेरणा, सहनशीलता र प्रतिबद्धताको कथा हो— यो केवल एक व्यक्तिगत लक्ष्यप्राप्ति मात्र नभई विश्वव्यापी जलवायु मुद्दाप्रति एक आवहान पनि हो । यस महत्वपूर्ण यात्राको सहयात्री हुन पाएकोमा हामी निकै खुसि छौ,” एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाईरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् ।

हिमालहरू केवल आरोहण गरेर सफलता चुम्ने शिखरहरु मात्र होइनन्, तिनीहरू हाम्रो पर्यावरणको प्रतीक हुन् र संरक्षणका लागि हामी सबैले मिलेर प्रयास गर्नुपर्छ भन्ने सन्देश पेम्बा शेर्पाको यो आरोहणले विश्वलाई दिएको छ ।  

एनसेल फाउन्डेसनबारे

एनसेल फाउन्डेसन समाजमा सकारात्मक परिवर्तनका लागि एक उत्प्रेरकको रूपमा उभिएको छ । समुदायमा अर्थपूर्ण परियोजनाहरू मार्फत दिगो प्रभाव पार्ने मुलमन्त्रमा आधारित फाउन्डेसन, एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी ९सीएसआर० पहल मात्र नभई देशभरका समुदायहरूलाई सशक्त र समावेशी बनाउनका लागि योगदान पुर्याउन प्रतिबद्ध रहेको छ ।

काठमाडौं उपत्यकाजस्ता शहरी क्षेत्रदेखि लिएर पहाड र तराईका दुरदराजका गाउँसम्म, फाउन्डेसनले डिजिटल डिभाइड घटाउने, स्वास्थ्य र शिक्षामा पहुँच विस्तार गर्ने, र समावेशीतालाई प्रवद्र्धन गर्ने जस्ता कार्यहरू मार्फत विकास र परिर्वतनका लागि कार्य गर्दै आएको छ । आम जनमानससँगमात्र नभई सामाजिक हितका उद्देश्य, संस्कृति र विकाससँग पनि गहिरो रूपमा जोडिन फान्डेसन प्रतिबद्धता रहेको छ ।

हालसम्म २ अर्ब रुपैयाँभन्दा बढीको सामाजिक योगदान दिँदै, एनसेलले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा १ करोड ३० लाखभन्दा बढी मानिसको जीवनमा विभिन्न सामाजिक पहलमार्फत सकारात्मक प्रभाव पारेको छ ।

अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 

आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस