मुगु र बाजुराका विकट हिमाली गाउँमा नेपाल टेलिकमको फोरजी सेवा
०१ साउन २०८३
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
मुगु र बाजुराका विकट हिमाली गाउँमा नेपाल टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले मुगु जिल्लाको सोरु गाउँपालिका वडा नम्बर ६ सोरुकोट र बाजुरा जिल्लाको सर्वाधिक विकट हिमाली गाउँपालिका वडा नम्बर १ बिच्छ्याको नेटा र वडा नम्बर ५ कुवाडी क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ।

सोरुकोटमा सेवा शुभारम्भसँगै आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, नेपाल टेलिकमका प्राविधिक कर्मचारी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र उपाध्यक्ष केशरबहादुर शाहीले दुर्गम क्षेत्रमा आधुनिक दूरसञ्चार सेवा विस्तार हुनु स्थानीय नागरिकका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै सेवाको दिगो सञ्चालन, संरक्षण तथा आवश्यकता अनुसार क्षमता विस्तारका लागि गाउँपालिकाले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

बिच्छ्याको नेटामा जडान गरिएको फोरजी टावरबाट कोट, नेटा, बाम, बौडी, यौना र नातीखोला लगायतका गुम्बा सम्म अर्थात बाजुराबाट रानिसैन पुग्ने पदमार्गमा कभरेज पुगेको छ। त्यसैगरी कुवाडी खोलाको संगममा रहेका गाउँहरू तथा हुम्ला ताँजाकोट २ जाने मार्गमा समेत यसको कभरेज पुगेको छ।

फोरजी सेवा सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाले उच्च गतिको मोबाइल इन्टरनेट, गुणस्तरीय भ्वाइस सेवा तथा एसएमएस सेवाको सहज लाभ लिन सक्ने भएका छन्। यसबाट स्थानीय आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुग्नुका साथै सो क्षेत्रका बासिन्दाका लागि सूचना, शिक्षा, स्वास्थ्य र सरकारी सेवामा पहुँच थप सहज हुने अपेक्षा गरिएको छ।

‘राष्ट्रको सञ्चार’ को रूपमा रहेको नेपाल टेलिकमले देशका सुगमदेखि अति दुर्गम स्थानहरूमा अत्याधुनिक दूरसञ्चार सेवा र सूचना प्रविधिको पहुँच पुर्याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिइरहेको छ।

अर्को समाचार
चन्द्रमामा कारखाना बनाउने एलन मस्कको तयारी, रोबोटले गर्नेछन् काम
२४ साउन २०८३
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
चन्द्रमामा कारखाना बनाउने एलन मस्कको तयारी, रोबोटले गर्नेछन् काम

स्पेसएक्सले भविष्यमा चन्द्रमामै कारखाना निर्माण गरेर त्यहाँ उपग्रह तथा अन्य आवश्यक सामग्री उत्पादन गर्ने योजना अघि सारेको छ। कम्पनीका प्रमुख एलन मस्कका अनुसार यस काममा रोबोटको ठूलो भूमिका हुनेछ।

मस्कले स्पेसएक्सको पहिलो त्रैमासिक आम्दानीसम्बन्धी छलफलमा कम्पनीले चन्द्रमामा धेरै टन सामान पुर्‍याउने र त्यसपछि त्यहाँ कारखाना निर्माण गर्ने योजना रहेको बताए।

‘हामी चन्द्रमामा धेरै टन भार अवतरण गर्नेछौं’, उनले भने,‘हामी चन्द्रमामा कारखानाहरू निर्माण गर्नेछौं। रोबोटहरू त्यसमा सहयोगी हुनेछन्।’

उनका अनुसार चन्द्रमामा उत्पादन बढाउन रोबोटको प्रयोग गरिनेछ। अहिले यो योजना विज्ञान कथाजस्तो लागे पनि भविष्यमा वास्तविकतामा परिणत हुने उनको दाबी छ।

चन्द्रमामै उपग्रह बनाउने लक्ष्य

स्पेसएक्सले भविष्यमा चन्द्रमामा निर्माण गर्ने कारखानाबाट आफ्ना स्टारलिंक उपग्रहका लागि आवश्यक सामग्री तथा उपग्रह उत्पादन गर्ने दीर्घकालीन योजना बनाएको छ।

कम्पनीको योजनाअनुसार चन्द्रमामा सौर्य प्यानल र रेडिएटरजस्ता महत्वपूर्ण सामग्री पनि उत्पादन गर्न सकिनेछ। सौर्य प्यानलले उपग्रहलाई ऊर्जा दिनेछन् भने रेडिएटरले अन्तरिक्षमा उपग्रहबाट उत्पन्न हुने ताप बाहिर निकाल्न मद्दत गर्नेछन्।

मस्कले अझ महत्वाकांक्षी योजना पनि सुनाएका छन्। चन्द्रमामा आवश्यक पूर्वाधार बनेपछि त्यहाँबाट उपग्रह वा अन्य सामग्री अन्तरिक्षमा पठाउन इलेक्ट्रोम्याग्नेटिक मास ड्राइभर निर्माण गर्न सकिने उनको विश्वास छ। यो प्रविधि शक्तिशाली रेलगनजस्तै काम गर्ने अवधारणामा आधारित हुनेछ।

‘चन्द्रमामा उत्पादन बढाउन चन्द्रमामा रोबोटहरू प्रयोग अहिले सुपर साइन्स फिक्सन जस्तो सुनिन्छ, तर यो हुन गइरहेको छ। हामीलाई चन्द्रमामा मास एक्सेलेरेटर निर्माण गर्न सक्षम बनाउनेछ,’मस्कले भने।

मस्कका अनुसार यस्तो प्रणाली विकास गर्न सके पृथ्वीबाट अन्तरिक्षमा सामान पठाउने लागत र निर्भरता निकै कम गर्न सकिन्छ।

रोबोटले गर्नेछन् भारी काम

चन्द्रमामा निर्माण हुने कारखानामा मानिसभन्दा पहिले रोबोटले काम गर्ने सम्भावना बढी छ। मस्कले स्पेसएक्सले कस्ता रोबोट प्रयोग गर्ने भन्ने विस्तृत जानकारी भने दिएका छैनन्।

तर उनले टेस्लाले विकास गरिरहेको ओप्टिमस रोबोटलाई भविष्यमा अन्तरिक्षमा प्रयोग गर्ने संकेत यसअघि नै दिइसकेका छन्। स्पेसएक्सले यस्ता रोबोटलाई भविष्यमा मंगल ग्रहमा समेत पठाउने योजना बनाएको छ।

यी सबै अभियानका लागि स्पेसएक्सको नयाँ पुस्ताको विशाल रकेट स्टारसिप महत्वपूर्ण हुनेछ। स्टारसिप अहिले परीक्षणको चरणमा छ र कम्पनीले यसलाई पृथ्वीको कक्षाभन्दा बाहिरका अभियानका लागि समेत प्रयोग गर्ने लक्ष्य राखेको छ।

हजारौं स्टारसिप उडाउने तयारी

स्पेसएक्सका प्रमुख वित्तीय अधिकारीका अनुसार स्टारसिपले फाल्कोन ९ को तुलनामा धेरै ठूलो पेलोड बोक्न सक्नेछ र प्रक्षेपण लागत पनि उल्लेख्य रूपमा घटाउने लक्ष्य राखिएको छ।

‘स्टारशिपले हाम्रो फाल्कन ९ रकेटको तुलनामा पेलोड क्षमता चार गुणा बढाउने र प्रक्षेपण लागत १० गुणा घटाउने लक्ष्य राखेको छ , जसले हाम्रा सबै व्यावसायिक क्षेत्रहरूमा महत्त्वपूर्ण क्षमताहरू अनलक गर्दछ,’ स्पेसएक्सका प्रमुख वित्तीय अधिकारी ब्रेट जोनसेनले भने।

कम्पनीले भविष्यमा वर्षमा हजारौं स्टारसिप उडान सञ्चालन गर्न सक्ने पूर्वाधार निर्माण गरिरहेको जनाएको छ। यसका लागि रकेट इन्जिन उत्पादन बढाउने, नयाँ निर्माणस्थल तयार गर्ने र थप प्रक्षेपण प्याड सञ्चालनमा ल्याउने काम भइरहेको छ।

मस्कको चन्द्रमा कारखानाको योजना स्पेसएक्सको पृथ्वीबाहिर उत्पादन र अन्तरिक्ष अर्थतन्त्र विस्तार गर्ने ठूलो योजनाको एउटा हिस्सा हो।

यदि योजना सफल भयो भने भविष्यमा चन्द्रमा केवल अनुसन्धान गर्ने ठाउँ मात्र नभई उपग्रह, ऊर्जा प्रणाली र अन्तरिक्ष अभियानका लागि आवश्यक सामग्री उत्पादन गर्ने महत्वपूर्ण केन्द्र बन्न सक्छ।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock १० घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस