अग्रणी आईटी कम्पनी माइक्रोसफ्टले ४ हजार ८ सय कर्मचारी कटौतीको घोषणा गरेको छ।
यो यसको कुल कार्यबलको लगभग २.१ प्रतिशत हो। यी कटौतीबाट कम्पनीको एक्सबक्स डिभिजन सबैभन्दा बढी प्रभावित हुनेछ।
माइक्रोसफ्टका कार्यकारी उपाध्यक्ष एमी कोलम्यानले कर्मचारीहरूलाई दिएको सन्देशमा भनेकी छिन् कि द्रुत गतिमा परिवर्तन भइरहेको आईटी उद्योगमा कम्पनीले ती क्षेत्रहरूमा ध्यान केन्द्रित गर्नुपर्नेछ जहाँ यसले ग्राहकहरूलाई बढी फाइदा प्रदान गर्न सक्छ।
यस पुनर्संरचना अन्तर्गत एक्सबक्समा १ ६ सयभन्दा बढी जागिरहरू तुरुन्तै हटाइनेछ।
हालै एक्सबक्सको सीईओ बनेकी आशा शर्माले कर्मचारीहरूलाई दिएको सन्देशमा भनिन् कि कम्पनी 'एक्सबक्सको इतिहासको सबैभन्दा ठूलो पुनर्संरचनामा लागेको छ।'
उनले आगामी एक वर्षमा थप १६ सय रोजगारी समाप्त हुने बताए।
थप रूपमा एक्सबक्सका चार खेल विकास स्टुडियोहरू - कम्पल्सन गेम्स, डबल फाइन प्रोडक्सन, निन्जा थ्योरी र अनडेड ल्याब्स - लाई पनि कम्पनीको पुनर्संरचनाको भागको रूपमा अलग गरिनेछ।
आशा शर्माले भनिन्, 'यी परिवर्तनहरू एक्सबक्सलाई सानो बनाउनको लागि होइन, तर यसको ठूलो भविष्यको लागि गरिँदैछन्। इतिहास यस्ता उदाहरणहरूले भरिएको छ जहाँ कम्पनीहरूले दीर्घायुलाई आफ्नो भविष्यको प्रमुख मानेका थिए। हामी त्यो गल्ती गर्ने छैनौं।'
स्पेसएक्सले भविष्यमा चन्द्रमामै कारखाना निर्माण गरेर त्यहाँ उपग्रह तथा अन्य आवश्यक सामग्री उत्पादन गर्ने योजना अघि सारेको छ। कम्पनीका प्रमुख एलन मस्कका अनुसार यस काममा रोबोटको ठूलो भूमिका हुनेछ।
मस्कले स्पेसएक्सको पहिलो त्रैमासिक आम्दानीसम्बन्धी छलफलमा कम्पनीले चन्द्रमामा धेरै टन सामान पुर्याउने र त्यसपछि त्यहाँ कारखाना निर्माण गर्ने योजना रहेको बताए।
‘हामी चन्द्रमामा धेरै टन भार अवतरण गर्नेछौं’, उनले भने,‘हामी चन्द्रमामा कारखानाहरू निर्माण गर्नेछौं। रोबोटहरू त्यसमा सहयोगी हुनेछन्।’
उनका अनुसार चन्द्रमामा उत्पादन बढाउन रोबोटको प्रयोग गरिनेछ। अहिले यो योजना विज्ञान कथाजस्तो लागे पनि भविष्यमा वास्तविकतामा परिणत हुने उनको दाबी छ।
चन्द्रमामै उपग्रह बनाउने लक्ष्य
स्पेसएक्सले भविष्यमा चन्द्रमामा निर्माण गर्ने कारखानाबाट आफ्ना स्टारलिंक उपग्रहका लागि आवश्यक सामग्री तथा उपग्रह उत्पादन गर्ने दीर्घकालीन योजना बनाएको छ।
कम्पनीको योजनाअनुसार चन्द्रमामा सौर्य प्यानल र रेडिएटरजस्ता महत्वपूर्ण सामग्री पनि उत्पादन गर्न सकिनेछ। सौर्य प्यानलले उपग्रहलाई ऊर्जा दिनेछन् भने रेडिएटरले अन्तरिक्षमा उपग्रहबाट उत्पन्न हुने ताप बाहिर निकाल्न मद्दत गर्नेछन्।
मस्कले अझ महत्वाकांक्षी योजना पनि सुनाएका छन्। चन्द्रमामा आवश्यक पूर्वाधार बनेपछि त्यहाँबाट उपग्रह वा अन्य सामग्री अन्तरिक्षमा पठाउन इलेक्ट्रोम्याग्नेटिक मास ड्राइभर निर्माण गर्न सकिने उनको विश्वास छ। यो प्रविधि शक्तिशाली रेलगनजस्तै काम गर्ने अवधारणामा आधारित हुनेछ।
‘चन्द्रमामा उत्पादन बढाउन चन्द्रमामा रोबोटहरू प्रयोग अहिले सुपर साइन्स फिक्सन जस्तो सुनिन्छ, तर यो हुन गइरहेको छ। हामीलाई चन्द्रमामा मास एक्सेलेरेटर निर्माण गर्न सक्षम बनाउनेछ,’मस्कले भने।
मस्कका अनुसार यस्तो प्रणाली विकास गर्न सके पृथ्वीबाट अन्तरिक्षमा सामान पठाउने लागत र निर्भरता निकै कम गर्न सकिन्छ।
रोबोटले गर्नेछन् भारी काम
चन्द्रमामा निर्माण हुने कारखानामा मानिसभन्दा पहिले रोबोटले काम गर्ने सम्भावना बढी छ। मस्कले स्पेसएक्सले कस्ता रोबोट प्रयोग गर्ने भन्ने विस्तृत जानकारी भने दिएका छैनन्।
तर उनले टेस्लाले विकास गरिरहेको ओप्टिमस रोबोटलाई भविष्यमा अन्तरिक्षमा प्रयोग गर्ने संकेत यसअघि नै दिइसकेका छन्। स्पेसएक्सले यस्ता रोबोटलाई भविष्यमा मंगल ग्रहमा समेत पठाउने योजना बनाएको छ।
यी सबै अभियानका लागि स्पेसएक्सको नयाँ पुस्ताको विशाल रकेट स्टारसिप महत्वपूर्ण हुनेछ। स्टारसिप अहिले परीक्षणको चरणमा छ र कम्पनीले यसलाई पृथ्वीको कक्षाभन्दा बाहिरका अभियानका लागि समेत प्रयोग गर्ने लक्ष्य राखेको छ।
हजारौं स्टारसिप उडाउने तयारी
स्पेसएक्सका प्रमुख वित्तीय अधिकारीका अनुसार स्टारसिपले फाल्कोन ९ को तुलनामा धेरै ठूलो पेलोड बोक्न सक्नेछ र प्रक्षेपण लागत पनि उल्लेख्य रूपमा घटाउने लक्ष्य राखिएको छ।
‘स्टारशिपले हाम्रो फाल्कन ९ रकेटको तुलनामा पेलोड क्षमता चार गुणा बढाउने र प्रक्षेपण लागत १० गुणा घटाउने लक्ष्य राखेको छ , जसले हाम्रा सबै व्यावसायिक क्षेत्रहरूमा महत्त्वपूर्ण क्षमताहरू अनलक गर्दछ,’ स्पेसएक्सका प्रमुख वित्तीय अधिकारी ब्रेट जोनसेनले भने।
कम्पनीले भविष्यमा वर्षमा हजारौं स्टारसिप उडान सञ्चालन गर्न सक्ने पूर्वाधार निर्माण गरिरहेको जनाएको छ। यसका लागि रकेट इन्जिन उत्पादन बढाउने, नयाँ निर्माणस्थल तयार गर्ने र थप प्रक्षेपण प्याड सञ्चालनमा ल्याउने काम भइरहेको छ।
मस्कको चन्द्रमा कारखानाको योजना स्पेसएक्सको पृथ्वीबाहिर उत्पादन र अन्तरिक्ष अर्थतन्त्र विस्तार गर्ने ठूलो योजनाको एउटा हिस्सा हो।
यदि योजना सफल भयो भने भविष्यमा चन्द्रमा केवल अनुसन्धान गर्ने ठाउँ मात्र नभई उपग्रह, ऊर्जा प्रणाली र अन्तरिक्ष अभियानका लागि आवश्यक सामग्री उत्पादन गर्ने महत्वपूर्ण केन्द्र बन्न सक्छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।