विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई प्रभावकारी र परिणाममुखी बनाउन अनुगमन, मूल्याङ्कनसँगै कार्यान्वयन पक्षलाई मजबुत बनाउनुपर्ने बताएका छन्। उनले अध्ययन र प्रतिवेदन तयार गरेर मात्रै नपुग्ने, त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने संयन्त्र पनि आवश्यक रहेकोमा जोड दिए।
सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’ माथिको छलफलमा बोल्दै मन्त्री पुनले विधेयकको दफा ८ मा उल्लेख गरिएको समीक्षा, मूल्याङ्कन र कार्यान्वयनसम्बन्धी व्यवस्था अत्यन्त महत्वपूर्ण रहेको बताए।
उनले नेपालमा विभिन्न समिति, आयोग र कार्यदलले अध्ययन–अनुसन्धान गरी तयार पारेका प्रतिवेदनहरू कार्यान्वयन नहुँदा अपेक्षित सुधार हुन नसकेको उल्लेख गरे।
“मनिटरिङ भयो, मूल्याङ्कन भयो, प्रतिवेदन पनि तयार भयो, तर त्यसलाई कार्यान्वयन गर्ने पक्ष कमजोर रह्यो। त्यसैले निर्देशन दिने र कार्यान्वयन गराउने स्पष्ट व्यवस्था आवश्यक छ,” मन्त्री पुनले भने।
आफू शिक्षा मन्त्री रहँदाको अनुभव स्मरण गर्दै उनले धेरै आयोगका प्रतिवेदन दराजमै थन्किने गरेको बताए। अध्ययन प्रतिवेदनलाई कागजमै सीमित नराखी व्यवहारमा लागू गर्ने संस्कृतिको विकास गर्नुपर्ने उनको भनाइ थियो।
“शिक्षामन्त्री हुँदा पनि विभिन्न आयोगले प्रतिवेदन बुझाएका थिए। तर ती प्रतिवेदन थन्किने, कार्यान्वयन कसैले नगर्ने र कार्यान्वयनका लागि निर्देशन दिने निकाय पनि नहुने अवस्था थियो। अब यस्तो प्रवृत्ति अन्त्य हुनुपर्छ,” उनले स्पष्ट पारे।
दक्ष जनशक्तिलाई मात्रै तालिम दिनुपर्नेमा जोड
मन्त्री पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सफल सञ्चालन दक्ष प्राविधिक जनशक्तिमा निर्भर रहने उल्लेख गर्दै सम्बन्धित प्राविधिकलाई मात्र तालिम दिने व्यवस्था गर्नुपर्ने बताए।
उनले भत्ता वा भ्रमणको उद्देश्यले असम्बन्धित व्यक्तिलाई तालिममा पठाउने अभ्यास अन्त्य गर्नुपर्ने धारणा राखे।
“प्रयोगशाला सञ्चालन गर्ने जिम्मेवारी प्राविधिकहरूको हो। त्यसैले उनीहरूलाई आवश्यक सीप र तालिम दिनुपर्छ। असम्बन्धित व्यक्तिलाई तालिममा पठाउने प्रवृत्ति रोकिनुपर्छ,” उनले भने।
स्रोत व्यवस्थापनको जिम्मेवारी स्पष्ट हुनुपर्ने सांसद कार्कीको सुझाव
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले विधेयकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्रोत व्यवस्थापनसम्बन्धी व्यवस्था स्पष्ट नभएको टिप्पणी गरिन्।
उनका अनुसार प्रयोगशालाको काम, कर्तव्य र अधिकारको अभिभावकत्व सञ्चालक समितिले लिने भएकाले जनशक्ति, भौतिक पूर्वाधार, उपकरण र वित्तीय स्रोत व्यवस्थापनको जिम्मेवारी पनि सोही समितिको कर्तव्यका रूपमा स्पष्ट उल्लेख हुनुपर्ने आवश्यकता छ।
“प्रयोगशालाको काम, कर्तव्य र अधिकार व्यापक रूपमा उल्लेख गरिएको छ। तर त्यसलाई कार्यान्वयन गर्न आवश्यक जनशक्ति, उपकरण र आर्थिक स्रोत कसले व्यवस्थापन गर्ने भन्ने विषय विधेयकमै स्पष्ट हुनुपर्छ,” सांसद कार्कीले भनिन्।
समितिको बैठकमा विधेयकका विभिन्न प्रावधानमाथि सांसदहरू, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सचिव, विषयविज्ञ तथा अन्य सरोकारवालाले सुझाव र संशोधनका विषयमा विस्तृत छलफल गरेका थिए।
स्पेसएक्सले भविष्यमा चन्द्रमामै कारखाना निर्माण गरेर त्यहाँ उपग्रह तथा अन्य आवश्यक सामग्री उत्पादन गर्ने योजना अघि सारेको छ। कम्पनीका प्रमुख एलन मस्कका अनुसार यस काममा रोबोटको ठूलो भूमिका हुनेछ।
मस्कले स्पेसएक्सको पहिलो त्रैमासिक आम्दानीसम्बन्धी छलफलमा कम्पनीले चन्द्रमामा धेरै टन सामान पुर्याउने र त्यसपछि त्यहाँ कारखाना निर्माण गर्ने योजना रहेको बताए।
‘हामी चन्द्रमामा धेरै टन भार अवतरण गर्नेछौं’, उनले भने,‘हामी चन्द्रमामा कारखानाहरू निर्माण गर्नेछौं। रोबोटहरू त्यसमा सहयोगी हुनेछन्।’
उनका अनुसार चन्द्रमामा उत्पादन बढाउन रोबोटको प्रयोग गरिनेछ। अहिले यो योजना विज्ञान कथाजस्तो लागे पनि भविष्यमा वास्तविकतामा परिणत हुने उनको दाबी छ।
चन्द्रमामै उपग्रह बनाउने लक्ष्य
स्पेसएक्सले भविष्यमा चन्द्रमामा निर्माण गर्ने कारखानाबाट आफ्ना स्टारलिंक उपग्रहका लागि आवश्यक सामग्री तथा उपग्रह उत्पादन गर्ने दीर्घकालीन योजना बनाएको छ।
कम्पनीको योजनाअनुसार चन्द्रमामा सौर्य प्यानल र रेडिएटरजस्ता महत्वपूर्ण सामग्री पनि उत्पादन गर्न सकिनेछ। सौर्य प्यानलले उपग्रहलाई ऊर्जा दिनेछन् भने रेडिएटरले अन्तरिक्षमा उपग्रहबाट उत्पन्न हुने ताप बाहिर निकाल्न मद्दत गर्नेछन्।
मस्कले अझ महत्वाकांक्षी योजना पनि सुनाएका छन्। चन्द्रमामा आवश्यक पूर्वाधार बनेपछि त्यहाँबाट उपग्रह वा अन्य सामग्री अन्तरिक्षमा पठाउन इलेक्ट्रोम्याग्नेटिक मास ड्राइभर निर्माण गर्न सकिने उनको विश्वास छ। यो प्रविधि शक्तिशाली रेलगनजस्तै काम गर्ने अवधारणामा आधारित हुनेछ।
‘चन्द्रमामा उत्पादन बढाउन चन्द्रमामा रोबोटहरू प्रयोग अहिले सुपर साइन्स फिक्सन जस्तो सुनिन्छ, तर यो हुन गइरहेको छ। हामीलाई चन्द्रमामा मास एक्सेलेरेटर निर्माण गर्न सक्षम बनाउनेछ,’मस्कले भने।
मस्कका अनुसार यस्तो प्रणाली विकास गर्न सके पृथ्वीबाट अन्तरिक्षमा सामान पठाउने लागत र निर्भरता निकै कम गर्न सकिन्छ।
रोबोटले गर्नेछन् भारी काम
चन्द्रमामा निर्माण हुने कारखानामा मानिसभन्दा पहिले रोबोटले काम गर्ने सम्भावना बढी छ। मस्कले स्पेसएक्सले कस्ता रोबोट प्रयोग गर्ने भन्ने विस्तृत जानकारी भने दिएका छैनन्।
तर उनले टेस्लाले विकास गरिरहेको ओप्टिमस रोबोटलाई भविष्यमा अन्तरिक्षमा प्रयोग गर्ने संकेत यसअघि नै दिइसकेका छन्। स्पेसएक्सले यस्ता रोबोटलाई भविष्यमा मंगल ग्रहमा समेत पठाउने योजना बनाएको छ।
यी सबै अभियानका लागि स्पेसएक्सको नयाँ पुस्ताको विशाल रकेट स्टारसिप महत्वपूर्ण हुनेछ। स्टारसिप अहिले परीक्षणको चरणमा छ र कम्पनीले यसलाई पृथ्वीको कक्षाभन्दा बाहिरका अभियानका लागि समेत प्रयोग गर्ने लक्ष्य राखेको छ।
हजारौं स्टारसिप उडाउने तयारी
स्पेसएक्सका प्रमुख वित्तीय अधिकारीका अनुसार स्टारसिपले फाल्कोन ९ को तुलनामा धेरै ठूलो पेलोड बोक्न सक्नेछ र प्रक्षेपण लागत पनि उल्लेख्य रूपमा घटाउने लक्ष्य राखिएको छ।
‘स्टारशिपले हाम्रो फाल्कन ९ रकेटको तुलनामा पेलोड क्षमता चार गुणा बढाउने र प्रक्षेपण लागत १० गुणा घटाउने लक्ष्य राखेको छ , जसले हाम्रा सबै व्यावसायिक क्षेत्रहरूमा महत्त्वपूर्ण क्षमताहरू अनलक गर्दछ,’ स्पेसएक्सका प्रमुख वित्तीय अधिकारी ब्रेट जोनसेनले भने।
कम्पनीले भविष्यमा वर्षमा हजारौं स्टारसिप उडान सञ्चालन गर्न सक्ने पूर्वाधार निर्माण गरिरहेको जनाएको छ। यसका लागि रकेट इन्जिन उत्पादन बढाउने, नयाँ निर्माणस्थल तयार गर्ने र थप प्रक्षेपण प्याड सञ्चालनमा ल्याउने काम भइरहेको छ।
मस्कको चन्द्रमा कारखानाको योजना स्पेसएक्सको पृथ्वीबाहिर उत्पादन र अन्तरिक्ष अर्थतन्त्र विस्तार गर्ने ठूलो योजनाको एउटा हिस्सा हो।
यदि योजना सफल भयो भने भविष्यमा चन्द्रमा केवल अनुसन्धान गर्ने ठाउँ मात्र नभई उपग्रह, ऊर्जा प्रणाली र अन्तरिक्ष अभियानका लागि आवश्यक सामग्री उत्पादन गर्ने महत्वपूर्ण केन्द्र बन्न सक्छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।