संग्रह
बाँकेमा ८ जना थपिएसंगै काेराेना संक्रमित संख्या ३३ पुग्यो
बाँकेमा कोरोना भाइरस संक्रमित हुनेको संख्या बढ्दै गएको छ । शुक्रबार ८ जनामा भाइरस संक्रमित भएको पुष्टि भएसँगै बाँकेमा संक्रमितको संख्या ३३ पुगेको छ । भारतबाट फर्कने नेपालीको संख्या बढेसँगै बाँके लगायतका भारतसँग जोडिएका जिल्लामा संक्रमण फैलने जोखिम बढ्दै गएको छ ।
बाँकेको नरैनापुरमा कोरोना संक्रमित भेटिएपछि त्रासमा सर्वसाधारण
भारतीय सिमासँग जोडिएको जिल्लाको नरैनापुरका आठ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । नरैनापुरको ६ वटै वडा नेपाल–भारत सिमासँग जोडिएका छन् । खुल्ला सिमाका कारण संक्रमित ब्यक्ति भारतबाट भित्रिने जोखिम रहेको स्थानीयको भनार्ई छ ।
समस्या थपिदै गएको छ समाधान खोज्दै जाने हो : मुख्यमन्त्री पोखरेल
कोरोना भाइरस (कोभिड–१९) को सन्दर्भमा प्रदेश ५का मुख्यमनत्री शंकर पोखरेलले रुपन्देहीका स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका प्रमुख र सरोकारवाला निकायसँग भैरहवामा छलफल तथा सुझाव लिएका छन् ।
नियन्त्रणका लागि गरिएका प्रयास र तयारी फितलो
प्रदेश ५ मा बुधबार साँझसम्म संक्रमितको सख्या १ सय ९५ पुगेको छ । संक्रमितको संख्या थपिदै जाँदा तीनको उपचारमा समस्या भइरहेको छ । आइसोलेसन बेड अभाव हुँदा कपिलवस्तु, नवलपरासी र बाँकेका संक्रमितहरु क्वारेन्टिनमै बस्न बाध्य छन । सुरुमै आइसोलेसन अस्पताल बनाएर सुरुवाती चरणमा प्रशंसनीय काम गरेको प्रदेशले आइसोलेसन अस्पतालको क्षमता बिस्तार नगर्दा संक्रमितलाई क्वारेन्टिनमै राख्नुपर्ने अवस्था आएको हो ।
अर्घाखाँचीमा पहिलो पटक कोरोना संक्रमित भेटिए
प्रदेश नं. ५ मा ७ जना संक्रमित थपिएका छन्। पहाडी जिल्लाहरूमा पनी संक्रमितको सख्या थपिएको छ । अर्घाखाँचीमा पहिलो पटक दुइ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो । गुल्मीमा दुइ जना थपिएका छन्। कपिलवस्तुमा २ जना र रुपन्देहीमा एक जना संक्रमित थपिएका छन्।
प्रदेश ५ : गाउँदेखि शहरसम्म जातीय भेदभाव
गत बैशाख २२ गते गुल्मी कालीगण्डकी गाउँपालिका वडा न ५ फोक्सिङ्गका श्याम परियार नेत्रबहादुर काउचाको घरको दैलौमा पस्छन् । सँगै गएका गैरदलित साथीहरु पानी परेलगत्तै नेत्र बहादुर काउचाको घरभित्र जान्छन् ।
उच्च जोखिममा प्रदेश ५ का पहाडी जिल्ला
तीन साताअघिसम्म प्रदेश का पहाडी जिल्ला गुल्मी, अर्घाखाँची र पाल्पामा कोरोना संक्रमण शून्य थियो । बुटवलमा उपचारत एक शिक्षकको स्वाब परीक्षण गर्दा जेठ ५ गते कोरोना पोजेटिभ देखियो । त्यसयता यी तीन जिल्लामा संक्रमितको संख्या पाल्पामा नौ, गुल्मीमा सात र अर्घाखाँचीमा ३६ पुगेको छ । तीनवटै जिल्लामा कोरोना संक्रमणबाट एक/एक जनाको मृत्यु भइसकेको छ ।
असोजसम्म यातायातको विलम्व शुल्क नलाग्ने
प्रदेश ५ मा असोज मसान्तसम्म यातायात क्षेत्रमा बुझाउनु पर्ने सरकारी दस्तुरमा विलम्व शुल्क नलाग्ने भएको छ । प्रदेश सरकारले यातायात क्षेत्रमा लाग्ने शुल्क तथा दस्तुरमा असोन्जसम्म जरिवाना नलिने भएको हो ।
प्रदेश ५ मा सवारी दुर्घटना : तीन वर्ष यताकै कम मृत्यु
५ नम्बर प्रदेशमा पछिल्लो एक वर्षमा सवारी दुर्घटनामा परि ४ सय ८३ जनाको मृत्यु भएको छ । पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशका कुल १२ जिल्लामा भएका सवारी दुर्घटनामा ४ सय ८३ जनाले ज्यान गुमाएका छन् । यो संख्या अघिल्ला दुई वर्ष भन्दा कम हो ।