संग्रह
विज्ञप्तिका भरमा पार्टी चल्दैन : पूर्वमन्त्री बाँस्कोटा
पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले विज्ञप्तिका भरमा पार्टी नचल्ने बताएका छन्। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीमा अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले पार्टीका नेता/कार्यकर्ताको भावनासहित उनीहरूको क्रियाशीलताले पार्टी चल्ने बताएका हुन्।
‘समयलाई पनि ख्याल गरौं’
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद व्यवस्थापन हुन नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाअघि (पुस ५ गते) प्रतिनिधि सभा विघटन गरे।
संसद् विघटनका अन्तर्य
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) फुट्नु स्वाभाविक छ । रूपमा नेकपा एउटै पार्टी देखिए तापनि सारमा त्यो सत्ता सञ्चालन निम्ति बनाइएको तात्कालीन मोर्चा मात्रै थियो । सत्तास्वार्थका निम्ति बनाइएको मोर्चामा सहमतिबमोजिम नचली एक समूह सत्तापक्ष र अर्काे प्रतिपक्ष जस्तो देखिएको मात्रै होइन, राजनीतिक बेरोजगार,सत्तादलाल तथा निकम्मा बन्न बाध्य पारिएपछि मोर्चा जीवित राखिराख्नुपर्ने कुनै आवश्यकता बाँकी रहेन ।
आज नेपाल–दाहाल समूहले राजधानीमा जनशक्ति प्रदर्शन गर्ने
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहले शुक्रबार राजधानी काठमाडौंमा जनशक्ति प्रदर्शन गर्ने भएको छ। नेपाल–दाहाल समूहले प्रतिनिधिसभा विघटनको विरोध र पुनस्र्थापनाको पक्षमा गर्न लागिएको प्रदर्शन र सभामा एक लाखभन्दा बढी मानिस सहभागी हुने दाबी गरेको छ। प्रधानमन्त्री केपाी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा ओली र नेपाल–दाहाल समूहमा विभाजित छ।
दाहाल–नेपाल समूहले भोली दुई लाख मानिस उतार्ने
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले माघ २८ गते दुई लाख मानिसबीच विशाल सभा गर्ने भएको छ। ‘हामीले राजधानी आसपासबाट मात्रै डेढ लाखभन्दा बढी मानिस उपस्थित हुने आँकलन गरेका छौं,’ संघर्ष समितिका एक सदस्यले भने। उनका अनुसार सबै जिल्ला कमिटी र जनवर्गीय संगठनहरूले व्यापक तयारी गरेका कारण मानिसहरूको उपस्थिति सहज हुनेछ।
शान्ति सम्झौतालाई सफल पार्न हामीले खेलेको भूमिका युगान्तकारी छ: प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युद्धकालिन समयमा भएको बलिदानी संगै शान्ति सम्झौता, सेना समायोजन, हतियार व्यवस्थापनको साथै शान्ति सम्झौतालाई सफल पार्न आफूहरुले खेलेको भूमिका लगायत सबै काम युगान्तकारी भएको टिप्पणी गरेका छन्।
संसद् पुनःस्थापना भए अस्थिरता : प्रधानमन्त्री
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले शनिबार बुटवलमा शक्ति प्रदर्शन गर्यो। सिद्धेश्वर उच्च मावि प्रांगणमा आयोजित सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाललाई जनसभा कस्तो हुन्छ भनेर हेर्न बुटवल आउन आग्रह गरे। सुरुमै उनले केही दिनअघि देशभरबाट केही मान्छे जम्मा गरेर आफूलाई ललकार्नेहरूलाई बुटवलको जनसभाले जवाफ दिएको बताए। उनले बुटवलको सभालाई आफ्नो पक्षमा उर्लिएको जनमतका रूपमा व्याख्या गरे।
केपी ओलीले सिंगो देशलाई संकटमा पुर्याए : नेपाल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो देशलाई नै संकटमा पुर्याएकाले आन्दोलनमार्फत सही ट्र्याकमा ल्याउने दाबी गरेका छन्। उनले प्रधानमन्त्री ओली निरंकुश ढंगले तानाशाही तरिका अपनाएर श्री ३ महाराज जस्तै शासन सञ्चालन गर्न चाहेको बताए।
प्रतिनिधिसभा पुनर्स्थापित हुँदैन, सूर्य चिह्न हाम्रै हो : नेम्बाङ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले प्रतिनिधिसभा पुनर्स्थापना नहुने बताएका छन्। आफ्नो निर्णयलाई नै सदर गरी सर्वाेच्च अदालतको निर्णय आउनेमा प्रधानमन्त्री केपी शर्मा ओली विश्वस्त रहेको र प्रधानमन्त्रीमाथि आफ्नो विश्वास रहेको भन्दै घुमाउरो शैलीमा नेम्बाङले प्रतिनिधिसभा पुनर्स्थापित नहुने संकेत गरेका हुन्।
ग्रिन सिग्नलमा अल्झन
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नयाँ सरकार गठनका लागि सबै पक्षसँग सहकार्य गर्ने निर्णय बुधबार गरेसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीका लागि ग्रिन सिग्नल पाएको थियो। तर बिहीबार विकसित घटनाक्रमले कांग्रेस दाहाल–नेपाल समूहसँग सशंकित बनेको छ भने अर्कोतिर दाहाल–नेपाल समूह पनि कांग्रेससँग झस्किन पुगेको छ।