संग्रह
राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध सर्वोच्चमा रिट
प्रधानमन्त्री केपी ओलीले विश्वासको मत नलिई र राजीनामा पनि नदिई अर्को सरकारका लागि आह्वान गरिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध शुक्रबार रिट दायर भएको हो।
कि बैकल्पिक सरकार बनाउनुस, कि मेरो नेतृत्वमा आउनुस्ः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको सहमतिमा राष्ट्रिय सरकार गठन गर्न आह्वान गरेका छन्। बिहीबार विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसंगको अन्तरक्रियामा बोल्दै उनले आफूले कुनै षडयन्त्र नगरेको र आफू संविधान बमोजिमनै चलेको बताए।
प्रधानमन्त्रीको टिप्पणीः विश्वास प्राप्त नहोस् भनेर एमालेभित्रकै तत्व लागे
प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेभित्रैबाट सरकारलाई विश्वास प्राप्त नहोस् भनेर अलोकतान्त्रिक ढङ्गले अनुशासनहीनरुपमा केही तत्व लागेको टिप्पणी गरेका छन्।
राष्ट्रपतिमाथिको आक्रोश गणतन्त्रमाथिको आक्रमण होः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार बनाउन संविधानबमोजिम सरकार बनाउन समय दिँदा पनि राष्ट्रपतिमाथिको आक्रोश गणतन्त्रमाथिको आक्रमण भएकाे जिकिर गरेका छन्।
मुलुकलाई मध्यावधिमा धकेल्न खोज्नु निकृष्ट तथा गैर जिम्मेवार कार्यः जनमोर्चा
राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रपतिले विश्वासको मत र नयाँ सरकार गठन सम्बन्धी चालेको कदम असंवैधानिक तथा लोकतान्त्रिक मूल्यमान्यताका विरुद्ध रहेको जनाएको छ।
जसपाको समर्थन प्रधानमन्त्री ओलीलाई
जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय गरेको छ।
राष्ट्रपति तथा प्रधानमन्त्रीको जोडी इतिहासमै कलंकित हुने !
‘आफैँलाई निर्वाचित गर्ने सार्वभौम संसदको अधिकारलाई कुण्ठित गरी संवैधानिक तथा राजनीतिक नैतिकतालाई तिलाञ्जली दिई शक्तिमा टाँसिन र टसाउन जस्तोसुकै हर्कत गर्ने राष्ट्रपति तथा प्रधानमन्त्रीको जोडी इतिहासमै कलंकित हुनेछ।’
निर्वाचनको तयारीमा जुट्न आयोगलाई प्रधानमन्त्रीको निर्देशन
शुक्रबार मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटनको सिफारिश गरेसँगै आगामी कात्तिक २६ र मङ्सिर ३ गते क्रमशः पहिलो र दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन हुने भएकाे हाे।
प्रतिपक्षीले राष्ट्रपतिलाई तपाईंसम्म भनेनन् : प्रम ओली
उनले माओवादी र नेपाली काँग्रेसले देशलाई अराजकता र असभ्यतातर्फ लान खोजिरहेको बताउँदै भने, ‘प्रमुख प्रतिपक्षी दलका नेताको औपचारिक वक्तव्य हेरेँ, राष्ट्रपतिलाई तपाईंसम्म भन्ने शब्द रहेन।’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई तिमी, उनी भनी सम्बोधन गरेकोमा उनले रोष प्रकट गर्दै उनले थपे,‘ आज जनताका छोराछोरी सम्मानित पदमा पुगेका छन्, तिनलाई सम्मानसम्म गर्न सकेको छैन, असभ्य तरिकाले बोल्नु बहादुरी ठान्छन्।’
राष्ट्रिय सामर्थ्यलाई कोभिडविरुद्धको लडाइँमा केन्द्रित गरौः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण राष्ट्रिय सामर्थ्य कोभिडविरुद्धको लडाइँमा केन्द्रित गर्न आग्रह गरेका छन्।