पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि अस्ट्रेलियाले अर्को महिना बंगलादेश भ्रमण गर्ने भएको छ। बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले बिहीबार ट्वान्टी–२० शृंखलाका लागि अस्ट्रेलियाले अर्को महिना बंगलादेश भ्रमण गर्ने जानकारी दिएको हो। हाल वेस्ट इन्डिज भ्रमणमा रहेको अस्ट्रेलिया बंगलादेशसँगको ट्वान्टी–२० शृंखला खेल्न जुलाई २९ मा ढाका पुग्ने तालिका छ । तीन दिनको ढाका बसाइपछि भ्रमणकारी टोली अस्ट्रेलियाले अगस्ट ३, ४, ६, ७ र ९ तारिखमा पाँच ट्वान्टी–२० खेल खेल्नेछ। सेरे बंगला राष्ट्रिय क्रिकेट रंगशाला ढाकामा हुने खेल बन्द रंगशालामा हुनेछ।
बिसिबीका कार्यकारी प्रमुख नाजिम उद्दिन चौधरीले कोरोना महामारीको समयमा शृंखला आयोजना गर्नु निकै चुनौतीपूर्ण रहेको बताएका छन्। ‘तोकिएको स्वास्थ्य मापदण्ड पूरा गर्दै शृंखला आयोजना गर्ने योजनामा छौं। भ्रमणको क्रममा खेलाडी, पदाधिकारी, म्याच अफिसियल्स र अन्य कर्मचारीलाई सुरक्षा प्रदान गर्नेछौैं,’ बिसिबीका प्रमुख कार्यकारीले नाजिम उद्दिनले भने। दक्षिण एसियामा कोरोना महामारी भएको अवस्थामा बंगलादेशमा कोरोना संक्रमण फैलिने डर अलि बढी छ। हालै मात्र सकिएको मुस्लिमहरूको चाड बकरिदपछि बंगलादेश सरकार आउँदो साताबाट कडा लकडाउन गर्ने योजनामा छ।
अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले शुक्रबार रिजर्भ बैंक अफ अस्ट्रेलियाका गभर्नर फिलिप विलियम लोवीसँग भेटवार्ता गरेका छन्।
उनीहरुबीच मैत्रीपूर्ण वातावरणमा नेपाल र अस्ट्रेलियाको बैंकिङ आबद्धताका सम्भावनालगायत आपसी हितका विविध विषयमा छलफल भएको थियो।
राजदूत पोखरेलले अस्ट्रेलियामा बढ्दो नेपाली समुदायको बारेमा गभर्नरलाई जानकारी दिँदै अस्ट्रेलियाबाट नेपाल आउने रेमिट्यान्सलाई सहज बनाउन आग्रह गरे। राजदूत पोखरेलका अनुसार गभर्नर लोवीले यो विषयलाई सकारात्मक रूपमा लिएका छन्।उनले दुवै देशका वाणिज्य बैङ्कहरूबीच बैंकिङ सम्बन्ध स्थापना गर्न सहजीकरण गर्न गभर्नरसँग आग्रह गरे। बैठकमा सहायक गभर्नर (बिजनेस सर्भिसेज) मिशेल म्याकफी, अस्ट्रेलियन रिजर्भ बैंकका बैंकिङ प्रमुख माइकल प्लम्ब र अवैतनिक महावाणिज्यदूत दीपककुमार खड्का पनि उपस्थित थिए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।