ओलम्पिक दिवसमा जुम्ली खेलाडीको चर्चा
०९ असार २०७८
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
ओलम्पिक दिवसमा जुम्ली खेलाडीको चर्चा

हरेक बर्ष जुन २३ का दिन मनाइने अन्तर्राष्ट्रिय ओलम्पिक दिवसमा जुम्ला खेलाडीको चर्चा गरिएको छ। भौगोलिक विकट्ताका बावजुद पनि खेलक्षेत्रमा लागिरहेका यहाँका खेलाडीको चर्चासँगै उच्च प्रशंसा गरिएको थियो।

जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव संगिता आचार्यले जुम्ली खेलाडीले खेल क्षेत्रमा देखाएको साहस भुल्न नसकिने बताइन्।  

उनले भनिन्,‘खेलाडी जीवित रहेमात्र खेलकुद क्षेत्र जीवित रहन सक्छ। खेलाडीलाई हौसला, उत्प्रेरणा र उर्जाको खाँचो रहेको छ।’ जुम्लाको खेल क्षेत्रमा हेर्ने नजर राम्रो नभएको भन्दै उनले खेल क्षेत्रको विकास बिना अरु विकासको कल्पना गर्न नसकिने बताइन्।  

उनले भनिन्,‘हिउँ चितुवा नामले प्रख्याति कमाएका धावक हरीबहादुर रोकाया जुम्लाले पाउनु सौभाग्यको बिषय हो। तर उहाँहरुको सम्मान गर्न नसक्नु लाजमर्दो पक्ष हो।’ उनले खेलकुद विकास समितिले प्रतिभा पहिचानका माध्यमबाट खेल क्षेत्रलाई अघि बढाउने बताइन्।  

धावक हरीबहादुर रोकायाले दुईपटक जुम्लाबाट ओलम्पिकमा भाग लिन सफल भएको अनुभव सुनाउदै राज्यले दुर्गमका खेलाडीलाई अवसर दिन कन्ज्युस्याइँ गरेका बताए। उनले भने,‘खेल क्षेत्रको माध्यमबाट मात्र यहाँको आर्थिक, सामाजिक, साँस्कृतिक पक्षको जगेर्ना हुन्छ। त्यसलै खेल क्षेत्रको प्रवद्र्धन गरौँ। खेलाडीको सम्मान गरौँ। यही खेलाडी प्रतिको सच्चा सम्मान भाव हुनेछ।’  

कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सरोज शाही खेल क्षेत्र विकासको मेरुदण्ड भएको बताउँछन्। उनले भने,‘कर्णालीको खेलक्षेत्र उपेक्षामा छ। तर कर्णालीको खेल क्षेत्रले सिंगो देश चिनाउने सामाथ्र्य राख्छ।’

नीति निर्माण तहमा पुगेकाहरुबाट नै खेल क्षेत्रलाई छाँयामा राख्ने काम भइरहेको प्रति आक्रोश पोखे। निस्वार्थ भाव र राजनीतिक पुर्वाग्रह नभएको खण्डमा कर्णालीको खेलकुद क्षेत्रमा अप्रत्यासित विकास हुने बताए।  

खेलमैदान नहुँदा खेलाडीले खेल अभ्यास गर्न समस्या भइरहेको बेला उनले राजासिम मैदानलाई रंगशालाको रुपमा निर्माण गर्न पहल गरिरहेको बताए।  खेल मैदान नहुँदा जुम्ला खेलाडीले गरेको खेल क्षेत्रको विकास निकै प्रशंंसनीय रहेको उनको भनाइ थियो।  

अखिल नेपाल फुटबल संघका केन्द्रीय सहायक महासचिव एवं जिल्ला फुटबल संघ जुम्लाका अध्यक्ष भरत बुढ्थापाले स्वास्थ्यका लागि खेल अपरिहार्य भएको बताए। खेलकुद विकास समितिले खेलाडीको मनोबल उच्च राख्ने काम गरेको प्रति खुसि व्यक्त गर्दै महासचिव बुढ्थापाले आगामी दिनमा खेल क्षेत्रको विकास र खेलाडीको प्रोत्साहन हुने खाले कार्यक्रम ल्याउन सुझाव दिए।

स्रोत साधनको अभावमा जुम्लामा भइरहेको खेल क्षेत्रको विकास ग्रहण गर्न योग्य रहेको प्रतिक्रिया दिए।  

यहाँका खेलाडीले  विभिन्न पदकहरु जितेको उदाहरण छन्। उनले भने,‘ खेल क्षेत्रको विकास निरन्तरको लगावले मात्र सम्भव छ। खेल क्षेत्रलाई सबैको साँझा बनाउनु जरुरी छ।’

जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष हरि श्रेष्ठ खेलकुदले राज्यको पहिचान दिने बताउँछन्। खेलमा निरन्तर लागे खासै घाटा छैन। उनले भने,‘खेलक्षेत्रको लागि प्रयाप्त स्रोत साधन र खेलाडी प्रोत्साहनका कार्यक्रम ल्याउन सकेको खण्डमा जुम्लाको खेल क्षेत्र अब्बल हुने देखिन्छ।  

खेलकुद विकास समितिका अध्यक्ष धनकृष्ण पाण्डे खेल क्षेत्रमा होमिएका खेलाडीलाई तन, मनका साथ लाग्न सुझाव दिन्छन्।  खेल एउटा अनुशासित बनाउने क्षेत्र हो।

‘स्वास्थ्यका लागि खेलकुद ओलम्पिक लक्ष्य, पुर्व तयारीले जितिन्छ अवश्य’ भन्ने नाराका साथ अन्तराष्ट्रिय ओलम्पिक दिवस मनाइएको हो।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा चन्दननाथ नगरपालिका ५ स्थित राजासिममा ओलम्पिक दिवस मनाइएको थियो। सो अवसरमा जिल्ला खेलकुद विकास समितिले सबै खेलाडीहरुलाई टिसर्ट उपलब्ध गराएको थियो।

लोकप्रिय
अर्को समाचार
धीरेन शाक्यको टोली विजयी
३० जेष्ठ २०७९
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
धीरेन शाक्यको टोली विजयी

ओलम्पिक दिवसका अवसरमा आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कलाकार टोलीबीच मैत्रीपूर्ण फुटबल सम्पन्न भयो।

नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनद्वारा आयोजित फुटबलमा धीरेन शाक्य कप्तान रहेको टोलीले सुनील थापा नेतृत्वको टोलीलाई ५–३ गोलले हरायो। फुटबल आयोजनाका लागि चलचित्र कलाकार संघले समन्वय गरेको थियो।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस