एसीसी यू–१९ एसिया कप एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित भएको छ।
दुबइमा आज सम्पन्न खेलमा अफगानिस्तानले नेपाललाई ७३ रनले पराजित गरेको हो ।यस नेपालले टस जितेर अफगानिस्तानलाई पहिला ब्याटिङ गर्न लगाएपछि अफगानिस्तानले पहिला ब्याटिङ गर्दै ४९ दशमलब ३ ओभरमा २६१ रन बनाउँदा सबै विकेट गुमाएको थियो।
जवाफमा जितका लागि २६२ रन पछ्याएको नेपालले ४० दशमलब १ ओभरमा १८८ रन बनाउँदा सबै विकेट गुमायो र खेल ७३ रनले हार्न पुग्यो।
नेपालका लागि सबैभन्दा वढि सुरुवाती व्याटर अर्जुन कुमालले १०८ बलको सामना गरी १४ चौकासहित ९१ रन बनाए । त्यसैगरी कप्तान देव खनालले २४ , गुल्सन झाले १७ , दिपक बोहराले १५ तथा दिपेश कँडेलले ११ रन बाहेक अरूले दोहोरो अंकमा रन बनाउन सकेनन्।अफगानिस्तानका लागि नसीर खान र फरीदोन दाओजाईले तीन तीन विकेट लिए।
यस अघि अफगानिस्तानले पहिला ब्याटिङ गर्दै ४९ दशमलब ३ ओभरमा २६१ रन बनाउँदा सबै विकेट गुमाएको थियो अफगानिस्तानका लागि सबै भन्दा वढि जमसीद जरदान १०६ रन बनाएर रिटायर्ड आउट भए।त्यसैगरी नुमान शाहले ६० रन तथा रहिमुल्लान रमतीले ३५ रन बनाए।नेपालका लागि हेमन्त धामी,गुल्सन झा र सुभाष भण्डारीले दुई दुई विकेट तथा आकाश चन्द र दिपेश कँडेलले एक एक विकेट लिए।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो भने अफगानिस्तान भारतसँग पराजित भएको थियो।
एसीसी यू–१९ एसिया कप एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत अफगानिस्तानलाई जित्न नेपालले २६२ रन बनाउनु पर्ने भएको छ।
दुबईमा भएको खेलमा नेपालले टस जितेर अफगानिस्तानलाई पहिला ब्याटिङ गर्न लगाएपछि अफगानिस्तानले पहिला ब्याटिङ गर्दै ४९ दशमलब ३ ओभरमा २६१ रन बनाउँदा सबै विकेट गुमायो।
अफगानिस्तानका लागि सबै भन्दा वढि जमसीद जरदान १०६ रन बनाएर रिटायर्ड आउट भए । त्यसैगरी नुमान शाहले ६० रन तथा रहिमुल्लान ुरमतीले ३५ रन बनाए । नेपालका लागि हेमन्त धामी,गुल्सन झा र सुभाष भण्डारीले दुई दुई विकेट तथा आकाश चन्द र दिपेश कर्डेल एक एक विकेट लिए।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो भने अफगानिस्तान भारतसँग पराजित भएको थियो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।