अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्रमा चलखेल गरेको भन्दै कर्मचारी, बिचौलिया गरी १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र एकान्तकुना ललितपुरका तत्कालीन कार्यालय प्रमुखहरू सम्बरबहादुर कार्की र राजुभाई कुस्मा, मेकानिकल इन्जिनियर विजयराज गिरीसमेत १२ जना कर्मचारी र ५ जना बिचौलियासमेत गरी १७ जनाउपर गैरकानुनी रूपमा सरकारी कागजात सच्याएर भ्रष्टाचार गरेको भन्दै मंगलबार आरोप–पत्र दर्ता गरेको हो।
एकान्तकुनामा ‘सिन्धुली फोटोकपी सेन्टर’का सञ्चालक बाबुराम शर्मा समेतले विचौलिया मार्फत चालक अनुमति पत्र सेटिङ गरेको भन्दै भ्रष्टाचार मुद्दा दर्ता भएको हो।
सवारी चालक अनुमतिपत्रको नवीकरण गर्ने सम्बन्धमा गलत नियतले मातहतका कर्मचारीहरूलाई अख्तियारी प्रदान गरेको र मेकानिकल इन्जिनियर विजयराज गिरी, सहायक स्तर कमल स्याङतान, सिनियर मेकानिक्स अच्युतप्रसाद फुयाल, करार सेवामा कार्यरत कम्प्युटर अपरेटरहरू प्रकाश कार्की, रेजु भट्टराई, रोशन राजभण्डारी, श्यामसुन्दर चौधरी, लक्ष्मी श्रेष्ठ, माया सेठी, रिचा श्रेष्ठ समेतले सवारी चालक अनुमतिपत्रको नवीकरण गर्दा पदको दुरूपयोग गरेका थिए।
आफ्नो जिम्मेवारी अन्तर्गतको काममा अख्तियारीको दुरूपयोग गरी आव २०७७/०७८ र २०८९/०७९ साउन र भदौ महिनामा १४ महिनाको अवधिमा विचौलियाहरू हरिभक्त श्रेष्ठ, बाबुराम शर्मा भन्ने उद्धवबहादुर खत्री, दीपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्य समेतको मिलेमतोमा नवीकरण नभएका, स्वतः रद्द भएका सवारी चालकको नाममा जारी भएको सवारी चालक अनुमति पत्र गैरकानुनी रूपमा नवीकरणको बाटोबाट काम गरेको भेटिएको हो।
त्यसैगरी ५ सय ३३ जना नयाँ व्यक्तिको नाममा जारी गरेर सरकारी कागजात सच्याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेकोले अख्तियारको ठहर छ। भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ११ बमोजिम कसुर गरेको भन्दै सजायको मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता भएको हो।
बागलुङ नगरपालिकाका पूर्व जनप्रतिनिधि र कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका पूर्व उपप्रमुखसहित जनप्रतिनिधि र कर्मचारी गरी पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिलेमतामा ढुङ्गा, गिट्टी तथा बालुवाको टेन्डर गर्दा सरकारलाई हानी नोक्सानी पुर्याएको आरोप लगाएको छ।
गण्डकी प्रदेशको कानून् बमोजिम तोकिएको दर भन्दा कम दरमा कर उठाएर सरकारलाई हानी नोक्सानी पुर्याएको ठहर गर्दै पूर्व नगर–उप प्रमुख सुरेन्द्र खड्का, तत्तकालिन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, वडा नम्बर २ का तत्कालिन वडा अध्यक्ष जीवन आचार्य, तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजीवी उपाध्याय र तत्कालिन राजश्व शाखा सदस्य सचिव काशिराम शर्माविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।
गण्डकी प्रदेश सरकारले तोकेको भन्दा कम दरमा राजस्व संकलन गरी गिट्टी बालुवाको ठेक्का लगाई नेपाल सरकारलाई १७ लाख ४० हजार ६६ हानी नोक्सानी पुर्याएको ठहर भएकाले उनीहरु विरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ। उनीहरु पाँचै जनाविरुद्ध बिगोको दोब्बर हुनेगरी प्रतिव्यक्ति ३४ लाख ८० हजार एक सय ३२ रुपैयाँ जरिवाना माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।