स्थलगत छानविन गर्दै अख्तियारको टोली
१६ भदौ २०७८
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
स्थलगत छानविन गर्दै अख्तियारको टोली
गोदावरी नगरपालिकामा योजनाका कागज पत्र हेर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय टोली । तस्बिरः नागरिक

गोदावरी नगरपालिकाद्वारा आयोजनाको छानविन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय  टोली कैलालीको अत्तरिया आइपुगेको छ। गोदावरी नगरपालिकाद्वारा सञ्चालित आयोजनामा अनियमितता भएको उजुरी परेपछि केन्द्रको टोली स्थलगत निरीक्षणका साथै छानविनका लागि आएको हो।  

अख्तियारको केन्द्रीय टोलीले मंगलबार दिउँसो गोदावरी नगरपालिकामा गई आयोजनाका कागज पत्रको अनुसन्धान गरेको छ। ‘गोदावरी नगरपालिकाले निर्माण गरेका सडक, सिँचाइ लगायतका काममा अनियमितता भएको उजुरी आएपछि हाम्रो टोली त्यहाँको स्थलगत अनुगमनमा गएको हो,’ अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले भने,‘टोलीले गोदावरीको निर्माणका कामहरूको स्थलगतरूपमै गई अध्ययन गरेर केन्द्रलाई प्रतिवेदन बुझाउने छ।’

आयोगका डिभिजनल इन्जिनियर राजेशकुमार दास नेतृत्वको टोलीले गोदावरीको विकास निर्माणमा भएको अनियमितता बारे स्थलगत अध्ययन गर्ने उनले बताए। ‘उहाँहरूको  टोलीले स्थलगतरूपमै गएर स्टमेट अनुसार काम र गुणस्तर भए/नभएको हेर्नेछ,’ उनले भने,‘अन्तमा त्यसको रिपोर्ट केन्द्रलाई बुझाउने छ।’ आफू गोदावरी नगरपालिकाले निर्माण गरेका कामहरूको अध्ययनमा आएको बताउँदै डिभिजनल इञ्जिनियर दासले भने,‘यो भन्दा धेरै बोल्न मिल्दैन, त्यसभन्दा बढी चाहिएमा केन्द्रमा रहेका प्रवक्तसँग सोध्नुस्।’  

अख्तियारको कञ्चनपुर कार्यालयका प्रवक्ता हरिशचन्द्र  जोशीले पनि अख्तियारको केन्द्रको टोली अत्तरियाको गोदावरी नरपालिकामा आएको बताए। ‘केन्द्रको टोली आएको छ भन्ने जानकारी मात्रै छ ,’ उनले भने, ‘कुन योजनामा अनियमिता भएको हो र कुन कुन तहमा छापा मार्छ भन्नेबारे जानकारी छैन।’ गोदावरी नगरपालिकाका प्रमुख  प्रशासकीय अधिकृत देवराज जोशीले नगरपालिकामा अख्तियारको टोली आएको बताए। ‘अख्तियारको नियमित कार्यक्रम हुन्छ, त्यही कार्यक्रममा आउनु भएको होला,’ उनले भने।

लोकप्रिय
अर्को समाचार
स्थलगत छानविन गर्दै अख्तियारको केन्द्रीय टोली कैलालीमा
१५ भदौ २०७८
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
स्थलगत छानविन गर्दै अख्तियारको केन्द्रीय टोली कैलालीमा

गोदावरी नगरपालिकाद्वारा सञ्चालित आयोजनाको छानविन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय टोली कैलालीको अत्तरिया आइपुगेको छ। गोदावरी नगरपालिकाद्वारा सञ्चालित आयोजनामा अनियमितता भएको उजुरी परेपछि केन्द्रको टोली स्थलगत निरीक्षणका साथै छानविनका लागि आएको हो।  

अख्तियारको केन्द्रीय टोलीले मंगलबार दिउँसो गोदावरी नगरपालिकामा गई आयोजनाका कागज पत्रको अनुसन्धान गरेको छ। ‘गोदावरी नगरपालिकाले निर्माण गरेका सडक, सिँचाइ लगायतका काममा अनियमितता भएको उजुरी आएपछि हाम्रो टोली त्यहाँको स्थलगत अनुगमनमा गएको हो,’ अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले भने, ‘टोलीले गोदावरीको निर्माणका कामहरूको स्थलगतरुपमै गई अध्ययन गरेर केन्द्रलाई प्रतिवेदन बुझाउने छ।’  

आयोगका डिभिजनल इन्जिनियर राजेशकुमार दास नेतृत्वको टोलीले गोदावरीको विकास निर्माणमा भएको अनियमितताबारे स्थलगत अध्ययन गर्ने उनले बताए। ‘उहाँहरुको टोलीले स्थलगतरुपमै गएर स्टमेट अनुसार काम र गुणस्तर भए÷नभएको हेर्नेछ,’ उनले भने,‘अन्तमा त्यसको रिपोर्ट केन्द्रलाई बुझाउने छ।’ आफू गोदावरी नगरपालिकाले निर्माण गरेका कामहरुको अध्ययनमा आएको बताउँदै डिभिजनल इञ्जिनियर दासले भने, ‘योभन्दा धेरै बोल्न मिल्दैन,  त्यसभन्दा बढी चाहिएमा केन्द्रमा रहेका प्रवक्तसँग सोध्नुस्।’

अख्तियारको कञ्चनपुर कार्यालयका प्रवक्ता हरिशचन्द्र जोशीले पनि अख्तियारको केन्द्रको टोली अत्तरियाको गोदावरी नरपालिकामा आएको बताए। ‘केन्द्रको टोली आएको छ भन्ने जानकारी मात्रै छ,’ उनले भने, ‘कुन योजनामा अनियमिता भएको हो र कुन कुन तहमा छापा मार्छ भन्नेबारे जानकारी छैन।’

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज जोशीले नगरपालिकामा  अख्तियारको टोली आएको बताए। ‘अख्तियारको नियमित कार्यक्रम हुन्छ, त्यही कार्यक्रममा आउनु भएको होला,’ उनले भने।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस