कपिलवस्तुको तौलिहवा–मर्यादपुर सडक खन्ड अन्तर्गत कपिलवस्तु नगरपालिका वडा नम्बर २ स्थित बर्धाहवा चोकमा ब्राउनसुगरसहित एकै परिवारका ३ जना पक्राउ परेका छन्। मर्यादपुरबाट तौलिहवा तर्फ आउँदै गरेको युपी ५५ बी ९४३६ नम्बरको मोटरसाईकलमा श्रीमान, श्रीमती र श्रीमानका भाईलाई २९ ग्राम ७९० मिलि ग्राम ब्राउनसुगर र अन्य लागु औषधसहित पक्राउ गरिएको हो।
प्रहरीले चोकमा सवारी साधन चेकजाँच गर्नेक्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर १ नयाटोलका २७ वर्षीय राकेश गुप्ता, उनकी श्रीमती प्रभावति गुप्ता र भाई बैजुकुमार गुप्ता लागुऔषधसहित पक्राउ परेको प्रहरी नायब उपरीक्षक धर्मराज भन्डारीले बताए। ब्लाउजभित्र प्लाष्टिकको थैलीमा लागुऔषध लुकाएर राखेकी प्रभावतिले श्रीमानलाई सो थैलो दिनेक्रममा प्रहरीले पक्रेको भन्डारीले बताए।
सो थैलीबाट ब्राउनसुगरसहित नाईट्राभेट प्लाबलेट १० वटा बिन स्पास्मो फोर्ट ट्याबलेट १२४ वटा समेत फेला परेको थियो। पक्राउ परेकोहरुमाथि लागुऔषधको मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धानको प्रकृया अघि बढाइएको भन्डारीले बताए।
कपिलवस्तुको तौलिहवा– बहादुरगंज सडक अन्र्गत महाराजगंज नगरपालिका– ६ कन्चनीय पुल नजिकैबाट ४५ ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्।
शिबराज नगरपालिका ४ चनईका २६ वर्षिय दुर्गा जैसवालको साथबाट सो लागु औषध बरामद गरिएको हो। कन्चनिया पुल नजिक लु ३७ प ५०७४ नम्बरको मोटरसाईकल लाई ईलाका प्रहरी कार्यलय कृष्णनगरबाट खटिएको प्रहरी गस्ति टोलीले रोकी चेकजाँच गर्ने क्रममा सो लागु औषध बरामद भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज ढ्रुंगेलले बताए।
खान तलासी लिदा १० वटा प्लाष्टिकको पोका बनाई त्यसमा ब्राउन सुगर राखिएको अवस्थामा फेला परेको थियो। जैसवालको साथबाट एक थान मोबाईल, नेपाली र एयर टेलको सिम समेत बरामद भएको थियो। पक्राउ परेको युवालाई लागु औषध मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक मिन बहादुर घलले बताए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।