आफू अनुकुल प्रशासकीय अधिकृत सरुवा नगरेको झोकमा नगरप्रमुखले गरे काम ठप्प
०५ फागुन २०७७
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
आफू अनुकुल प्रशासकीय अधिकृत सरुवा नगरेको झोकमा नगरप्रमुखले गरे काम ठप्प

राजापुर नगरपालिकाका नगर प्रमुख निर्देशनमा नगरपालिका कार्यालयको कामकाज तीन दिनदेखि ठप्प भएको छ। आफू अनुकुल प्रमुख प्रशासकीय अधिकृत सरुवा नगरेको झोकमा काठमाडौ बसेर कार्यालयमा काम नगर्न कर्मचारीलाई निर्देशन दिएको खुलेको छ।

नगर प्रमुखको निर्देशन पालना गर्दे नगर पालिकाका शाखा प्रमुख राजापुर नगरपालिका उपस्थित भएका छैनन्। प्रशासन प्रमुख खड्गवहादुर वली र लेखा प्रमुख वसन्त मल्ललाई साथ लिएर नगर प्रमुख थारुले अन्य कर्मचारीलाई कार्यालयमा हाजिर गर्न दिएको कर्मचारीले बताए।

राजापुर नगरपालिकामा कार्यालय कामकाज तीन दिनदेखि काम ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन्। हाजिर रष्जिष्टर लिएर लेखा प्रमुख र प्रशासन प्रमुख अनुगमनको बहानामा नेपालगंजमा घुमफिर गरिरहेको स्रोतको दावी छ। नगरपालिका भित्रका आधा दर्जन शाखा प्रमुख अधिकांश कार्यालय नआएको तीन दिन भएको एक कर्मचारीले बताए।

नेकपाका प्रचण्ड-माधव नेपाल समूहको आन्दोलनलाई समर्थन गर्न काठमाडौ गएका राजापुर नगरपालिका नगर प्रमुख शिवप्रसाद थारुले कार्यालय नआएर कर्मचारीलाई काम नर्गन दवाव दिएका हुन्।

प्रचण्ड-माधव नेपाल समूहको आन्दोलनलाई सशक्त बनाउन कार्यालयको स्रोत साधन दुरुपयोग आलोचना खेपिरहेका नगर प्रमुख थारु र उपप्रमुख मनकला चौधरीको विरोधमा प्रतिपक्ष जनप्रतिनिधि अर्को आान्दोलनको तयारी गरेको छ।

यतिवेला आफू अनुकुल प्रमुख प्रशासकीय अधिकृत नहुँदा यसअघि भएका गलत काम सार्वजनिक हुनेकि भन्ने मनोत्रासमाा नगर प्रमुख थारु रहेको एक वडा अध्यक्षले बताए। नेकपाभित्र भएको फुटपछि नगर प्रमुख थारु र उपप्रमुख चौधरी प्रचण्ड-माधव नेपाल समूहको आन्दोलनलाई सशत्त बनाउन नगरपालिकाको स्रोत साधन दुरुपयोग गरेको आरोप छ।

जिल्लाभित्र हुने आन्दोलनका लागि नगरपालिका स्रोत साधन प्रयोग गरेर नगर पालिका आर्थिक भार व्योहोर्न परेको भन्दै कांग्रेसका समर्थक पनि नगर प्रमुख र उपप्रमुखदेखि रुष्ट छन्।

नगर प्रमुख र उप प्रमुखको धम्की र मानसिक यातनापछि कर्मचारी आंतकित भएको उनीहरुको भनाइ छ। दुई वर्षअघिदेखि कार्यरत प्रमुख प्रशासकीय अधिकृत खुलेर माओवादी समर्थक अभिव्यक्ति दिँदा समेत विरोध नजनाएको राजापुर नगरपालिक वडा नम्बर ४ का अध्यक्ष रमन रेग्मीले बताए। ‘२० जना कार्य समितिमा कांग्रेसका १५ जना छन्’ वडा अध्यक्ष रेग्मीले भने,‘तत्कालिन हाकिम वसन्तराज अधिकारी माओवादी हुँ भन्दा हामी चुप लाग्यौ, विरोध गर्दा सेवाग्राही मर्कामा पर्छन् भनेर विरोध भएन, मन्त्रालयले सिनियर शाखा अधिकृत पठाउँदा कर्मचारी कार्यालय नआउन धम्की दिने नगर प्रमुखको कस्तो रवैया हो।’  

स्रोतका अनुसार प्रचण्ड(माधव नेपाल पक्षधर नगर प्रमुख थारुले आन्दोलनको नाममा लाखौं रुपैयाँ खर्च गरेको र विल भर्पाइ मिलाउन असहज हुने भएपछि नगर प्रमुख थारु र उपप्रमुख चौधरी मिलिमत्तोमा कार्यालयको कामकाज ठप्प पार्न उर्दी गरेको स्रोतको दाबी छ। खर्च सार्वजनिक हुने होकि भन्ने मनोत्रास रहेकाले नगर प्रमुख र उपप्रमुख नयाँ प्रमुख प्रशासकीय अधिकृतविरुद्ध खनिएका वडाध्यक्षको आरोप छ।

कर्मचारीका अनुसार पहिलेका प्रमुख प्रशासकीय अधिकृत चिरिन्जिवि गिरी र लालवहादुर योगीलाई समेत नगर प्रमुख थारुले पटक पटक मानसिक दबाब दिँदै आएका कारण सरुवा मागेर गएको आरोप नगर प्रमुख थारु लागेको अर्को आरोप हो। राजापुर नगरपालिकामा १० वटा वडा छन्। त्यसमध्ये ७ वटा कांग्रेसका प्रतिनिधिले वडा जितेका छन्। कार्यपालिकामा २० जनामा १५ जना कार्यपालिका सदस्य कांग्रेसका जनप्रतिनिधि छन्। बहुमत कार्यपालिका नयाँ प्रमुख प्रशासकीय अधिकृत पक्षमा देखिएका छन् भने नगर प्रमुख र उप प्रमुख नयाँ प्रमुख प्रशासकीय अधिकृतको विरोधमा छन्।

आफू लाई मन्त्रालयले सरुवा गरेपछि कार्यालयमा हाजिर हुन आएको प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले बताए। ‘नगर प्रमुख फोन गरेको दिएको मानसिक यातना सहेर बस्नु परेको छ,’ उनले भने, अहिले मेरो भन्नु केही छैन,मन्त्रालयले सरुवा गरेको ठाउँमा नगएर कहाँ जाउँ त ?’ नगर प्रमुख निर्देशन अनुरुप काम गर्ने वाचा गर्दा गर्दे मलाई नस्वीकार्नु विडम्बना भएको उनको भनाइ छ। ८ वटा पालिका प्रमुख भएर अधिकृत न्यौपानेले काम गरिसकेका छन्। जहाँ गएपनि न्यौपाने भष्टाचारविरुद्धमा काम गर्दा सेवाग्राही माँझ लोकप्रिय र परिचित अधिकृत हुन्। मन्त्रालयले आफूलाई नसोधेर प्रमुख प्रशासकीय अधिकृत खटाएकाले रुष्ट भएको नगर प्रमुख थारुले बताए। ‘अपारदर्शी नगर प्रमुख भनेर लगाएको आरोप कपोकल्पित हो’ उनले भने,‘स्थानीय सरकारलाई वा नगर प्रमुखलाई सोधेर कायालय प्रमुख नखटाएकाले मेरो विरोध हो।’

लोकप्रिय
अर्को समाचार
राजापुर बर्दिया: साेनाहा र थारूका होमस्टे फर्किदै छन् लयमा
२३ पौष २०८०
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
राजापुर बर्दिया: साेनाहा र थारूका होमस्टे फर्किदै छन् लयमा
होमस्टे अवलोकन गर्दै राजापुरका नगर प्रमुख दिपेश थारू, महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवाली, उपाध्यक्ष वसन्ती प्रधान र प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीलगायत। तस्बिर : नागरिक

राजापुर नगरपालिका- १ स्थित मुर्गहवा गाउँमा थारू समुदायको गज्जबको होमस्टे छ। कोरोनाअघि चहलपहल हुने मुर्गहवाको होमस्टे लयमा फर्कन खोजिरहेको छ।

हिउँद होस् वा बर्खामास नयाँ-नयाँ मानिसको आवागमनले मुर्गहवामा आठवटा होमस्टेमा चहलपहल बढ्दै छ। नयाँ मानिसको आवागमन र चहलपहल बढ्दा होमस्टे सञ्चालक खुसी छन्। एक दशकअघि सुनसान रहेन गाउँमा एकाएक भएको परिवर्तनले सबै मक्ख छन्।  

यूएसआईडीको साझेदारी संस्था तयारी नेपालले सहयोग गरिरहेको होमस्टेमा आइतबार दिउँसो राजापुरका नगर प्रमुख दिपेश थारू, महिला उद्यम महासंघकी अध्यक्ष शोभा ज्ञवाली, उपाध्यक्ष वसन्ती प्रधान र प्रमुख प्रशासकीय अधिकृत महेन्दजंग शाही होमस्टे अवलोकन गर्न पुगेका थिए।

 होमस्टे सञ्चालक फूर्तिला र व्यस्त देखिँदा राजापुरका नगर प्रमुख थारूले प्रशंसा गरे। तालिमका निम्ति लिने परम्परा रहेको उल्लेख गर्दै आर्थिक रूपले सबल हुन होमस्टे सञ्चालन गरिएकोे विषयलाई नगर प्रमुख थारूले खुलेर प्रशंसा गरे। 

‘महिलालाई सक्षम बनाउन महिला उद्यमी महासंघको साझेदारीमा नगरपालिकाले काम गर्छ’, उनले भने, ‘कर्णाली नदीको तटीय क्षेत्र र पश्चिमको पर्यटकीय गन्तव्यसँग जोडिएको यो गाउँमा थारू र सोनाहाले गरेको होमस्टे कार्य सह्रानीय छ।’

सरसर्ति हेर्दा राजापुरको मुर्गहवा गाउँ प्रसिद्धि दिनदिनै चुलिँदै गएको छ। पश्चिम तराईमा होमस्टे डल्ला भन्ने शब्द सायद कसैलाई नौलो लाग्दैन, तर यस्तैगरी राजापुरको मुर्गहवामा सञ्चालित होमस्टेले गति लिने महासंघकी अध्यक्ष ज्ञवालीले विश्वास व्यक्त गरिन्। ‘महिला उद्यममा लागेर आर्थिक पक्ष सबल बनाउनुपर्छ’, ज्ञवालीले भनिन्, ‘महिलालाई उद्यमतर्फ आकर्षण गरेर स्थानीय सरकारसँग जोड्ने संघको उद्देश्य हो।’

देशका विभिन्न कुनाबाट मानिस आएर पाहुनाका रूपमा बस्ने थलोका रूपमा होमस्टेले पहिचान बनाएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको ठीक पश्चिममा रहेको मुर्गहवाको थारू गाउँमा आठवटा घर होमस्टे सञ्चालन गर्नलायकका छन्। आठवटा होमस्टेको घरमा नम्बरिङ गरिएको छ।

गाउँमा बनेका घर थारू परम्परागत शैलीमा बनेका छन्। कैलाली जिल्लाको टिकापुर पार्क वारिपट्टि होमस्टे सञ्चालन गरिएको घर उस्तैउस्तै देखिन्छन्। थारू गाउँमा बनेका घर लोभलाग्दा बनाउने प्रयास स्थानीयको छ।

थारू गाउँमा रहेका ती घर आफ्नो परिवार मात्र बस्दैनन्, चिटिक्क परेका घरमा पाहुनाका लागि होमस्टे सञ्चालन गरिएको छ। मुर्गहवा गाउँमा रहेको होमस्टेलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय परिचित थारू गाउँ बनाउन सञ्चालकले मेहनत गरिरहेका छन्।

विदेशी र स्वदेशी पाहुना होमस्टेमा आएर बस्ने सञ्चालक इन्द्रादेवी चौधरीले बताइन्। उनका अनुसार पाहुनाको आगमनले समुदायको जीवनस्तर उकासिएको छ।‘

एक छाक खान र छोराछोरी पढाउन नसक्ने गाउँमा कोही छैनन्’, उनले भनिन्, ‘सबै आआफ्नो जीवन निर्वाह गर्न सक्षम भइसकेका छन्।’ थप पूर्वाधार निर्माणमा राज्यले सहयोग गर्नुपर्ने उनले बताइन्। होमस्टे सञ्चालनसँगै समुदायमा बढेको आयआर्जनले जीवनस्तर उकास्न सहज माध्यम बनेको उनले सुनाइन्।

वन, वातावरण र वन्यजन्तु संरक्षणसँगै कला र संस्कृतिको जगेर्ना गर्दै जीविकोपार्जन कार्यमा मुर्गहवाका सोनाहा र थारू समुदाय सक्रिय छन्। नजिकको कर्णालीमा डल्फिन मुभमेन्ट देखेर पाहुनाले आनन्द लिने गरेको सञ्चालकको भनाइ छ। होमस्टे सञ्चालन गरेर आयआर्जनमूलक कार्यक्रम सुरु गरेका स्थानीय आर्थिक रूपमा सम्पन्न हुन थालेका छन्।

आफ्नै घरमा सञ्चालन भएका होमस्टेका कारण न्यूनतम शुल्कमा पाहुनालाई बसाल्ने गरिएको इन्द्रादेवीले दाबी गरिन्। होमस्टेले थारू परिकारलाई प्राथामिकता दिएर पाहुनालाई खुवाउने गर्छ। अनदीको चामलबाट बनेका परिकार, लोकल कुखुरा र पिरो चटनीले स्वागत गरेर पाहुनालाई खुवाउने गरेको उनले बताइन्।

राजापुरको अर्को आकर्षण थारू संग्रहालय

अन्न भण्डारका रूपमा प्रसिद्धि कमाएको राजापुर नगरपालिकाले करोडौं लागतमा थारू संग्रहालय बनाउन डिपिआर तयार गरिसकेको छ। राजापुर २ ग्वारीमा बन्न थालेको थारू संग्रहालयमा जग्गाको छनोट गरी पर्खाल निर्माण कार्य भइरहेको छ। नगर प्रमुख दिपेश थारूको पहलमा बन्न थालेको थारू संग्रहालयमा थारू समुदायको अपनत्व जोडिएको छ।

थारू संग्रहालय बन्ने भएपछि स्थानीय खुसी छन्। भवराटप्पामा ८२ प्रतिशत थारू जातिको बसोवास रहेको नगर प्रमुख थारूले बताए। ‘बहुसंख्यक थारू जातिको बसोवास रहेको राजापुर थारू संग्रहालय जरुरी थियो’, उनले भने, ‘बजेट अभावमा निर्माणमा ढिलाइ भए पनि थारू संग्रहालयले पूर्णता पाउँछ।’

थारू संग्रहालय बन्ने भएपछि राजापुर नगरपालिकामा विकास भएको अनुभूति भएको स्थानीयले बताए। थारू संग्रहालय बन्ने भएपछि स्थानीयले होमस्टे बनाउने तयारी गरिरहेका छन्।

पाहुना भित्रिने देखेका स्थानीय होमस्टे सञ्चालन गर्न उत्साहित देखिएका हुन्। ग्वारी गाउँमा पाँचवटा होमस्टे सञ्चालन गर्न तालिम लिएका महिला उद्यमीले निर्माण कार्य सुरु गरिसकेका छन्।  

पाहुनाको स्वागत र बिदाइ

होमस्टेमा आउने पाहुनालाई होमस्टे सञ्चालकले स्वागतदेखि बिदाइ कार्यक्रम गर्छन्। होमस्टेमा आउने पाहुनालाई थारू युवती र पुरुषले फूलका गुच्छा र रातो अबिर लगाएर स्वागत गर्छन्। स्वागत कार्यक्रमपछि होमस्टे आकर्षणका बारेमा पाहुनालाई जानकारी दिइन्छ।

थारू समुदाय र संस्कृति झल्किने कार्यक्रम प्रस्तुत गरिन्छ। जसले गर्दा होमस्टे सञ्चालनदेखि हालसम्मका बारेमा समुदायले पाएको अवसर र चुनौतीका बारेमा पाहुनालाई अवगत हुन्छ। बिदाइ कार्यक्रममा पाहुनालाई थारू रीतिरिवाजअनुसार फूलका गुच्छा दिएर बिदाइ गरिन्छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस