अपांगतालाई परिवारको सहयोग
०३ फागुन २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
अपांगतालाई परिवारको सहयोग
जन्मजात अपांगता भएकी गजुरी गाउँपालिका–५ राईगाउँकी सन्तोषी राईलाई स्याहार गर्दै परिवारका सदस्य । तस्बिर: नागरिक

गजुरी गाउँपालिका–६ राम्चेका शर्मिला नेपाली १४ वर्षकी भइन्। उनको जन्मजात कम्मरदेखि तलको भाग चल्दैन। आमा शन्तमायाले उनको हेरचाहा र रेखदेख गर्दै आएकी छिन्। परिवारको साथले शर्मिलाको पढ्ने इच्छा पनि पूरा भएको छ।

शर्मिला भानुभक्त माविमा कक्षा ६ मा पढ्दै आएकी छिन्। ‘जन्मजात अपांगता भए पनि छोरीको पढने इच्छालाई पूरा गरिदिएका छौँ,’ शन्तमायाले भनिन्, ‘अपांगता भएकी छोरीलाई हरेक दिन घरदेखि ४५ मिनेटको दूरीमा रहेको विद्यालयसम्म आफैंले बोकेरै पुर्‍याउने र ल्याउने गरिरहेकी छु।’

जन्मजात अपांगता भएपछि आफन्त, छिमेकीको कटु बोली, नकारात्मक व्यवहार उनको परिवारले वर्षौंदेखि भोग्दै आइरहेका छन्। तर, त्यसको कुनै प्रवाह नगरि शन्तमाया छोरीको हेरचाह, रेखदेख र पढाइमा ध्यान दिँदै आएकी छिन्। ‘अपांगता भएकाहरूलाई समाजले हेर्ने दृष्टिकोण फरक छ, त्यो भोग्दै पनि आइरहेका छौँ,’ उनले भनिन्, ‘जीवन सबैका लागि सोचेजस्तो नहुन सक्छ तर त्यहीँ जीवनभित्रको सौन्दर्यलाई केलाउन सके सुगन्धित हुन्छ।’  

प्रत्येक पल अर्काको सहारामा दिन गुजार्ने शर्मिला पढेर अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने दृढ इच्छा रहेको छ। आफ्नो पढाइका लागि आमा र परिवारले खर्चेको समय, बगाएको पसिना र मेहनतलाई खेर नफाल्ने उनले बताइन्। अपांगताको प्रकृतिका आधारमा उनले रातो रङको अपागंता परिचयपत्र पाएकी छिन्। त्यसले पढाइ र घरव्यवहार चलाउन केही सहयोग पुगेको छ। दोस्रो विवाह गरेर टाढिएपछि सानैदेखि बुबाको मायाबाट बञ्चित भएकी शर्मिला आमा र परिवारको साथ पाएर खुसी छिन्।

समाजमा अधिकांश अभिभावक आफ्ना अपांग सन्तान अरूलाई जिम्मा लगाउन चाहन्छन्। उनीहरूको अपांगताप्रतिको बुझाइ नै फरक रहेको छ। अपांग भएका बालबालिकाको भविष्य नै देख्दैनन् अभिभावकले। आफ्ना अरू स्वस्थ सन्तानसँग तुलना गर्छन्, र अपांगता भएका आफ्नै सन्तान अरूको सहारामा छाडिदिन्छन्।

यस्तो सोच बनाउने संयन्त्र गरिबी, अशिक्षा र संस्कृति नै भएको विज्ञहरूको भनाइ छ। यसले गदाए अपांगता भएका व्यक्तिहरू सम्मानजनक रूपमा बाँच्ने अधिकारको समेत हनन् भइरहेको छ। गजुरी गाउँपालिका–७ पेटारेका ११ वर्षीय प्रमिला तामाङ पनि जन्मजात अपांगता छिन्।

उनको कम्मरभन्दा तलको भाग चल्दैन र बोल्न समेत सक्दिनन्। उनका आमा ५० वर्षीया हिरामाया तामाङले उनको रेखदेख गर्दै आएकी छिन्। ‘सातवटा छोराछोरीमध्ये कान्छी छोरी जन्मजात अपांगता भएकी छिन्,’ हिरामायाले भनिन्, ‘अपांगता भएकी छोरीको रेखदेख, हेरचाहको सबै काम आफैंले गर्छु, परिवारका अन्य सदस्यले पनि सहयोग गर्छन्।’

३ वर्षअघि रोगका कारण पतीको निधन भएपछि पाँच छोरी र दुई छोराको रेखदेखको जिम्मा हिरामायाको काँधमा थपियो। खेतबारीमा उब्जाएको अन्नबालीले जसोतसो परिवार धानिरहेको उनको भनाइ छ। अपांगता भएकै कारण प्रमिलाले पढ्न पाएकी छैनन्।  

टाढाको विद्यालय पढ्नको लागि बोकेर आवात जावत गर्नुपर्ने र दिशापिसाब गर्न समेत अरूको सहारा लिनुपर्ने भएका कारण पढाइ सम्भव नभएको हिरामायाको भनाइ छ। छोरी अपांगता भएपछि उपचारका लागि कयौं अस्पताल पुग्दा पनि आर्थिक अवस्था कमजोर भएकै कारण भने जस्तो उपचार गर्न नसकिएको उनले बताइन्।  

अपांगता भएका व्यक्तिलाई उपचार मात्रै नभई माया र हौसला प्रदान गर्न सके खुसी मिल्ने हिरामायाको अनुभव छ। आर्थिक उपार्जनको उपाय नभएको र कमाउने व्यक्ति नै छोरीको हेरचाहमा लाग्नुपर्ने भएका कारण परिवार धान्न मुस्किल छ।

जन्मजात अपांगता भएपछि गजुरी गाउँपालिकाले गाउँमै शिविर सञ्चालन गरेर प्रमिलालाई रातो कार्ड प्रदान गरेको छ। भत्ता स्वरूप महिनाको ३ हजार रूपैयाँ पाउँदै आएकी छिन्। त्यसैबाट घर खर्च सञ्चालन गर्न केही सहज भएको हिरामायाको भनाइ छ।  

शर्मीला र प्रमिला जस्तै अपांगता भएका व्यक्तिहरूलाई परिवारको साथ र सहयोगले हौसला मिलेको छ। लडेर घाइते भई अपांगता भएका गजुरी गाउँपालिका–६ राम्चेका ३५ वर्षीया सरिता रेग्मी पनि परिवारको साथमा रमाइरहेकी छिन्।

अपांगता भएका व्यक्तिहरूलाई पूर्णिमा–बिहानी परियोजनाले सहायता सामग्री, सहजीकरणलगायत विभिन्न सहयोगहरू गरिरहेको छ। जन्मजात अपांगता बनेकी गजुरी गाउँपालिका–५की २० वर्षीया सन्तोषी राईलाई पनि परिवारले साथ र सहयोग गरिरहेको छ।

अर्को समाचार
अपांगतालाई गम्भीर जनस्वास्थ्य समस्यामा राख्न सुझाव
१८ मंसिर २०७८
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
अपांगतालाई गम्भीर जनस्वास्थ्य समस्यामा राख्न सुझाव
फाइल तस्बिर

अपांगतालाई गम्भीर जनस्वास्थ्य समस्याका रूपमा लिएर विशेष प्राथमिकता दिन सुझाइएको छ। शुक्रबार अपांगता भएकाहरूको ३०औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा सरोकारवाला विज्ञहरूले अपांगता भएका व्यक्तिलाई गम्भीर जनस्वास्थ्य समस्याका रूपमा लिएर उनीहरूको स्वास्थ्यलाई स्वास्थ्य मन्त्रालयले प्राथमिकता दिनुपर्ने सुझाव दिएका हुन्।

नेपालमा अपांगता भएकाहरूको अधिकार कागजमै सीमित भएको उनीहरूले औंल्याएका छन्। ‘हाम्रो प्राथमिकतको आधार अपांगता भएका व्यक्तिहरूको अधिकार’ यो वर्षको दिवसको नारा रहेको छ।

‘अपांगताको समस्या हुनुलाई गम्भीर जनस्वास्थ्य समस्याका रूपमा हेर्न नेपाल चुकेको छ,’ स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्र बनेपाका मेडिकल निर्देशक डा.राजु ढकालले भने।

सोही क्रममा कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कुष्ठरोग तथा अपांगता व्यवस्थापन शाखाका प्रमुख डा. रवीन्द्र बास्कोटाले अपांगता अति गम्भीर जनस्वास्थ्य समस्या भएकाले यसलाई प्राथमिकतामा राखिनुपर्नेमा जोड दिए।‘अपांगता हुनु भनेको आपतकालीन समस्या हो, यसलाई गम्भीर जनस्वास्थ्य समस्याका रूपमा हेरिनुपर्छ,’ उनले भने।

लामो समयदेखि अपांगता भएकाको अधिकारको कुरा चर्चा भए पनि, अपांगता अधिकारबारे जनचेतना बढे पनि सही रूपमा सम्बोधन हुन नसकेको, अपांगताको मुद्दा छायामा परेको निर्देशक डा. ढकालले बताए।

सन् २००७ मै नेपालले संयुक्त राष्ट्रसंघ अपांगता अधिकार सन्धिमा नेपालले अनुमोदन गरेको थियो। अनुमोदन गरेको १४ वर्ष बितिसक्दा पनि कार्यान्वयमा खासै परिवर्तन आउन नसकेको ढकालको विश्लेषण छ ।

उनका अनुसार संयुक्त राष्ट्रसंघको सन्धिमा अनुमोदन गरेपछि सरकारले अपांगता अधिकारका लागि विभिन्न नीति बनाए पनि कार्यान्वयन गर्ने निकाय तोक्न नसक्दा अधिकारहरू व्यवस्थापन हुन नसकेको देखिन्छ। नेपालमा अपांगता व्यवस्थापनकै लागि भनेर १५औं पञ्चवर्षीय योजना,जनस्वास्थ्य ऐन २०१९, राष्ट्रिय स्वास्थ्य नीति २०७५, अपांगता अधिकार ऐन २०७४ बने पनि कार्यान्वयनमा समस्या परेको उनको भनाइ छ।

अबका दिनमा यसको सीधा जवाफदेही निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हुनुपर्ने ढकालको सुझाव छ। नेपालमा बर्सेनि हुने सडक दुर्घटना,नसर्ने रोगहरू मस्तिष्कघात, बुढेसकालको अपांगता, पक्षाघात तथा अन्य रोगहरूका कारण अपांगता हुनेको संख्या बढिरहेकाले अपांगता व्यवस्थापनको पहिलो जिम्मेवारी स्वास्थ्य मन्त्रालयअन्तर्गत हुनुपर्ने र अन्य भौतिक पूर्वाधार तथा सामाजिक सेवाका लागि अन्य मन्त्रालयहरूबाट सम्बोधन हुनेगरी कार्यक्रम कार्यान्वयन हुनुपर्ने उनको सुझाव छ।

नेपालमा सन् २०११ को जनगणनाअनुसार कुल जनसंख्याको १.९४ प्रतिशतमा अपांगताको समस्या देखिएको छ। तीमध्ये ३६ प्रतिशत शारीरीक अपांगता भएका व्यक्ति छन्। सन् २०१५ को ‘लिभिङ कन्डिसन एमोङ पिपुल विथ डिस्एबिलटिज इन नेपाल’ को अध्ययनले नेपालमा अपांगता भएकामध्ये ८० प्रतिशतको पुनःस्थापना सेवामा पहुँच नभएको, ६४.५ प्रतिशतको स्वास्थ्य सूचनामा पहुँच नभएको, २९.२ मा अन्य सेवामा पहुँच नभएको तथ्यांकमा उल्लेख छ।

सन् २०१७ को नेपाल बर्डेन अफ डिजेज स्टडीका अनुसार नसर्ने रोगको व्यापकता बढ्दै गएको र औसत आयु १२.६ प्रतिशतले बढेकाले अल्पकालीन दीर्घकालीन अपांगतामा वृद्धि भएको र यस्ता व्यक्तिलाई जीवनभर पुनःस्थापना केन्द्रको आवश्यकता पर्ने जनाएको छ।

सन् २०२० भएको मल्टिपल इन्डिकेटर क्लस्टर सर्भेका अनुसार १७ वर्षमुनिका ११ प्रतिशत बालबालिकामा अपांगताको समस्या पाइएको छ। 

अपांगता हुनेको यकिन जनगणना आउन नसक्नुले तथ्यांक कमी भएको विज्ञहरू बताउँछन्। नयाँ जनगणनमा भने नेपालमा अपांगता भएकाको यकिन तथ्यांक आउने उनीहरूको अपेक्षा छ। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा कुल जनसंख्याको १५ प्रतिशत जनसंख्यामा अपांगता समस्या छ।

अपांगता समस्यालाई जनस्वास्थ्य समस्याका रूपमा प्राथमिकता दिन अपांगतासम्बन्धी सूचना सहायता केन्द्र, सम्मान र विभेदरहित सेवा, समावेशी सूचना तथा सञ्चारको व्यवस्था, संरचनागत व्यवस्था, अपांगता भएकाहरूका लागि प्राथमिक स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य सेवा,फलोअप उपचार सेवा, विशिष्ट सेवा,यौन तथा प्रजनन अधिकारको सेवा र पुनःस्थापना केन्द्र समेतको व्यवस्था हुनुपर्ने विज्ञहरूले सुझाएका छन्।

अपांगता भएकाहरूको स्वास्थ्य सेवामा पहुँचका लागि सहर तथा ग्रामीण भेगमा स्वास्थ्य सेवा केन्द्रको व्यवस्था, प्रदेश तथा अञ्चलस्तरीय अस्पतालमा स्वास्थ्य सेवा,स्वास्थ्य केन्द्र र अस्पताल वीचको समन्वय, पुनःस्थापना केन्द्रहरूसँग सहकार्यलगायत व्यवस्थापन हुनुपर्ने डा.बास्कोटाको सुझाव छ।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस