बन्दकर्ताको शैलीः कतै अनुरोध, कतै आक्रोश
२३ माघ २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
बन्दकर्ताको शैलीः कतै अनुरोध, कतै आक्रोश
बिहीबारको बन्दमा पोखरामा स्कुटर चलाएकी महिलालाई हात जोडेर सवारी नचलाउन अनुरोध गर्दै बन्द समर्थक । तस्बिर : उमेश पुन/नागरिक

नेकपाको दाहाल–नेपाल समूहले बिहीबार देशव्यापी आमहड्ताल गर्दा धेरैतिर तोडफोड, कुटपिट, अवरोध, आगजनीका घटना घटे । तर, पर्यटकीय सहर पोखरामा भने बन्दकर्ताको शैली अन्यत्रको भन्दा केही फरक देखिन्थ्यो । बन्द भन्दाभन्दै पनि सवारी चलाएका चालकलाई बन्दकर्ताले सम्मानपूर्वक सवारी नचलाउन अनुरोध गरिरहेका थिए । सीमित समर्थकले मात्र सवारीचालकमाथि बढी आक्रोश पोखेको देखिन्थ्यो ।

बन्द, हडताल भन्नासाथ आम नागरिक सकेसम्म सवारी चलाउन चाहँदैनन् । केहीले बाध्यताका लागि मात्र सवारी चलाएका हुन्छन् । बाध्यतावस सवारी चलाउनेको पीडा सबै बन्दकर्ताले बुझ्दैनन् । बन्दकर्तामध्ये पनि केही सीमित समर्थक हुन्छन्, जसले नागरिकको बाध्यतालाई पनि बुझिदिन्छन् र उनीहरूको सवारीलाई सहजै पार गराइदिन्छन् । त्यस्तै दृष्य देखिन्थ्यो, बिहीबार पोखरामा ।

मोटरसाइकल चलाउनेलाई कतिपय बन्दकर्ताले सभ्य तरिकाले अनुरोध गर्दै सवारी थन्क्याउन अनुरोध गरेका थिए । बन्द आयोजक दाहाल–नेपाल समूहका नेता तथा गण्डकीका प्रदेश कमिटी सदस्य विश्वप्रकाश लामिछाने भन्छन्, ‘हामीले शान्तिपूर्वक बन्द आह्वान गरेका हौ । त्यही भएर कतै पनि केही भएन ।’ संवैधानिक कु हुँदा आन्दोलनमा उत्रन बाध्य भए पनि जनताको बाध्यतालाई आफूहरूले बुझेको उनले बताए । ‘सधैं तोडफोड हुनुपर्छ भन्ने छैन । हो बन्दका कारण अप्ठेरो भएको होला, तर, आन्दोलन संयमतापूवक गरेका हौ,’ लामिछानेले भने, ‘हामीले अत्यावश्यक काममा हिडेकालाई कतै अप्ठेरो पारेनौ ।’

अस्पताल हिँडेका बिरामी, दूध, पानी बोकेका गाडी, परीक्षाका विद्यार्थी, पर्यटकका गाडी छाडेको उनले बताए । दिउँसै हिडेका रात्रिबसलाई पनि छाडेको लामिछानेले बताए । ‘कसैमाथि पनि पनि बल प्रयोग गरिएको छैन, हात जोडेर अनुरोध गरिएको हो । पहिलाको भन्दा केही फरक शैली अपनाएका हौ,’ लामिछानेले भने, ‘सधैं अप्ठेरो मात्र पार्नु हुँदैन, सभ्य भएर पनि आन्दोलन गर्न सकिन्छ ।’

मानवअधिकारको क्षेत्रमा कार्यरत संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का गण्डकी संयोजक शिव खकुरेल पनि अन्यत्रको तुलनामा पोखराको बन्द शान्तिपूर्वक रहेको बताए । ‘यो पटक बन्दकर्ता उतिसारो आक्रोशित देखिएनन् । अप्ठेरो परेर सवारीमा हिँडेका व्यक्तिलाई पनि सोधपुछ पछि सहजै छाडेको पाइयो,’ खकुरेलले भने, ‘बन्दकर्तामध्ये पनि कतिपयले अरुको बाध्यता बुझेको पाइयो ।’

पोखरामै रहेर पटकपटकका आम हड्तालको अनुगमन गरेका खकुरेलले यो पटक बन्दकर्ता केही संयम भएको पाएका थिए । ‘सबै बन्दकर्ताले सर्वसाधारणको बाध्यता बुझ्दैनन । यो बेलामा सर्वसाधारण नागरिक बाध्यता नपरी सडकमा निस्कदैनन,’ उनले भने, ‘तर, यो पटकका बन्दकर्तामा केही संयमता थियो । जो बाध्यतामा परेर सवारी चढेका थिए, उनीहरूलाई सोधपुछ पछि छाडेका थिए । व्यवहारिक पक्षलाई पनि हेर्नुपर्छ भन्ने बन्दकर्ता यही सडकमा थिए ।’ बन्द भन्नासाथ सधैं तोडफोड, कुटपिट र अवरोध नै हुनुपर्छ भन्ने नभएकोले अब नागरिकको बाध्यतालाई पनि बुझिदिनुपर्ने उनले बताए ।

बन्दकर्ताको यही संयमताको कारण पोखरामा कतै पति भीडन्त, तोडफोड नभएको उनले बताए । पृथ्वीचोकमा बन्दकर्ता चोकमा बसेर नाराबाजी गरेका थिए, तर, गाडी रोक्ने, चाबी खोस्ने काम नगरेको खकुरेलले बताए । यसअघिका बन्द हड्तालमा सवारी चलाएको भनेर बन्दकर्ताले सवारीको चाबी खोसेर राख्ने र बेलुकी पाँचबजे पछि मात्र लिन आउनु भनेर भन्ने गरेकोमा योपटक त्यो अवस्था नआएको उनले बताए । कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमाल पनि यो पटक बन्दकर्ताले सर्वसाधारणको बाध्यतालाई पनि बुझेको बताउँछन् । 

‘उतिसारो उग्रपन यसपटक बन्दकर्तामा देखिएन । सवारीको चाबी खोस्ने, बीचमै रोकिदिने, धम्क्याउने काम पनि गरेको पनि देखिएन,’ उनले भने, ‘यो पटकका बन्दकर्ता अलि सचेत र संयमित भएको देखिन्थ्यो । त्यही कारणले गर्दा कतै केही घटना पनि भएन ।’ अहिलेको बन्दलाई शान्तिपूर्वक नै मान्नुपर्ने उनले बताए ।

लोकप्रिय
अर्को समाचार
महिलाको अधिकार स्थापित गर्न आवाज बुलन्द पार्नुपर्छ: प्रचण्ड
२४ फागुन २०७७
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
महिलाको अधिकार स्थापित गर्न आवाज बुलन्द पार्नुपर्छ:  प्रचण्ड

दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक अधिकार स्थापित गर्न आवाज बुलन्द पार्नुपर्नेमा जोड दिएका छन्।

एक सय ११ औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज शुभकामना दिँदै उनले जनयुद्ध, ऐतिहासिक जनआन्दोलनलगायत नेपालका सामाजिक र राजनीतिक क्रान्तिमा नेपाली महिलाले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको बताएका छन्।  

उत्पीडित  र उपेक्षित समुदायका प्रतिनिधिमाथि भइरहेका आक्रमण र द्रुव्यवहारले सङ्घर्षबाट प्राप्त जनताको अधिकार गुम्ने खतरा पैदा भएको बताउँदै पूर्वप्रधानमन्त्री दाहालले पछिल्लो चरणमा महिला, जनजाति, आदिवासी, दलितलगायत समुदायमाथि संरक्षण गर्ने निकायबाटै आक्रमण हुनु विडम्बना रहेको बताएका छन्। रासस

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस