विपद्पछि पूर्वाधार
१५ पौष २०७७
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
विपद्पछि पूर्वाधार

२०७२ को विध्वंसकारी भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति गर्‍यो । तर त्यही भूकम्पले केही क्षेत्रमा नयाँ अवसरको ढोका पनि खोल्ने काम गर्‍यो । भूकम्पपछि क्षतिग्रस्त भवनले नयाँ मुहार फेर्न मात्रै पाएनन्, वर्षौंदेखि मर्मतसम्भार नपाएर जीर्ण भएका स्वास्थ्य चौकी, विद्यालय तथा सरकारी भवनलेसमेत नयाँ स्वरूप पाए । त्योभन्दा अझै बढी सांस्कृतिक धरोहरहरूले पनि नयाँ जीवन पाए । भूकम्पकै बहानामा नयाँ भवन तथा अन्य विकासे संरचनाले भने मुलुकलाई निर्माणको अर्काे युगतर्फ डोर्‍याउने महत्वपूर्ण अवसर सिर्जना गरेको छ ।तर भूकम्पमा मृत्युवरण गरेका सर्वसाधारणको भने कुनै पनि क्षतिपूर्ति र राहत हुन सक्दैन ।  

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली विपद्लाई अवसरमा बदल्न सकेको दाबी गर्छन् । ‘पहिलाका घर भूकम्प प्रतिरोधी थिएनन्,त्यसैले ढले । अहिले नयाँ बनेका वा बन्ने घर भूकम्पप्रतिरोधी हुने कुराका सुनिश्चित भएको छ त्यसैले अहिले हाम्रा लागि यो ठूलो अवसर बनेको छ,’ उनले भने । भूकम्पपछि ७ लाख ९६ हजार दुई सय ४५ जना लाभग्राहीसँग प्राधिकरणले सम्झौता गरेको थियो । तर अहिलेसम्म सम्झौता गरेकामध्ये ९० प्रतिशत लाभग्राहीका निजी आवास पुनर्निर्माण भइसकेका छन् । प्राधिकरण प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ५ वर्षको अवधिमा निजी आवास पुनर्निर्माणमा ९० प्रतिशतभन्दा धेरै उपलब्धि हात पारेको दाबी गरे । ‘प्राधिकरणले ७ लाख ९६ हजार लाभग्राहीसँग अनुदान सम्झौता गरेको थियो,’ उनले भने,‘निजी आवासमा अनुदान सम्झौता गरेकामध्ये साढे पाँच लाख घर तयार भइसकेका छन् ।’

भूकम्पकै बहानामा नयाँ भवन तथा अन्य विकासे संरचनाले भने मुलुकलाई निर्माणको अर्काे युगतर्फ डोर्‍याउने महत्वपूर्ण अवसर सिर्जना गरेको छ। तर भूकम्पमा मृत्युवरण गरेका सर्वसाधारणको भने कुनै पनि क्षतिपूर्ति र राहत हुन सक्दैन।

उनले अनुदान सम्झौता गरेकामध्ये १ लाख ६८ हजार ८३ अर्थात् २१ प्रतिशत लाभग्राहीको आवास पुनर्निर्माण सम्पन्न हुने तर्खरमा रहेको छ । प्राधिकरणले ६ लाख ३४ हजार ९ सय ७३ गुनासा सम्बोधन गरेको छ । गुनासोसम्बोधनबाट थपिएका पुनर्निर्माण लाभग्राहीको संख्या १ लाख ६ हजार ४ सय ६५ रहेका छन् ।

गत मंसिर १५ गते बसेको मन्त्रिपरिषद् बैंठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको म्याद २०७८ पुस १० गतेसम्म थपेको छ । भूकम्पबाट क्षतिग्रस्त कुल ७ हजार ५ सय ५३ विद्यालयमध्ये ६ हजार ८५ अर्थात् ८१ प्रतिशत विद्यालय पुनर्निर्माण सम्पन्न भएका छन् । १ हजार ४ सय ६८ अर्थात् १९ प्रतिशत विद्यालय पुनर्निर्माणको क्रममा छन् । यी विद्यालयको पुनर्निर्माण यसै आवभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

६९८ स्वास्थ्य संस्था भवन तयार

भूकम्पबाट क्षतिग्रस्त१ हजार १ सय ९७ वटा क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये ६ सय ९८ वटाको पुनर्निर्माण सकिएको छ । बाँकी यसै आवभित्र सम्पन्न गर्ने गरी कार्य अघि बढाइएको छ । कुल ४ सय १५ सरकारी भवनमध्ये ३ सय ७४ वटा अर्थात् ९० प्रतिशत सरकारी भवनको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ३८ वटा पुनर्निर्माणको चरणमा छन् । प्राधिकरणअन्तर्गत निर्माण भइरहेका सुरक्षा निकायका २ सय १६ वटा संरचनामध्ये २ सय १४ को पुनर्निर्माण सम्पन्न भइसकेको छ भने २ वटा पुनर्निर्माणको चरणमा छन् । 

भूकम्पले क्षतिग्रस्त भएका १ हजार ३ सय ३० वटा गुम्बामध्ये पुनर्निर्माण गर्नुपर्ने ८ सय ९५ वटा रहेका छन् । मर्मत गर्नुपर्ने गुम्बामध्ये २ सय ९४ वटा तयार भइसकेका छन् । १ सय ८ वटा गुम्बाको मर्मतसम्भारको काम भइरहेको छ । १ सय वर्षभन्दा पुराना र २ हजार वर्ग फिटभन्दा बढी प्लिन्थ एरिया भएका २ सय ६४ वटा गुम्बामध्ये ३६ वटा र सय वर्षभन्दा कम र २ हजार वर्ग फिटभन्दा मुनिका ६ सय २१ गुम्बामध्ये १ सय १ वटाको पुनर्निर्माण कार्य अगाडि बढिरहेको छ ।

४४३ किलोमिटर सडक तयार

प्राधिकरणले पुनर्निर्माणका क्रममा विभिन्न जिल्लामा ७ सय ६२ किमि सडक पुनर्निर्माण गर्नुपर्नेमा ४ सय ४३ किलोमिटर सडकको पुनर्निर्माण सम्पन्न भइसकेको जनाएको छ । बाँकी ३ सय १९ किमि सडकको पुनर्निर्माण अन्तिम चरणमा छ । खानेपानी विभागमार्फत १ हजार वटा खानेपानी आयोजना सम्पन्न भएका छन् । ‘यसरी हामीले भूकम्पपछिको पुनर्निर्माण मूलभूत रुपमा चालु आव २०७७/'७८ भित्रै सम्पन्न गर्ने गरी कार्य अघि बढाएका छौं । ‘विभिन्न प्रतिकूल अवस्था र जटिलताहरूलाई पार गर्दै पुनर्निर्माणसम्पन्नताको चरणमा प्रवेश गरेको छ,’ प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने,‘पुनर्निर्माणको क्रममा हामीले परिमाणात्मक रुपमा हाम्रा भत्किएका संरचना मात्र पुनर्निर्माण गरेका छैनौं, यसले महत्वपूर्ण गुणात्मक परिवर्तनसमेत ल्याएको छ ।’

प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणमा करिब १६ करोड ६० लाख कार्य दिनबराबरको रोजगारी सिर्जना गरेको दाबी गरेको छ । प्राधिकरणले वनर विल्ट मोडलको निर्माणले स्वदेशी निर्माण सामग्रीको प्रयोग र स्थानीय जनशक्तिले रोजगारी सिर्जना गरेको जनाएको छ । प्राधिकरणका अनुसार निर्माणमा मुलुकभित्रै उत्पादित सिमेन्ट, इँटा, छड, जस्तापाता, क्रसर एवं काठलगायतको प्रयोगले यी उद्योग प्रवद्र्धनमा गएका छन् ।

यसले नेपालको अर्थतन्त्रमा विशिष्ट योगदान गरेको प्राधिकरणको ठहर छ । ‘हाम्रा स्थानीय जनतामा सामुदायिक विकासको भावना जागृत गरेको छ । सरकार एवं जनताको सहकार्यको नमुना स्थापित भएको छ । करिब ८ लाख घरपरिवारकोबैंक खातामार्फत वित्तीय पहुँचमा वृद्धि भएको छ,’ प्राधिकरणले भनेको छ,‘हाम्रा स्थानीय निर्माण सामग्रीको रूपमा रहेका काठ, ढुंगा, माटोजस्ता सामग्रीमा आधारित भूकम्पप्रतिरोधी इन्जिनियरिङ प्रविधिको विकास भएको छ ।’

३३९ अर्ब रुपैयाँ खर्च

सरकारले भूकम्पबाट क्षतिग्रस्त भवन तथा सम्पदा, निजी आवासलगायत अन्य संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ४८८ अर्ब रुपैयाँ लाग्ने प्रक्षेपण गरेको छ । त्यसमध्ये हालसम्म नेपाल सरकार दातृ निकायको तर्फबाट ३३९ अर्ब रुपैयाँ खर्च भएको छ । प्राधिकरणले दाता सम्मेलनमा प्रतिबद्धता व्यक्त भएको ४१० अर्बमध्ये ६७ अर्ब राहत तथा उद्धार एवं अन्य कार्यक्रममा खर्च भएको र भारतीय एक्जिम बैंकतर्फको ४९ अर्ब रुपैयाँ नेपाल सरकारतर्फ स्रोतान्तर भएको हुँदा वास्तविक प्रतिबद्धता रकम जम्मा २९४ अर्ब रुपैयाँ मात्रै भएको जनाएको छ । 

यसमध्ये २३८ अर्बका लागि सम्झौता भई स्रोत सुनिश्चितता भएको छ । यसको अलावा गैरसरकारी संस्थाहरूसँग करिब ९० अर्ब रुपैयाँ परिचालन गर्नका लागि सम्झौता भई करिब ७२ अर्ब रुपैयाँ परिचालन भएको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपालको पुनर्निर्माणमा दातृ निकायबाट प्रतिबद्धता भएको शतप्रतिशत रकम परिचालन हुने सुनिश्चित भएको दाबी गरे ।

अर्को समाचार
वैकल्पिक राजमार्ग निर्माण गर्न आवश्यक:भौतिक मन्त्री दाहाल
०५ मंसिर २०८१
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
वैकल्पिक राजमार्ग निर्माण गर्न आवश्यक:भौतिक मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विपद्पछि मुलुकका मुख्य राजमार्गहरूको विकल्पमा सम्भावित राजमार्ग निर्माण गर्ने आवश्यक रहेको बताएका छन्।

बुधबार सिंहदरबार स्थित भौतिक मन्त्रालयमा आयोजना गरिएको पूर्वाधार, जलश्रोत, जलवायु लगायत क्षेत्रका विज्ञहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री दाहालले यस्तो कुरा बताएका हुन।

उनले मुलुकका मुख्य राजमार्गहरूको विकल्पमा अन्य राजमार्ग बनाउन आवश्यक देखिएकाले सरकारले छलफल अगाडि बढाएको बताए । उनले बाढी, पहिरोले निम्त्याएको विपद्पछि वैकल्पिक राजमार्ग बनाउन जरुरी देखिएको उल्लेख गरे। उनले नाग ढुङ्गा–मुग्लिङ सडकको विकल्पको रुपमा सोच्नुपर्ने अवस्था रहेको बताए।

उनले बिपी राजमार्गको विकल्पको रुपमा अर्को सडक बनाउने विषयमा सरकारले सोची रहेको धारणा राखे। उनले विज्ञहरूले नदी किनारमा सडक बनाउन नहुने सुझाव दिएको भन्दै सो विषयमा सरकार गम्भीर रहेको पनि बताए। 

उनले असोजमा आएको बाढी पहिरोले क्रसरहरू उद्योगमा ठुलो क्षति भएको भन्दै निर्माण सामाग्रीको अभाव हुनसक्ने सुझाव आएकाले क्रसर ठिक ढङ्गले नियमन गरेर अगाडि बढ्न जरुरी रहेको बताए। छलफलका क्रममा विज्ञहरूले जलवायु परिवर्तनको प्रभाव र असरलाई मध्यनजर गरी पूर्वाधार निर्माणका योजनाहरू बनाउन सुझाव दिएका थिए ।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस