प्रदेश १ मा कोरोना संक्रमितको संख्या लगातार बढिरहेका बेला मृत्युदर पनि ह्वात्तै बढेको छ। यहीक्रममा एकै दिन ८ जनाको मृत्यु भएको छ। हालसम्म प्रदेश १ मा १ सय २२ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन्।
पछिल्लो २४ घण्टाभित्रै प्रदेशमा ८ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको हो। धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ५ जना, विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २ जना र विराट नर्सिङ होममा एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सुनसरी धरानका ३, इटहरीका १, विराटनगरका १, सुन्दरहरैँचाको १ र तेह्रथुमका २ जना छन्।
सातायता हरैक दिन कम्तीमा अढाई सयदेखि ४ सयको हाराहारीमा संक्रमित फेला परिरहेको प्रदेश १ मा कोरोना संक्रमितको कूल संख्या साढे ११ हजार नाघेको छ। हालसम्म १ लाख ४० हजार ९५७ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। कोरोनाले पछिल्लो २४ घण्टामा पोखरामा ६ सहित गण्डकी प्रदेशमा ७ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
पछिल्लोपटक पोखरा महानगरपालिका वडा नम्बर २७ का ७१ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचाररत उनको गएराती १ बजेर ४० मिनेटमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। गत कात्तिक २९ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई जटिल खालको निमोनियासँगै उच्च रक्तचापको समेत पहिलेदेखि नै समस्या रहेको निर्देशनालयको वुलेटिनमा उल्लेख छ।
पोखरा महानगरपालिका वडा नम्बर ८ का ५४ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। गण्डकी मेडिकल कलेजमै उपचाररत उनको विहान ३ बजेर ४० मिनेटमा मृत्यु भएको निर्देशनालयले जनाएको छ। कात्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनियासँगै मिर्गौला र उच्च रक्तचाप सम्बन्धी समस्या रहेको जनाइएको छ।
पोखरा महानगरपालिका वडा नम्बर ९ का ६८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। मंसिर ४ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएका उनको गएराती ११ बजे मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। उनलाई बिहीबार मात्र कोरोना संक्रमण पुष्टि भएको थियो। मृतकमा पहिलेदेखि नै निमोनियाको समस्या रहेको जनाइएको छ।
त्यस्तै, पोखरा २१ का ७५ वर्षीय पुरुषको पनि कोरोनाले मृत्यु भएको छ। बिहीबार अस्पताल भर्ना भएका उनको गएराती ११ बजेर २० मिनेटमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। उनमा पनि निमोनियाको समस्या पहिलेदेखि नै रहेको निर्देशनालयको वुलेटिनमा उल्लेख छ।
यसैगरी, पोखरा १७ का २९ वर्षीय पुरुषको पनि कोरोनाले मृत्यु भएको छ। गएराती अस्पताल भर्ना भएका उनको राती १२ः३० बजे मृत्यु भएको निर्देशनालयको वुलेटिनमा उल्लेख छ। उनमा निमोनियालगायतका समस्या रहेको जनाइएको छ।
त्यस्तै, पोखरा १३ का ५५ वर्षीय पुरुषको पनि कोरोनाले मृत्यु भएको छ। आजै अस्पताल भर्ना भएका उनको विहान सवा ४ बजे मृत्यु भएको निर्देशनालयको वुलेटिनमा उल्लेख छ। उनमा पनि निमोनिया, डायविटिज र मिर्गौलाको समस्या रहेको जनाइएको छ।
र तनहुँ म्याग्दे गाउँपालिका वडा नम्बर ४ का ५१ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ। गण्डकी मेडिकल कलेजमा उपचाररत उनको शुक्रबार विहान ९ः३० बजे मृत्यु भएको निर्देशनालयले जनाएको छ। उनमा मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
शुक्रबार ७ जना मृतक थपिएसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १३८ पुगेको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।