आइसोलेसनमा उपचार अभावमा मृत्यु भएको धनुषाको हंसपुर नगरपालिकाका राजु सदाको घटना छानविनका लागि संसदीय समिति गठन भएको छ । आइतबार बसेको प्रदेश २ को प्रदेशसभा बैठकमा पाँच जना सांसद रहेको राजु सदाको मृत्यु सम्बन्धी अध्ययन विशेष समिति गठन भएको हो । समितिमा नेकपाका सांसद रविन्द्र बैठा, जनता समाजवादी पार्टीकी सांसद चमेलीदेवी दास, जसपाकै सांसद सुरिताकुमारी साह, नेपाली कांग्रेसका सांसद नरेशकुमार यादव र नेपाल संघीय समाजवादी पार्टीकी सांसद सावित्रीदेवी साह रहेका छन् ।
विशेष समितिले सभामुखको निर्देशनमा रही राजु सदाको मृत्यु सम्बन्धमा अध्ययन गर्ने, अवश्यक परेमा विषेशज्ञ लगायत व्यक्तिको सहयोग लिन सक्ने, अध्ययनको क्रममा विभिन्न मन्त्रालय र कार्यालयबाट आवश्यक कागजात माग गर्न सक्ने सभामुख सरोजकुमार यादवले बताए । समितिलाई बढीमा ५ दिनमा आफ्नो अध्ययन प्रतिवेदन प्रदेशसभामा पेश गर्न भनिएको छ ।
आरडीटी रिपोर्ट पोजेटिभ आएपछि जेठ २९ गते प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा भर्ना भएका १६ वर्षीय राजुको आइसोलेसन कक्षमा उपचार अभावमा ९ गते प्रादेशिक अस्पताल जनकपुरको इमेरजेन्सी वार्डमा मृत्यु भएको थियो ।
संसद् अधिवेशन सकिनै लाग्दा पनि संसदीय समिति गठन नभएकाले केही विधेयक अलपत्र पर्ने भएका छन्। संसद्बाट सैद्धान्तिक छलफल भई संशोधन समेत दर्ता भएका विधेयकलाई समितिमा नपठाईकनै संसद्को अधिवेशन सकिन लागेको छ।
संसद्को विधेयक अधिवेशनसमेत भनिने यो हिउँदे अधिवेशन वैशाख १३ गतेसम्म चल्ने सम्भावना रहेको सरकारी स्रोतले जनााएको छ।
प्रतिनिधिसभाको बैठक १२ गते र राष्ट्रियसभाको बैठक त्यसको भोलिपल्ट बोलाइएको छ। १३ गते सम्भवतः संसद् अधिवेशन सकेर चैत २६ गतेबाट सुरु हुनेगरी अर्को अधिवेशन बोलाउन लागिएको स्रोतले बतायो। आगामी जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने दिन भएकाले अब बर्खे अधिवेशन बोलाउन लागिएको छ।
संसद् अधिवेशन सकिनै लाग्दा पनि संसदीय समिति गठन नभएकाले केही विधेयक अलपत्र पर्ने भएका छन्।समितिबाट सैद्धान्तिक छलफल सकेर संशोधनको समयसमेत सकिएका विधेयकलाई संसदीय समितिमा पठाउनुपर्ने अवस्था छ। तर समिति गठन नभएकाले अधिवेशन अन्त्य हुँदासम्म ती विधेयक त्यही अवस्थामा रहने भएका छन्।
संसद्मा यतिबेला अख्तियार दुरूपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७७, सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७८, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ लगायत विधेयक संसदीय समितिमा छलफलका लागि पठाउने विधेयकका रूपमा रहेका छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।