अझै तयार भएन लकडाउनको मोडालिटी
२६ जेष्ठ २०७७
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
अझै तयार भएन लकडाउनको मोडालिटी

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको आज ७७ दिन पुगेको छ । गत चैत ११ गते देखि सुरु भएको लकडाउन खुकुलो बन्दै गएको छ । सरकारले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेपनि मोडालिटी तयार पार्न नसक्दा सर्वसाधारण स्वतःसफुर्त रुपमा घर बाहिर निस्किएका छन् । सोमबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सवारी साधनको आवागमन बाक्लो देखिएको छ । मुख्य सडकहरुमा निजी सवारी साधनहरुको चाप उच्च देखिएको छ ।

सार्वजनिक सवारी साधन भने सञ्चालनमा आएका छैनन् । प्रहरीले सवारी जाँचलाई खुकुलो बनाएको छ । सडकमा मानिसहरुको आवागमन पनि बाक्लीदै गएको छ । काठमाडौंमा अधिकांश कार्यालय र उद्योग व्यवसाय सञ्चालनमा आएका छन् । न्यूरोड, भोटेबहाल, इन्द्रचोक लगायतका ठाउँमा रहेका अधिकांश पसलहरु बिहानको समयमा खुलेका छन् । सरकारले लकडाउनको मोडालिटी तय गर्न नसकेको भन्दै व्यवसायीहरुले पसल सञ्चालन गर्ने निर्णय गरेका थिए ।

लकडाउनको मोडालिटी परिवर्तन गर्ने सम्बन्धमा आइतबार उच्च स्तरीय समन्वय समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा छलफल भएपनि कुनै ठोस निर्णय हुन सकेन् । सरकारले लकडाउनका विषयमा अझै निर्णय गर्न नसक्दा सबैमा लकडाउनको अन्यौलता दखिएको छ । संक्रमितको संख्या पनि बढ्दै जाने र सरकारले लकडाउनको मोडालिटीका बारेमा कुनै निर्णय गर्न नसक्दा थप त्रास र चिन्ता बढेको छ । 

लोकप्रिय
अर्को समाचार
लगानी मोडालिटी अझै टुंगिएन, नौ वर्षदेखि जनतालाई करको भार
२६ चैत्र २०८०
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
लगानी मोडालिटी अझै टुंगिएन, नौ वर्षदेखि जनतालाई करको भार

सरकारले प्रस्तावित बुढीगण्डकी बहुउद्देश्यीय जलाशययुक्त जलविद्युत् आयोजनाको अहिलेसम्म लगानी जुटाउन सकेको छैन। स्वदेशी लगानीमा निर्माण गर्ने योजनाका साथ अघि बढेको आयोजनाको लगानी ‘मोडालिटी’ अहिलेसम्म टुंगो लाग्न नसकेको हो।

गत २०७९ भदौमा अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहने गरी आयोजनालाई ‘कम्पनी मोडल’मै बनाउने निर्णय गरिएको थियो। स्वदेशी लगानी र कम्पनी मोडलमा बनाउने भनिएको डेढ वर्ष बितिसक्दासमेत आयोजना निर्माण कार्य सुरु हुन सकेको छैन।

२०६८ सालमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईका पालामा सरकारले आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी विकास गर्ने लक्ष्य राखेको थियो तर अझैसम्म आयोजना अन्योलग्रस्तनै छ।

बुढीगण्डकी आयोजनाको लगानी मोडालिटीका बारेमा अर्थ मन्त्रालयसँग विभिन्न विकल्पमा छलफल भए पनि टुंगो लाग्न नसकेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहले बताए। उनका अनुसार अहिले आयोजनालाई दुई विकल्पमा अघि बढाउने गरी छलफल अघि बढेको छ।

‘पहिलो त अहिलेसम्म आयोजनामा भएको खर्चलाई सेयरका रूपमा लगानी गरेर जाने कि अहिलेकै अवस्थामा अघि बढाउने भनेर छलफल भयो’, उनले भने। त्यस्तै जलाशययुक्त आयोजनालाई विद्युत् उत्पादनका दृष्टिकोणले मात्र नहेरी अन्य सहायक लाभका क्षेत्रसमेत हेरेर लगानी मोडालिटी जुटाउनुपर्ने उनको भनाइ छ।

‘सेयरका रूपमा लगानी गर्ने विकल्पमा जाँदा अन्य जलाशययुक्त आयोजनाका हकमा के गर्ने ? भन्ने कुरामा द्विविधा रह्यो भने अर्कोतर्फ जलाशययुक्त आयोजनाहरूबाट विद्युत् उत्पादनको पक्षलाई मात्र हेर्नुहुँदैन्। अन्य सहायक लाभ पनि हेरेर लगानी गर्नुपर्छ भन्ने विषयमा पनि छलफल भइरहेको छ।’

आयोजनाका लागि आवश्यक लगानी नेपाल सरकार र त्यसका वित्तीय संस्था (कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत) को सेयर लगानी रहने गरी कम्पनी मोडेलमै निर्माण हुने उनले बताए। सरकार र सरकारमातहतका वित्तीय संस्थाका प्रतिनिधिसँग छलफल भइसकेको र लगानी मोडालिटी अन्तिम चरणमा पुगेको उनको भनाइ छ।

४३ अर्ब खर्च, जग्गा अधिग्रहणमा अवरोध

गोरखा, धादिङ, नुवाकोट र मनाङ जिल्लाका केही तल्लो तटीय क्षेत्र डुबाएर निर्माण गर्ने भनिए पनि हालसम्म जग्गा अधिग्रहण, बस्ती स्थानान्तरण तथा पुनर्वासलगायतका काम भएका छैनन्। आयोजनाका लागि आवश्यक ५९ हजार रोपनी जग्गामध्ये हालसम्म ५० हजार रोपनी जग्गा मात्रै व्यवस्थापन भएको छ। बाँकी जग्गा अधिग्रहणको काम अझै पूरा हुन सकेको छैन।

जग्गा अधिग्रहणमा त्यसक्षेत्रका स्थानीयले उचित क्षतिपूर्ति र मुआब्जा दिनुपर्ने भन्दै निरन्तर अवरोध गर्दै आएका छन्। प्रभावित क्षेत्रमा जग्गाको मुआब्जा र स्थानीयलाई क्षतिपूर्तिबापत ४३ अर्ब रूपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ। चालु आवमा मुआब्जा वितरणका लागि एक अर्ब रूपैयाँ बजेट विनियोजन भएको छ।

करबापत उठ्यो एक खर्ब २७ अर्ब

बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने उद्देश्यअनुसार सरकारले आर्थिक वर्ष २०७२-०७३ देखि पूर्वाधार करबापत भन्सार विन्दुमा पेट्रोलियम करबापत प्रतिलिटर पाँच रूपैयाँका दरले कर संकलन गर्न थाल्यो।

आव २०७७-०७८ यता भने जनताबाट उठाउँदै आएको पेट्रोलियम करबापत लिइँदै आएको पाँच रूपैयाँलाई बढाएर १० रूपैयाँ पुर्‍याइयो। विगत नौ वर्षदेखि आयोजनाका नाममा निरन्तर जनताबाट कर असुलिरहे पनि आयोजना निर्माणकार्यको अन्योल भने हट्न सकेको छैन।

नेपाल आयल निगमका अनुसार, हालसम्म बुढीगण्डकी आयोजनाका नाममा पेट्रोलियम करबापत एक खर्ब २७ अर्ब रूपैयाँ संकलन भइसकेको छ। जनतामाथि करको भार थपिए पनि सरकारलाई भने आयोजना निर्माणका लागि आवश्यक लगानी जुटाउने चिन्ता छ।

१२०० मेगावाट क्षमतामा विकास गरिने उक्त जलविद्युत् आयोजनाको सन् २०१४ मा फ्रान्सेली कम्पनी ट्रयाक्टवेल इन्जिनियरिङले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको थियो। डिपिआर अनुसार आयोजनाको लागत दुई खर्ब ६० अर्ब रूपैयाँ अनुमान गरिएको थियो।

लगानीका लागि आवश्यक पुँजी सरकार एक्लैले जुटाउन सकिरहेको छैन। त्यसकारण कहिले स्वदेशी त कहिले विदेशी लगानीमा बनाउने भन्ने अन्योलबाट आयोजना बाहिर निस्कनै सकेन।

विगतमा विदेशी लगानीमा चिनियाँ कम्पनी गेजुवा ग्रुप लिमिटेडलाई आयोजना निर्माण गर्न दिने भनिए पनि अन्ततः उक्त कम्पनीले आयोजनाबाट हात झिकेपछि सरकारले स्वदेशी लगानीमै बनाउने निर्णय गरेको थियो।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस