रौतहटमा संक्रमितको संख्या ६९ पुग्यो
१३ जेष्ठ २०७७
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
रौतहटमा संक्रमितको संख्या ६९ पुग्यो

रौतहटमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । मंगलबार एकै दिन २२ जना संक्रमित थपिएपछि जिल्लामा संक्रमितको संख्या ६९ पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

मंगलबार थपिएका २२ जनामध्ये गौर नगरपालिकाका ८ जना, देवाही गोनाही नगरपालिकाका १२ जना, राजदेवी र गरुडा नगरपालिकाका एक एक जना रहेका छन् । थपिएका संक्रमित सबै क्वारेन्टिनमा रहेका छन् । संक्रमित सबैको गत जेठ ६ गते स्वाब संकलन गरिएको थियो । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी गराएका छन् ।

यसअघि गत आइतबार मात्र रौतहटमा २६ जना संक्रमित थपिएका थिए । थपिएका संक्रमित जति सबै भारतको मुम्बई र दिल्लीबाट आएको पाइएको छ । सोमबार थपिएका २६ संक्रमित मध्ये २५ जना महाराष्ट्र र एकजना दिल्लीबाट एकै दिन नेपालमा प्रवेश गरेको पाइएको छ । संक्रमित सबै गत जेठ २ मा मठिया नाकाबाट प्रवेश गरेको पाइएको छ ।  

आइतबार थपिएका संक्रमितमध्ये राजपुर नगरपालिकाका २४ र ईशनाथ नगरपालिकाका दुई जना रहेका छन् । राजपुर नगरपालिकामा सोमबार पुष्टि भएका संक्रमितहरू भारतको महाराष्ट्रबाट गत जेठ २ गते नेपाल छिरेका हुन् । महाराष्ट्रको भिभिन्डीमा कपडा उद्योगमा काम गर्ने गरेका मजदुरहरू महाराष्ट्रबाटै ट्रकमा भारतको छिमेकी चैनपुरसम्म आएका थिए ।  

महाराष्ट्रबाट ९६ जना मजदुरहरू सिमानासम्म आइपुगेका थिए । चैनपुरबाट पैदलै मठिया नाकासम्म आएका सबै जनालाई प्रहरीले बलुवास्थित मदरसामा बनाइएको क्वारेन्टिनमा पुर्याइएको थियो । महाराष्ट्रको भिभिन्डीबाट आएका सबै जनाको स्वाब संकलन गरी पठाइएकोमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बाँकीको रिपोर्ट आउने क्रममा रहेको छ ।

ईशनाथ नगरपालिकाका दुईमध्ये एकजना भारतको दिल्लीबाट र अर्का एकजना मुम्बईबाट आएको पाइएको छ । दिल्लीबाट आएका युवक एक्लै जेठ २ मा मठिया नाकामा आइपुगेका थिए । संक्रमित देखिएका अर्का एकजनासहित मुम्बईबाट २२ जना मुम्बईबाट मठिया नाकासम्म आएका थिए । मठिया नाकाबाट प्रहरीको सहयोगमा ईशनाथ नगरपालिकाको औरैयामा स्थित क्वारेन्टिनमा लगेर राखिएको थियो । क्वारेन्टिनमा लैजान सहयोग गर्ने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीसहित २७ जनाको गत जेठ ६ मा स्वाब संकलन गरी चेकजाँचको लागि पठाइएकोमा दुई जनामात्र संक्रमण देखिएको छ । स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीसहित २५ जनाको रिपोर्ट नकारात्मक आएको थियो ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कुनै पनि संक्रमितमा कोरोनाको लक्षण नदेखिएको स्थानीय स्वास्थ्यकर्मीहरूको भनाइ छ । संक्रमितहरूले सामान्य जीवनयापन गरिरहेका छन् ।

जिल्लामा संक्रमितको संख्या बढे पनि संक्रमित जति सबै क्वारेन्टिनमा नै रहेकाले समाजका संक्रमणको सम्भावना कम भएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी गराएका छन् ।

मंगलबार दिउँसोसम्म रौतहटका विभिन्न क्वारेन्टिनमा ३ हजार ५०० पुगेको जिप्रकाले जनाएको छ । जिल्लामा दुई दिनमा आठ सयको संख्यामा क्वारेन्टिनमा थपिएका छन् । जिल्लामा संक्रमितको संख्या बढेसँगै आइसोलेसन व्यवस्थापनको समस्या बढेको देखिएको छ । 

लोकप्रिय
अर्को समाचार
प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार ८ सय २४ पुग्यो
०६ असार २०७७
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार ८ सय २४ पुग्यो

प्रदेश २ मा शनिवार थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा महोत्तरी जिल्लामा २४, सर्लाहीमा २, रौतहटमा ५ र बारामा ३ जनामा संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव रामप्रसाद घिमिरेका अनुसार

महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाकी ४५ वर्षिया महिला, १८ वर्षका २ जना किशोर, ४५ वर्षिय पुरुषसहित १९ देखि ४० वर्ष उमेर समूहका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

महोत्तरीकै गौशाला नगरपालिकाका १ देखि १९ वर्ष उमेर समूहका ४ जना, १९ देखि ४४ बर्ष उमेर समूहका ११ जना पुरुष र २८ वर्षिया महिलामा संक्रमण पुष्टि भएको हो । यस्तै सर्लाहीको चकरघट्टा गाउँपालिकमा ३० वर्षिया महिला र ३० वर्षिय पुरुष गरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटको राजपुर नगरपालिकाकी १९ वर्षिया महिला र १९ देखि ५५ वर्ष उमेर समूहका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बारा जिल्लामा सिमरौनगढ नगरपालिकाका १८, १९ र ३८ वर्षका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  

मन्त्रालयका अनुसार संक्रमित मध्ये ३ जना महिला र ३१ जना पुरुष रहेका छन् । यो सँगै प्रदेश २ मा संक्रमितको संख्या २ हजार ८ सय २४ पुगको मन्त्रालयका सचिव घिमिरेले बताए । 

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस