धनकुटा र हिले बजारका एकसय ९ जना घरधनीले घर भाडा मिनाहा गरेका छन्। लकडाउनको कारण व्यापार,व्यावसाय बन्द भई उद्योगी,व्यापारी र व्यावसायीहरु संंकटमा पर्दै गएकाले धनकुटा उद्योग बाणिज्य संघले सञ्चालन गरेको घर भाडा मिनाहा अभियान अन्र्तगत धनकुटा र हिलेका एक दर्जन भन्दा वढी घर धनीले घरभाडा मिनाहा गरेका हुन्।
धनकुटा उद्योग बाणिज्य संघको आव्हान तथा अनुरोधमा धनकुटा नगरपालिका– ५ तल्लो कोप्चेकका त्रिभुवन श्रेष्ठ, धनकुटा नगरिपालिका वडा १ हिले बजारका धनवहादुर मोक्तान, डिबी मोक्तान, कौशिला बमजन, विष्णु मोक्तान, बिनादेवी घिसिङ, बमबहादुर योञ्जन, जमुना घिसिङ योञ्जन, शुभचन्द्र मोक्तान ,दुर्गादेवी घिसिङ हेमकुमारी लिम्बु, थामवहादुर लिम्बु, जंग क्षेत्री, निरवहादुर गोङ्देन, खगेन्द्र विष्ट लगायतका घर धनीले घरभाडा मिनाहा गरेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले बताए ।
यसैगरी धनकुटा नगरपालिका वडा नं. ६ का पूर्णकृष्ण श्रेष्ठ, वडा नंं ७ मदनचौकका पुष्करप्रसाद जोशी, सुखकला राईले पनि घरभाडा मिनाह गरेको धनकुटा उद्योग बाणिज्य संघले जानकारी दिएको छ । संघले धनकुटा जिल्ला भरीका सवै बजार क्षेत्रका घर धनीलाई लकडाउन अवधिभरको घरभाडा छुट गरी संकटमा सहयोग गर्न अपिल गरेको छ ।
पृथ्वी होटल व्यवसायी समिति पोखराले लकडाउनको समयमा घरभाडा नमाग्न अपिल गरेको छ । समितिका अध्यक्ष हरिप्रसाद पाण्डेले शुक्रबार विज्ञप्ती जारी गर्दै कोरोना नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनका कारण बन्द अवस्थामा रहेका होटल व्यवसायीहरूलाई घरभाडा नमाग्न अपिल गरेका हुन् ।
समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘विषम परिस्थितिलाई बुझेर एकाध बाहेक अधिकांश घरधनीले घरभाडा नमागेको प्रति धन्यवाद सहित आभार व्यक्त गर्दछौं, र आगामी दिनमापनि लकडाउनभरी र त्यसपछि पनि व्यवसाय सहज सञ्चालन नहुञ्जेलसम्म घरभाडा नमाग्न घरधनी ज्यूहरूलाई हार्दिक अपिल गर्दछौं ।’ घरभाडा तिर्नु व्यवसायीको कर्तव्य हो,विज्ञप्तीमा भनिएको छ,‘तर चैत महिनाको शुरुदेखि नै होटल व्यवसायहरू सञ्चालन भएका छैनन्, यस्तो परिस्थितिमा व्यवसायीले घरको भाडा, बिजुलीको महसुल, पानीको महसुल आदि तिर्नसक्ने अवस्था छैन ।’
लकडाउन भरीको घरभाडा पूर्ण रुपमा छुट दिन आग्रह गर्दै समितिले विगतदेखि नै घरधनी र व्यवसायीबीच नङ र मासुको सम्बन्ध रहँदै आएको र यस विषम परिस्थितिमा पनि उक्त सम्बन्ध कायम रहने विश्वास व्यक्त गरेको छ । साथै उसले कोरोनाबाट बचेर जीवन रक्षा गर्नु नै अहिलेको मुख्य कुरा भएकाले सामाजिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न, बारम्बार साबुन पानीले हात धुन र आवश्यक्ता अनुसार सेनिटाइजरको प्रयोग गर्न सर्वसाधारण सबैमा अपिल गरेको छ ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।