कोरोना संक्रमित भेटिएपछि धादिङको कटुवाल पौवा गाउँ नै सिल
०२ जेष्ठ २०७७
१० मिनेट पाठ
संग्रह
Email
ईमेल
कोरोना संक्रमित भेटिएपछि धादिङको कटुवाल पौवा गाउँ नै सिल
जिल्ला सुरक्षा समिति धादिङको वैठक बस्दै । तस्बिर : नागरिक

धादिङकी ३० वर्षीय महिलामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएपछि गल्छी गाउँपालिका–८ कटुवालपौवा गाउँलाई सिल गर्ने भएको छ । शुक्रबार विहान जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा र त्यस क्षेत्रका जनप्रतिनिधिहरू सहितको संयुक्त वैठकले गाउँलाई सिल गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार कोरोना भाइरसबाट संक्रमित हुनेहरु मध्ये एक जना धादिङको गल्छी गाउँपालिका वडा नं ८ कटुवाल पौवाको रहेपछि गाउँलाई शील गर्ने जिल्ला सुरक्षा समितिले निर्णय गरेको हो । गल्छी गाउँपालिका–८ को पुर्वमा चैनपुर चुली, पश्चिममा नेपाली सेना ६ नम्बर बाहिनी अड्डा, उत्तरमा महेशखोला र त्रिशुली नदी तथा दक्षिणमा पृथ्वीराजमार्गको गल्छी बजारबाट नुवाकोट जाने सडकलाई  सिल गर्ने निर्णय भएको हो ।

यी चारकिल्ला भित्र आगामी जेठ ६ गते राती १२ बजेसम्मका लागि संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा २ बमोजिम निशेधाज्ञा जारी गर्दे शिल गर्ने निर्णय भएको प्रजिअ तामाङले जानकारी दिए । ‘धादिङका महिलामा पनि कोरोना पुष्टि भएपछि गाउँलाई सिल गर्ने निर्णय गरेका हौँ,’ तामाङले भने, ‘उल्लेखित चार किल्ला भित्र कसैलाई पनि बाहिर निस्कन र आवतजावत गर्न पुर्ण प्रतिबन्ध लगाइएको छ ।’

संक्रमित ब्यक्तिसंग जोडिएका ब्यक्तिहरूलाई सम्पर्क गरि क्वारेन्टाइनमा राख्नको लागि गल्छी गाउँपालिकालाई निर्देशन दिइएको छ । त्यसका लागि वडा अध्यक्ष भरत तामाङको संयोजकत्वमा ‘कन्ट्याक्ट टे«सिङ’ गर्न स्वास्थकर्मी सुरक्षा निकाय र जनप्रतिनिधिको संयुक्त टिम बनाइको छ ।

संक्रमित महिलासंग सम्पर्कमा आएका सबैजनाको पिसिआर परिक्षण गराउने निर्णय गरिएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डाक्टर भुवन पौडेलले जानकारी दिए ।  संक्रमित ब्यक्तिको अस्थायी बसोबास रहेको चन्द्रागिरी नगरपालिकाको अमरबस्ती (सतुङगत क्षेत्र)मा पनि सजगता अपनाउनको लागि नगरपालिकालाई जानकारी गराउने समेत निर्णय गरिएको छ ।  

कटुवाल पौवा गाउँ क्षेत्रमा सम्पुर्ण सुरक्षा ब्यवस्था मिलाउनको लागि र माइकिङ गर्नको लागि शसस्त्र प्रहरी तथा नेपाल प्रहरीलाई जिम्मा दिइएको छ । साथै नेपाली सेनाले पनि गाडीबाट गस्ती गर्ने निर्णय गरिएको छ ।

लोकप्रिय
अर्को समाचार
कोरोना परीक्षणको शुल्क अनलाइन भुक्तानी गर्दा थप २ सय छुट
२३ साउन २०७७
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
कोरोना परीक्षणको शुल्क अनलाइन भुक्तानी गर्दा थप २ सय छुट

सरकारले तोकेभन्दा कम शुल्कमा कोभिड–१९ को आरटी–पिसिआर परीक्षण गर्दै आएको ‘बिध ल्याब’ले कोरोना परीक्षण गर्दा लाग्ने खर्च अनलाइबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । कोभिड परीक्षणको शुल्क अनलाइनबाट भुक्तानी गर्दा थप २ सय रुपैयाँ छुट पाइने बिध ल्याबले जनाएको छ ।  

कोरोनाबाट जोगिनका लागि भौतिक दूरी नै उत्तम उपाय देखिएका सन्दर्भमा सेवाग्राहीले शुल्क बुझाउनका लागि भौतिक उपस्थित हुनु नपर्ने व्यवस्थाले सम्भावित जोखिम न्यूनीकरणमा सघाउ पुग्ने ल्याबका सञ्चालक विके भण्डारीले जानकारी दिए ।

डिजिटल भुक्तानी सेवा प्रदायक ‘इ–सेवा’ वा ‘खल्ती’ मध्ये कुनै पनि मध्यामबाट आरटी–पिसिआर परीक्षणको शुल्क भुक्तानी गर्न सकिने छ । 'अहिलेको जटिलतालाई मध्यनजर गरेर हामीले अनलाइनबाटै शुल्क भुक्तानी गर्न सकिने गरी व्यवस्था गरेका हौँ', उनले भने, 'यसका लागि इ–सेवा र खल्तीसँग सहकार्य गरिएको छ । जसबाट परीक्षण शुल्क भुत्तानी गर्दा सेवाग्राहीले थप २०० क्यासव्याक पाउनेछन् ।' 

नगद कारोबारबाट समेत कोरोना भाइरस फैलन सक्ने जोखिम रहेकाले अनलाइन भुक्तानी प्रणाली अपनाइएको भण्डारीको भनाइ छ । नगद कारोबार गर्दा कोरोना भाइरस सर्ने सम्भावना उच्च रहेको विभिन्न अध्ययनले पुष्टि गरेका छन् । शुल्क लिएर कोरोना परीक्षण गर्न सरकारबाट अनुमति पाएको बिध ल्याबले सरकारले तोकेभन्दा कम शुल्कमा नै आरटी–पिसिआर परीक्षण गर्दै आएको छ । ल्याबले प्रतिनमूना चार हजार रुपैयाँमा कोरोना परीक्षण गर्दै आएको छ । अनलाइनबाट शुल्क भुक्तानी गर्दा सेवाग्राहीले प्रतिनमूना तीन हजार ८०० रुपैयाँ मात्र तिरे पुग्छ । सरकारीसहित केही निजी प्रयोगशालाले प्रतिनमूना पाँच हजार ५०० रुपैयाँ शुल्क लिएर कोरोना परीक्षण गर्दै आएको छन् ।

सो ल्याबले परीक्षणको नतिजा पनि छिटोछरितो रुपमा उपलब्ध गराइरहेको छ । “परीक्षण गरेको चार घण्टामा नै हामी नतिजा उपलब्ध गराउँछौँ”, सञ्चालक भण्डारीले भने । उक्त ल्याबले एक दिनमा चार हजार २०० नमूना परीक्षण गर्ने सक्ने बताइएको छ ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस