विज्ञ भन्छन्: वीरेन्द्रताल छचल्किदा बुढीगण्डकी नदीको बहाव ६० सेन्टिमिटर बढ्यो
०९ वैशाख २०८१
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
विज्ञ भन्छन्: वीरेन्द्रताल छचल्किदा बुढीगण्डकी नदीको बहाव ६० सेन्टिमिटर बढ्यो
आइतबार बिहान हिमपहिरो झरेको गोरखाको वीरेन्द्रताल। तस्बिर सौजन्यः एमक्याप

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)को संरक्षित क्षेत्रमा पर्छ गोरखाको चुमनब्री गाउँपालिका–१ सामागाउँको वीरेन्द्र ताल। आइतबार बिहानै त्यही तालमा मिसिन मनास्लु हिमालबाट झरेको पहिरो आइपुग्यो। हिमपहिरो मिसिएसँगै तालको पानी ‘ओभरफ्लो’ भएर बग्न थाल्यो ।  

ताल ओभरफ्लो भएर बगेको पानीको आकार यति ठूलो थियो की केही तलको काठेपुल पनि बगायो। वीरेन्द्रतालबाट ओभरफ्लो भएको पानीले सामागाउँबाट साम्दो जाने काठे पुल बगाएको थियो। एमक्याप क्षेत्रको पदयात्रा गर्दै लार्केपास पार गरेर मनाङको धारापानी निस्कने बाटोमा पर्ने पुल बगेपछि त्यस क्षेत्रमा जाने पदयात्री समेत अप्ठ्यारोमा परे। पुल बगेपछि पर्यटकलाई सामागाउँमै होल्ड गरिएको थियो।  

त्यत्ति मात्र नभई तालबाट ओभरफ्लो भएको पानीले तल्लो तटीय क्षेत्रमा समेत क्षति गर्न सक्ने सम्भावना रहेको भन्दै स्थानीय प्रशासन र स्थानीय तहले सतर्कता अपनाउन भनेका थिए। स्थानीयका अनुसार करिब ३६ सय ५० मिटर उचाईमा वीरेन्द्र ताल रहेको छ। जहाँ शनिबार देखि नै माथिबाट झरेको गेग्रान मिसिन थालेको थियो। तर, आइतबार बिहान साढे ८ बजेतिर बढेमानको पहिरो नै मिसियो।

‘मानवीय क्षति त हुन पाएन। तर, करिब एकसय मिटर माथिबाट खसेको पहिरोले तालको पानीको ओभरफ्लो गरायो,’ एकजना स्थाथीयले भने, ‘पहिला तालमै आएर हिमपहिरो मिसियो, त्यसपछि पानी बग्न थालेको हो।’ हिमपहिरोले बोकेर ल्याएको हिउँ पानीमा घुल्दा ताल ओभरफ्लो हुन झनै सहज भएको उनले बताए। ‘तालको पानी ओभरफ्लो भएर बग्दा तल्लो तटमा रहेको काठेपुल बग्यो,’ उनले भने।  

उनका अनुसार निकै नै ठूलो आवाज आउने गरि आइतबार बिहान हिमपहिरो झरेको थियो। ‘अहिले नै स्थानीयलाई कुनै जोखिम त छैन। तर, यो सिरान क्षेत्रमा हिमाल भएकोले अरु पहिरो पनि झरेर तालमा मिसिए जोखिमपूर्ण हुनेछ,’ उनले भने।  

हिमनदी विज्ञ तथा काठमाडौं विश्वविद्यालय वातावरण विज्ञान तथा इन्जिनियरिङ विभागका प्रमुख डा.रिजनभक्त कायस्थका अनुसार वीरेन्द्रताल भन्दा करिब २२ किलोमिटर तल बुढीगण्डकीको ढाप र अझै तलको जगतमा राखिएको स्वचालित जल सतह मापन केन्द्रले आइतबार पानीको सतह करिब ६० सेन्टिमिटर बढेको देखाएको थियो।  

‘नियमित बगिरहेको पानीको सतहमा ६० सेन्टिमिटर बढेको देखियो,’ कायस्थले भने, ‘ताल फुटेको भए यो आकार झनै बढी हुन सक्थ्यो। तर, ताल फुटेको होईन। माथिबाट खसेको हिमपहिरो मिसिएपछि छचल्किएर बाढी आएको हो।’ २२ किलोमिटरको ढापमा आइपुग्दा त ६० सेन्टिमिटर सतह बढेको भएपनि सामागाउँमै त त्यो अकार अझै ठूलो भएको उनले बताए।  

उनका अनुसार यो पटक हिउँ नपरेपनि पुरानो हिउँ थुप्रिएर बसेको छ। अहिले तापक्रम बढिरहँदा त्यो हिउँ पग्लिने र हिमपहिरो आउनसक्ने जोखिम रहेको उनले बताए। ‘अहिलेका लागि क्षति टरेको हो। नत्र जोखिम भने छ। किनकी पहिलाको बरफ जमेर बसेको छ। तातोले त्यो बरफ पग्लेर बाढी आउन सक्छ,’ उनले भने, ‘बेलैमा सचेत नहुने हो भने भविश्यमा क्षति बढ्न सक्छ।’

चुमनुब्री गाउँपालिका–१ का अध्यक्ष कर्मा छेवाङ लामाका अनुसार आइतबारको पहिरोले खासै जोखिम नमोलेपनि जलवायु परिवर्तनले गर्दा आगामि दिनमा अहिले भन्दा अझ बढी खतरा निम्तनसक्ने सम्भावना भने छ। ‘विश्वव्यापी तापक्रम बढिरहेको छ। यो पटक हिउँदमा हिउँ परेन। मनास्लु हिमालको फेँदमा रहेको तालमा माथिबाट अहिले भन्दा पनि झनै भीषण हिमपहिरो खस्न सक्छ,’ लामाले भने, ‘अहिले त तालमा मिसिएर मात्र हो। यो भन्दा भीषण हिमपहिरो खस्यो भने त तालै फुट्न पनि सक्छ। अहिले ताल फुटेको होइन, तालमा पहिरो मिसिँदा ओभरफ्लो भएको मात्र हो।’

अर्को समाचार
जोखिममा हिमताल, सावधानीको खाँचो
१० वैशाख २०८१
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
जोखिममा हिमताल, सावधानीको खाँचो

मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र हिमतालमा आइतबार बिहान हिमपहिरो खस्यो। हिमपहिरोका कारण तालको सतह भरिएर पानी बाहिर बग्न थालेपछि बुढीगण्डकी नदीमा बाढी आउने भयले तटीय क्षेत्रका बासिन्दा त्रसित बने। गृहमन्त्रालयदेखि वडा कार्यालयसम्मले सतर्कता अपनाउन सर्वसाधारणलाई सूचित गरे।

वीरेन्द्र हिमतालबारेका खबरले दिनभरजसो सञ्चार माध्यममा राम्रो स्थान पाए। केही अनलाइन समाचार पोर्टल र सामाजिक सञ्जालमा त हिमताल नै फुटेको अपुष्ट विवरण पनि सार्वजनिक भए। सम्बन्धित क्षेत्रका विज्ञलगायत सरोकार भएका पक्षसम्मको ध्यान वीरेन्द्र हिमतालले खिच्यो।

मनाङको चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार हिमताल फुटेको नभई हिमपहिरो खस्दा तालको पानी छचल्किएर बाहिर बगेको हो।

“तालको पानी बग्न थालेपछि तल्लो क्षेत्रमा पानीको बहाव केही बढेको हो, क्षति हुने गरी कुनै त्यस्तो घटना भएन, साँझसम्म अवस्था सामान्य भइसकेको थियो”, उनले भने, “हिमताल नै फुटेको भए ठूलो विपत् निम्तने खतरा हुन्थ्यो।”

सुक्खा याममा हिमपहिरो खस्नु सोचनीय विषय भने भएको अध्यक्ष लामाले बताए। हिमतालले निम्त्याउने सम्भावित जोखिमबारे आइतबारको घटनाले झक्झकाएको उनको भनाइ छ।

“हिमाली क्षेत्रमा निम्तिन सक्ने प्राकृतिक विपद् रोकथाम र जोखिम न्यूनीकरणमा सरकारको विशेष ध्यान जानु जरुरी छ”, अध्यक्ष लामाले भने, “भोलिका दिनमा हिमनदी र हिमतालकै कारण हिमाली भेगमा अप्रत्याशित घटना नहोला भन्न सकिन्न।”

उनले पछिल्लो समय मनास्लु क्षेत्रमा सानाठूला हिमपहिरोका घटना भइरहेको बताए। प्रधानमन्त्री पुष्पकमल दाहालका जलवायु परिर्वतन तथा वातावरण सल्लाहकार डा. पपुलर जेन्टलले हिमतालको जोखिमलाई कम आँक्न नहुने धारणा राखे।

“पर्याप्त सावधानी र जोखिम न्यूनीकरणमा ध्यान दिन नसकिए अकल्पनीय प्राकृतिक विपत झेल्नुपर्छ”, उनले भने, “जलवायु परिवर्तनको सबैभन्दा ठूलो असर हिमालय क्षेत्रमा परेको छ, हिमपहिरोका घटना बढिरहेका छन्।”

उनले हिमनदी र हिमतालहरू पृथ्वीका लागि पानीको स्रोत भएकाले तिनलाई जोगाउनुपर्ने बताए। सन् २०१५ मा भएको ‘पेरिस सम्झौता’मा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धीका पक्ष राष्ट्रहरूले विश्वव्यापी तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित पार्ने सहमति गरे पनि हिमालय क्षेत्रको तापक्रमले उक्त तह पार गरिसकेको डा.जेन्टलले बताए।

“विश्वव्यापी रूपमा भइरहेको तापमान वृद्धिको सिधा असर हिमाल र सो क्षेत्रको पर्यावरणमा परेको छ, हिमतालहरू जोखिममा रहेको विषयलाई हामीले जोडका साथ उठाइरहेका छौँ, सरकार यसतर्फ संवेदनशील भएर लाग्नुपर्ने आवश्यकता छ”, उनले भने, “हिमतालमा पूर्वसूचना प्रणालीको विकास गर्नुपर्छ, समुदायस्तरमा सचेतनाका कार्यक्रम चलाउनुपर्छ।”  

जलवायु विज्ञ डा. विमल रेग्मीले हिमालय क्षेत्रमा देखिएको पर्यावरणीय असुन्तलनसँग जलवायु परिवर्तनको प्रत्यक्ष सम्बन्ध रहेको बताए। “विश्वव्यापी तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र छ, जसका कारण हिमतालको सतह बढीरहेको छ, नयाँनयाँ ताल बनेका छन्”, उनले भने, “जलवायु परिवर्तनका कारण हिमालय क्षेत्र बढी प्रभावित छ, यहाँ निम्तने प्राकृतिक विपद्ले उपल्लो र तल्लो तटीय क्षेत्रमा कुनैपनि बेला ठूलो विनाश ल्याउन सक्छ।”

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द (इसिमोड) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले संयुक्त रूपमा गरेको अध्ययनले नेपालका २१ हिमताल जोखिममा रहेको देखाएको डा रेग्मीले बताए।

“जोखिममा रहेका २१ मध्ये केही हिमताल उच्च जोखिममा छन्, अध्ययनले ती हिमताल सम्भावित विस्फोटको खतरामा रहेको औंल्याएको छ”, उनले भने, “भविष्यमा आउन सक्ने विपतको सामनाका लागि आवश्यक तयारी र पूर्वसचेतना अपनाउनु आवश्यक छ।”

उक्त अध्ययनअनुसार नेपालमा दुई हजार ८६ हिमताल रहेको पाइएको छ। डा.रेग्मीले उच्च जोखिम पहिचान गरिएका हिमतालको नियमित अध्ययन र अनुगमन हुनुपर्ने बताए।

हिमताल रहेका क्षेत्रमा पूर्वसूचना प्रणाली जडान गर्नुपर्ने उनको भनाइ छ। “मानिस पुग्न नसक्ने ठाउँमा स्याटेलाइट, राडार जस्ता प्रविधिमार्फत हिमतालको नियमित अनुगमन र अध्ययन गर्नुपर्छ”, डा. रेग्मीले भने, “फुट्ने जोखिममा रहेका हिमतालको पानीको सतह घटाउनुपर्छ।”

दोलखाको च्छो रोल्पा र सोलुखुम्बुको इम्जा हिमतालमा पानीको सतह घटाएर जोखिम न्यूनीकरण गरिएको उदाहरण दिँदै अन्य हिमतालको जोखिमलाई पनि त्यसैगरी कम गर्न सकिने उनले बताए।

“हिमतालको सतह घटाउने परियोजना निकै महङ्गो भए पनि सरकारले दातृ निकायसँग मिलेर यो काम गर्न सक्छ”, उनले भने, “हिमालय क्षेत्रमा खतराको घण्टी बजिरहेकाले सङ्कट सामनाका लागि तयार रहनुको विकल्प छैन।”

‘इसिमोड’ र ‘यूएनडिपी’को अध्ययनअनुसार च्छो रोल्पा, इम्जा, मनास्लु हिमशृङ्खलाको ठुलागी, वरुण, चामलाङलगायतका हिमताल उच्च जोखिममा छन्। माटो, बालुवा र गेग्रानसहितको संवेदनशील भूगोलमा हिमतालहरू रहेकाले जुनसुकै बेला हिमताल फुट्ने र बाढीपहिराको रूप लिन सक्ने डा.रेग्मीले बताए।

“स्थानीय बासिन्दामा पनि यसबारे जनचेतना अभिवृद्धि गराउनु आवश्यक छ, नदी छेउछाउको बसोबासलाई अन्यत्रै पुनःस्थापना गर्नुपर्छ”, उनले भने।

विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालय क्षेत्रमा सङ्कट गहिरिंदै गएको डा. रेग्मीले बताए। अहिलेकै गतिमा हिउँ पग्लिँदै गएमा आउँदा केही दशकमा नेपालका हिमालहरू कालापत्थरमा परिणत हुने उनको भनाइ छ।

विश्वव्यापी तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित पार्दा पनि यही शताब्दीको अन्त्यसम्ममा हिन्दुकुश–हिमालय क्षेत्रको ३६ प्रतिशत हिउँ भण्डार रित्तिने (इसिमोड)को अध्ययनले देखाएको डा.रेग्मीले बताए।

“अहिले नै विश्वव्यापी तापक्रम एक दशमलव एक डिग्री सेल्सियसले वृद्धि भएरहेको छ, पृथ्वीको तापमान दुई डिग्रीले बढ्ने हो भने हिमालय क्षेत्रको आधा हिउँ सकिने उक्त अध्ययनको निचोड छ”, डा. रेग्मीले भने, “हरित ग्यास उत्सर्जनलाई नियन्त्रण गर्न विश्वले उपयुक्त कदम नचाल्ने हो भने हिमालय क्षेत्रमा गम्भीर सङ्कट निम्तने खतरा छ, कुनै दिन हिमालको अस्तित्व नै नासिन सक्छ।”

पृथ्वीको तापमान बढ्नुको मुख्य कारण हरित ग्याँसको उत्सर्जन रहेको डा.रेग्मीको भनाइ छ। “तापमान वृद्धिका कारण निम्तिएको जलवायु सङ्कटको ठूलो मार हिमालय क्षेत्रमा परिरहेको छ”, उनले भने, “हिमालय क्षेत्रको तापक्रम अन्य क्षेत्रको भन्दा पाँच गुणा बढी अर्थात् बर्सेनि ०.००६ प्रतिशतले बढिरहेको छ।”

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस