जलवायु परिवर्तनको असरः हिमाली जिल्लामा बढ्दै प्राकृतिक विपद्
३२ साउन २०८०
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
जलवायु परिवर्तनको असरः हिमाली जिल्लामा बढ्दै प्राकृतिक विपद्

–२०७१ असोजमा हिमाली जिल्ला मुस्ताङ र मनाङको सीमाक्षेत्रमा भीषण हिमपात भयो। हुदहुद नामक आँधीमा परेर त्यो बेला कम्तीमा ४० जनाले ज्यान गुमाए।  

–२०७८ असार पहिलो साता मनाङमा बाढीले धेरैलाई उठीबास लगायो। मस्र्याङ्दी नदी किनारका धेरै बासिन्दाले सास्ती पाए। मनाङ पुग्ने एकमात्र मोटरबाटो महिनौं ठप्प भयो। अझै पनि सडक सहज भइसकेको छैन।

–२०७८ कात्तिक २८ गते मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा हिमपहिरो गयो। धौलागिरी हिमशृंखलाअन्तर्गतको टुकुचे पिक (६९२० मिटर) बाट झरेको हिमपहिरोमा परेर केही मानिस घाइते भए।  

–२०७८ फागुन २१ मा मुस्ताङको थासाङ गाउँपालिका–२ मा पुनः हिमपहिरो गयो। टुकुचे पिकबाट झरेको हिमपहिरोले मानवीय क्षति नभए पनि चौरी भने मरेका थिए।  

हिमालपारिको जिल्ला भनेर चिनिने मनाङ र मुस्ताङमा आइलागेका प्राकृतिक विपद्का यी केही उदाहरण हुन्। मनाङ र मुस्ताङले प्राकृतिक प्रकोपको मार निरन्तर खेपिरहेका छन्। यसैक्रममा गत आइतबार मुस्ताङले पुनः अर्काे विपद्को सामना गर्नुपर्यो। खहरे खोलामा आएको बाढीले वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४ मा पर्ने कागबेनी बजार केहीछिनमै तहसनहस बनायो। बाढीले बस्ती बगाउँदा धेरैको उठीबास लाग्यो। मानवीय क्षति नभए पनि निजी र सरकारी भौतिक पूर्वाधारमा क्षति भएको छ। आइतबार बेलुकी खहरे खोलामा आएको बाढीले हेर्दाहेर्दै बस्तीलाई बगर बनायो। मुस्ताङमा खहरे खोलामा यसरी बाढी आएर घरबारै बगाउला भनेर धेरैले सोचेका थिएनन्।  

‘नपत्याउने खोलाले योपटक सिंगो बस्ती नै बगाएको छ। संयोगवश मानवीय क्षति भएन तर ठुलो आकारमा भौतिक नोक्सानी भएको छ,’वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४ का अध्यक्ष कर्म घ्यचो गुरुङले भने, ‘यो खहरेमा बाढी आएर बस्ती बगाउला भन्ने कसैले सोचेका पनि थिएनन्। हेर्दाहेर्दै बाढी बस्तीमा पस्यो, बस्ती बगर बन्यो।’  

मुक्तिनाथ क्षेत्रबाट आएको झोङखोलाले कागबेनीमा वितन्डा मच्चाएको हो। ‘भौतिक क्षति कति भयो भन्ने अहिलेसम्म यकिन छैन। निकै कम वर्षा हुने मुस्ताङमा बाढीले तहसनहस बनायो,’गुरुङले भने। उनका अनुसार सुरुमा सामान्य बढेको खोलाले ठुलो आकारमा भौतिक क्षति गर्ला भनेर कसैले अनुमान गरेका थिएनन्। बेलुकी ५ बजेतिर खोला केही धमिलो र बढेको थियो। सातबजेतिर त बस्ती नै सखाप पार्नेगरी बाढी आएको उनले बताए। ‘खहरे खोलाको बाढीले यो पटक बढी क्षति पुर्यायो,’उनले भने।

मुस्ताङको खहरेमा आएको बाढीले कागबेनी बजार केहीछिनमै तहसनहस बनायो । यसबाट खोलानजिकै बस्ती बसाल्न नहुने र विश्वव्यापी तापमानको असरबाट जोगिन योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने शिक्षा मिलेको छ । 

गाउँपालिकाका प्रवक्ता प्रमेश गुरुङका अनुसार झोङखोलाको मुहान कागबेनीबाट करिब ८ किलोमिटर माथि झोङमा पर्छ। झोङ गाउँपालिकाको २ नम्बर वडामा पर्छ। झोङमा बस्ती भए पनि खोलाभन्दा निकै माथि छ। खोला किनारमा बस्ती नभएकाले पनि बहाव बढेको वा लेदो बगेको भन्ने हत्तपत्ति थाहा नपाएको उनले बताए। ‘यो खोलामा बेलाबेला बाढी आउँथ्यो। तर अहिले अधिक नै आयो,’उनले भने। उनका अनुसार कागबेनीमा रहेका घर खोलाको नजिक भएकाले बाढी पस्यो। खोलाको नजिक बस्ती बसाल्नु नै गलत भयो।’लेदो रोकिँदै, बग्दै गर्दा क्षति भएको उनले बताए। ‘लेदो एकैपटक बग्दैन, रोकिँदै बग्छ,’उनले भने, ‘लेदोसहितको बाढीले सखाप पार्यो। मानवीय क्षति हुन पाएन। मध्यरातमा बाढी आएको भए मानवीय क्षति पनि हुन सक्थ्यो।’ बाढीले घर, होटल, मन्दिर, आश्रम, विद्यालय तथा प्रहरी चौकी गरी ३१ वटा संरचना बगाएको मुस्ताङ जिल्ला प्रशासनले जनाएको छ।  

लेतेबाटै सुरु हुन्छ अनुपम भूवनोटको मुस्ताङ जिल्ला। जोमसोम हुदैं कागबेनी पुल तरेपछि मात्र लोमान्थाङ यात्रा तय हुन्छ। कागबेनीबाट उक्लिएपछि पवित्र धार्मिकस्थल मुक्तिनाथ पुगिन्छ। प्रकृतिको अनुपम ठाउँ मुस्ताङलाई बेलाबेलामा प्राकृतिक प्रकोपले रुवाएको छ। मुस्ताङ ‘स्याडो रेन जोन’हो। तर पछिल्लो समय मुस्ताङको परिचय फेरिदैं गएको त्यहाँका बासिन्दाले बताएका छन्। जलवायु परिवर्तनको असर बढ्दै जाँदा मुस्ताङ अहिले ‘रेन जोन’बन्दै गएको छ। पानी पर्न थालेपछि माटोको सहर विस्तारै कंक्रिटमा बदलिन सुरु भइसकेको छ। माटोले छाएका घर चुहिन थालेपछि जस्तापाताले छाउन सुरु भएको एक दशकजति भएको छ। त्यसभन्दा अघि अधिकांश घर माटोले छाइएका हुन्थे।  

खोलाको नजिक बस्ती बसाल्नु नै गलत भयो।’लेदो रोकिँदै, बग्दै गर्दा क्षति भएको उनले बताए। ‘लेदो एकैपटक बग्दैन, रोकिँदै बग्छ,’उनले भने, ‘लेदोसहितको बाढीले सखाप पार्यो। मानवीय क्षति हुन पाएन। मध्यरातमा बाढी आएको भए मानवीय क्षति पनि हुन सक्थ्यो।’

जल तथा मौसम विज्ञान कार्यालय पोखराका मौसमविद् मीनकुमार अर्यालका अनुसार जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली जिल्लामा देखिन थालेको छ। मुस्ताङमा पछिल्लो समय नियमित रूपमा वर्षा हुन थालेको छ। ‘प्राकृतिक प्रकोपका घटना हिमाली जिल्लामा बढिरहेका छन्,’अर्यालले भने, ‘जलवायु परिवर्तन मुख्य कारण मान्न सकिन्छ।’  

भूगर्भविद् श्रीकमल द्विवेदी पनि हिमाली क्षेत्र तातिँदै जाँदा प्राकृतिक विपद् निम्तिन थालेको बताउँछन्। ‘हिमाली क्षेत्रमा ग्लोबल वार्मिङको असर देखिने थालेको छ,’उनले भने। द्विवेदीका अनुसार हिमाली जिल्लामा माटो पनि हिउँजस्तै जमेर बसेको हुन्छ। तातो बढेपछि हिउँ र जमिन पग्लेर पहिरो जान्छ। त्यसबाहेक हिउँ मात्र पर्ने ठाउँमा अहिले बढी पानी पर्न थालेको छ, त्यो पनि छोटो समयाम धेरै वर्षा हुने गरेको छ। यो ग्लोबल वार्मिङकै असर भएको उनको ठम्याइँ छ। ‘प्राकृतिक प्रकोपको असर हिमाली जिल्लामा देखिन थालेको छ। बारम्बारका प्राकृतिक विपद्का घटनाक्रमले पनि यस्तै देखाउन थालेको छ। अहिले खहरे खोलामा आएको बाढी पनि त्यसैको निरन्तरता हो,’ उनले भने। उनका अनुसार चिसो क्षेत्रमा छोटो समयमा ठुलो वर्षा हुँदा पानीको तापक्रम बढी हुन्छ, जसले बरफ र जमेर बसेको जमिनसमेत पगाल्छ र बाढी निम्त्याउँछ।  

अर्को समाचार
बाक्लो हिमपातले मुस्ताङ र मनाङमा सकस
१८ मंसिर २०८०
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
बाक्लो हिमपातले मुस्ताङ र मनाङमा सकस
हिमाली जिल्ला मुस्ताङमा परेको हिमपात। तस्बिरः नागरिक

सिजनको पहिलो हिमपातले हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ। हिमालपारिको जिल्ला मनाङ र मुस्ताङमा यो वर्षकै पहिलो पटक हिमपात भएको प्रहरीले बताएको छ। मुस्ताङको माथिल्लो भेगमा एक फिटसम्मको बाक्लो हिउँ परेको छ। हिमपातले ती जिल्लामा चिसो पनि बढेको छ।

मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेका अनुसार सोमबार बिहानैदेखि हिउँ पर्न थालेको हो। बाक्लो हिउँ परेका कारण कागबेनी–मुक्तिनाथ सडक समेत अवरुद्ध भएको छ। कागेबेनीदेखि मुक्तिनाथ उक्लिो बाटोको सेल्फीडाँडा क्षेत्रमा हिमपातका कारण सडक अवरुद्ध भएको डिएसपी पाण्डेले बताए।

‘मुक्तिनाथ–कागबेनी सडक अवरुद्ध भएको छ। खुलाउने प्रयास भइरहेको छ। त्यो खण्डमा कालोपत्रे सडक रहेको र हिउँमा चिप्लिएर गाडी गुड्न सक्ने अवस्था छैन,’ उनले भने, ‘सडक खुलाउन सहजीकरण गर्नका लागि प्रहरीको टिम नै खटिएको छ।’ 

उनका अनुसार सोमबार बिहान ६ बजेदेखि परेको हिमपात अझै रोकिएको छैन। चिसो पनि अधिक नै बढेको छ।

डिएसपी पाण्डेका अनुसार मुक्तिनाथ मन्दिर क्षेत्रमा पनि बाक्लो हिमपात भएको छ। सदरमुकाम जोमसोम भन्दा तलको भेगमा भने खासै हिउँ परेको छैन। त्यस्तै माथिल्लो भेग लोमान्थाङ क्षेत्रमा पनि एकफिट बाक्लोसम्म हिउँ परेको उनले बताए। 

‘माथिल्लो क्षेत्रमा त झनै बाक्लो हिउँ परेको छ,’ उनले भने। उनका अनुसार हिमपात भएपछि तापक्रम पनि निकै नै घटेको छ। सदरमुकाम जोमसोम क्षेत्रको तापक्रम माइनस ४ मा झरेको छ। त्यसैगरि पोखरा–जोमसोम उडान पनि प्रभावित भएको छ। दुईवटा उडान तालिका भएपनि सोमबार एउटा मात्र उडान भएको छ। मौसम बिग्रेपछि एक उडान रोकिएको छ।

‘डाँडाभरि सेताम्य हिउँ परेको छ, डाँडाकाँडा सेताम्य भएका छन्। तल्लो भेगमा हिमपातले खासै असर नपरे पनि माथिल्लो भेगमा भने जनजीवन प्रभावित भएको छ,’ उनले भने, ‘हिमपात भएपनि सदरमुकाम जोमसोमदेखि तल भने गाडी पनि नियमित चलिरहेका छन्।’

त्यस्तै अर्को हिमाली जिल्ला मनाङमा पनि हिमपात भएको प्रहरीले बताएको छ। मनाङका प्रहरी निरीक्षक विजय तिमिल्सेनाका अनुसार सदरमुकाम चामेमा केही र माथिल्लो भेगमा हिमपात बढी छ। माथिल्लो मनाङ क्षेत्रमा झनै बाक्लो हिमपात भएको उनले बताए। 

‘सदरमुकाम क्षेत्रमा ६/७ इन्चसम्म हिमपात भएको छ। चिसो पनि बढेको छ,’ उनले भने।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस