दाहालको दाबी: एमसिसी रोक्न धेरै प्रयास गर्‍यौँ, के-के गर्‍यौँ अब भन्न जरुरी रहेन
२१ साउन २०८२
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
दाहालको दाबी: एमसिसी रोक्न धेरै प्रयास गर्‍यौँ, के-के गर्‍यौँ अब भन्न जरुरी रहेन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहायता नियोग(एमसिसी) जस्ताको तस्तै अनुमोदन हुनबाट रोक्न धेरै प्रयास गर्नुपरेको दाबी गरेका छन्। बुधबार ‘नेपालमा एमसिसी’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो दाबी गरेका हुन्। 

‘त्यति बेला हामी नेकपा माओवादी केन्द्र थिएनौँ, नेकपा थियौँ। नेपाल कम्युनिस्ट पार्टी(नेकपा) भएको बेला थियो,’ दाहालले स्मरण गर्दै भने,‘यो विषयमा निकै चर्चा चलेको र यो विषयमा पार्टीले आफ्नो धारणा स्पष्ट पार्नुपर्छ भनेर किनकि पार्टीमा सबैको बुझाई एकै खालको थिएन। त्यस कारण एकै किसिमको धारणा बनाउनुपर्छ भन्ने छलफल चलेको केन्द्रीय समितिको बैठकको अध्यक्षता मैले गरेको थिएँ।’ 

त्यो पनि नेकपा भएपछि कार्यकारी अध्यक्षमा रूपमा आफूले अध्यक्षता गरेको एक मात्रै बैठक रहेको उनले बताए। ‘त्यही बैठकबाट मेरै प्रस्तावमा यो बारेमा अध्ययन गरेर सुझाव प्रतिवेदन पेस गर्ने भनेर एउटा केन्द्रीय कार्यदल पनि बनेको थियो,’ अध्यक्ष दाहालले भने। 

त्यो कार्यदलले अध्ययन गरेर कार्यदल बुझाएको पनि उनले स्मरण गरे। उनले भने, ‘जो यथास्थितिमा एमसिसीलाई अनुमोदन गर्न हुँदैन, यो राष्ट्रका हितमा छैन सारसहितको प्रतिवेदन कार्यदलले बुझाएको थियो।’ 

एमसिसीलाई रोक्न त्यो बेला आन्दोलन गर्ने र आन्दोलनको नेतृत्व गर्ने प्रमुख पार्टी नेकपा माअ‍ोवादी केन्द्र नै रहेको दाहालले दाबी गरे। एमसिसीलाई जस्ताको तस्तै सदनबाट पारित हुन नदिन माओवादी केन्द्रले गरेका प्रयास धेरै रहेको पनि उनले दाबी गरे। ‘जसको व्याख्या अहिले गर्न सम्भव पनि छैन, अब आवश्यक पनि छैन,’ उनले भने। 

अर्को समाचार
दाहालको खुलासा: एमसिसी रोक्न देउवा सरकार ढाल्न खोजेँ, ओलीले अपमान गरे
२१ साउन २०८२
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
दाहालको खुलासा: एमसिसी रोक्न देउवा सरकार ढाल्न खोजेँ, ओलीले अपमान गरे

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसिसी रोक्न कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकार ढाल्न कोसिस गरेको खुलासा गरेका छन्। बुधबार माओवादी केन्द्रका नेता लीलामणि पोखरेलद्वारा लिखित ‘नेपालमा एमसिसी’ नामक पुस्तक विमोचन गर्दै अध्यक्ष दाहालले यस्तो खुलासा गरेका हुन्। 

‘एमसिसीमा सबैभन्दा दबाब माओवादी केन्द्रलाई थियो,’ दाहालले भने, ‘त्यो बेला एमसिसी रोक्ने हो भने एमालेलाई सरकारको नेतृत्व दिएर बाहिरबाट समर्थन दिन पनि तयार छौँ भनेका थियौँ।’ एमसिसीको विषय राष्ट्रिय महत्वको धेरै ठुलो विषय भएकाले त्यसो गरिएको उनले दाबी गरे।  

त्यसका लागि आफूसहितका चार जना नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै प्रस्ताव राखेको दाहालले खुलासा गरे। त्यसमा आफू, अहिलेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अहिलेका महासचिव देव गुरुङ र शक्ति बस्नेत गएको उनले बताए। 

‘तर, यति नमिठो यति तितो, यति अपमानजनक भाषा प्रयोग गर्नुभएको कि कांग्रेसभन्दा त धेरै बढी रहेछ उहाँहरूको,’ दाहालले भने।

सँगै एमालेबाट चार बुँदे जवाफ आएको पनि उनले सुनाए। उनले भने, ‘त्यसो भन्दा अहिलेका प्रधानमन्त्रीले अन्य कुरा त भन्नु भो भन्नु भो, फुल स्टप र कमा पनि चेन्ज गर्न आवश्यक छैन, एमसिसी जस्ताको तस्तै पास गरिन्छ भनेपछि र हामी तयार नहुने हो भने नेपाली कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने र यसलाई अत्यधिक बहुमतले पारित गर्ने भनेपछि सबैभन्दा ठुलो अप्ठेरो परिस्थितिमा नेकपा माओवादी केन्द्र प¥यो।’

तर, आफूले अन्तिम समयसम्म जस्ताको तस्तै त एमसिसीलाई समर्थन गर्न नसक्ने भनेको उनले दाबी गरे। आफ्ना त्यति बेलाका वक्तव्य हेर्न पनि उनले आग्रह गरे। ‘साथीहरूलाई सडकमा पनि आवाज उठाइराख्न निर्देशन दिइएको थियो,’ उनले भने।

त्यो अवस्थामा माओवादी केन्द्रले अन्तिमसम्म गर्न सक्ने गरेको अध्यक्ष दाहालले बताए। ‘अब त जसरी पनि पास त हुने नै भयो। सदनबाट हामीले रोक्न सक्ने स्थिति भएन,’ उनले भने,‘कांग्रेस र एमाले मिलेपछि बहुमत भइहाल्छ।’ 

एमसिसी अनुमोदन गर्न कांग्रेस दृढ अडानमा रहेको एमाले नेतृत्वमा रहेका ओली झन् कडा सुनिएको उनले बताए। ‘एमालेसँगै हिजो कार्यदल बनाएको, समझदारी बनाएकाले आस गरेको, उ त झन् कडा! कांग्रेसभन्दा केपी ओली त झन् कडा। केही चेन्ज गर्न आवश्यक छैन भन्दिए’, उनले भने। 

‘आइपिएसको सदस्य बनाउने एमाले’

एमाले एमसिसीमा त्यति कडा हुनुमा अमेरिकाको इन्डो प्यासिफिक रणनीति(आइपिएस)को सदस्य बनाउने पार्टी हुनु रहेको दाहालले आरोप लगाए। ‘किनकि आइपिएसको सदस्य बनाउने पनि उहाँहरू नै हो। एसपिपीसम्म पनि सैद्धान्तिक सहमति गराउने पनि उहाँहरूले भएकाले गर्नुभएन,’ उनले भने। 

त्यसपछि माओवादी केन्द्रसँग अन्तिममा बहिस्कार गर्ने, उठेर हिँड्ने, भोटिङमा भाग नलिने बाटो रहेको दाहालले सुनाए। ‘तर हामीले जेजे गरे नि त्यो अनुमोदन त भई नै सक्थ्यो हामीले त्यसलाई रोक्ने र त्यसैको निम्ति विद्रोह र क्रान्ति गर्न सक्ने स्थिति पनि थिएन,’ उनले भने। 

अनि त्यही बेलामा बुद्धिजीवी कानुन व्यवसायीले अलिकति ‘फेस सेभ’ हुने ठाउँ देखिने गरी व्याख्यात्मक टिप्पणीको विकल्प ल्याएको दाहालले बताए। व्याख्यात्मक टिप्पणीले भोलि पनि आन्दोलन गर्न सक्ने बाटो दिएको उनको टिप्पणी छ। 

लामो विवाद चलेको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) कम्प्याक्ट १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित २०७८ फागुन १५ गते प्रतिनिधिसभाबाट अनुमोदन भएको थियो। त्यो बेला माओवादी केन्द्रलगायतका दलको सहयोगमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री थिए। २०७४ को निर्वाचनपछि बनेको नेकपा विभाजनपछि एमाले प्रतिपक्षमा थियो। 

त्यही बेला एमसिसी बहसका बेला तत्कालीन पाँच दलीय गठबन्धनमा ठुलो मतभिन्नता सिर्जना भएको थियो। त्यही विषयको खुलासा दाहालले अहिले गरेका हुन्। 

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस