निर्वाचन आयोगले कल सेन्टर संचालनमा ल्यायो
२८ असोज २०७९
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
निर्वाचन आयोगले कल सेन्टर संचालनमा ल्यायो

निर्वाचन आयोगले कल सेन्टर संचालनमा ल्याएको छ। आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्बन्धि जिज्ञासा सम्बोधन गर्ने प्रयोजनका लागि सो कल सेन्टरको शुभारम्भ गरिएको हो। 

कल सेन्टरबाट सेवा लिनका लागि निःशुल्क ११०२ टोल फ्रि नम्बरको पनि व्यवस्था गरिएको छ। शुक्रबार आयोगको कार्यालय कान्तिपथमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कल सेन्टर र ई–बुलेटिन सेवाको उद्घाटन गर्दै त्यसबाट भरपुर लाभ लिनका लागि सबैलाई आग्रह गरे। त्यस अवरमा उनले आयोग निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आवश्यक तयारीमा केन्द्रित रहेको जानकारी समेत दिए। प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘यसबाट भरपुर सेवा लिनका निमित्त सबैप्रति म हार्दिक आग्रह गर्दछु। मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने काममा आयोग केन्द्रित रहेको जानकारी पनि गराउन चाहन्छु।’

कल सेन्टरमा निर्वाचनसम्बन्धि सबै जिज्ञासाहरु सम्बोधन हुने गरी आवश्यक जनशक्तिको पनि व्यवस्थापन गरिएको निर्वाचन आयोगले जनाएको छ।

लोकप्रिय
अर्को समाचार
समानुपातिकमा कति मत खस्यो?
१२ मंसिर २०७९
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
समानुपातिकमा कति मत खस्यो?

निर्वाचन भएको एक साता बितिसक्दा पनि निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ खसेको कुल मत संख्या सार्वजनिक गर्न सकेको छैन। मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभामा खसेको समानुपातिक मतको कुल तथ्यांक आयोगले सार्वजनिक गर्न नसकेको हो। देशभरिबाट प्राप्त समानुपातिक मतका आधारमा राजनीतिक दलको सिट निर्धारण हुने भएकाले कति मत खस्यो भन्ने विषयमा धेरैको चासो बढेको छ। कुल सदर मतका आधारमा ३ प्रतिशतभन्दा कम ल्याउने राजनीतिक दलको मत खेर जाने भएकाले पनि समानुपातिक मतबारे आम चासो बढेको हो।

निर्वाचन आयोगले प्रत्यक्षतर्फ ६१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ तर समानुपातिकतर्फ कति मत खस्यो भनेर केही पनि बताएको छैन। आइतबार साँझसम्म समानुपातिकतर्फको ९० लाखभन्दा बढी मत गनिसक्दा खसेको कुल मतबारे आयोगले कुनै तथ्यांक सार्वजनिक गरेको छैन।

यसपटक कुल मतदाता १ करोड ७९ लाख ८८ हजार ७५० भएको आयोगले जनाएको छ। कुल मतदाताको ६१ प्रतिशत १ करोड ९ लाख ७३ हजार एक सय ३७ हुन आउँछ। समानुपातिकमा भने प्रत्यक्षतर्फभन्दा बढी मत खसेको छ। किनकि निर्वाचनमा खटिएका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जेलमा रहेका कैदीबन्दीले समेत समानुपातिकमा मत खसाल्ने मौका पाएका थिए। त्यसकारण पनि समानुपातिकमा प्रत्यक्षतर्फ भन्दा बढी मत खसेको हो। तर अहिलेसम्म यति मत खस्यो भनेर आयोगले तथ्यांक सार्वजनिक गरिसकेको छैन।

निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले सबै मतगणना नभएसम्म तथ्यांक सार्वजनिक गर्न सम्भव नहुने बताए। ‘यकिन तथ्यांक सबै मतगणना भइसकेपछि मात्रै आउँछ। कुनै पनि जिल्लाको परिणाम तलमाथि भएको हुन सक्ने भएकाले समानुपातिकतर्फ खसेको मत तथ्यांक सार्वजनिक नगरिएको हो,’ उनले भने, ‘अपडेट भइरहेको छ। गणना भएका जिल्लाको मात्रै तथ्यांक सार्वजनिक गर्नुले कुनै अर्थ पनि राख्दैन।’ उनका अनुसार प्रत्यक्षतर्फ र समानुपातिकमा ६१ प्रतिशत अनुमानित हो। सबै मतगणना भइसकेपछि मात्रै कुल खसेको मतको तथ्यांक आयोगले सार्वजनिक गर्ने उनले स्पष्ट पारे।

निर्वाचन आयोगले आइतबारसम्म सार्वजनिक गरेको तथ्यांकअनुसार समानुपातिकतर्फ देशभरिबाट एमालेले २४ लाख ८८ हजार बढी मत प्राप्त गरेको छ। दोस्रोमा रहेको कांग्रेसले २३ लाख ६३ हजार बढी मत ल्याएको छ। समानुपातिकतर्फ तेस्रो स्थानमा माओवादी केन्द्रले १० लाख ३८ हजार बढी मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ५० हजार बढी मत ल्याएको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ३८ हजार बढी मत ल्याएको छ भने जनता समाजवादी पार्टीले ३ लाख ११ हजार बढी समानुपातिक मत ल्याएको छ।

नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले समानुपातिकतर्फ २ लाख ४५ हजार बढी मत ल्याएको छ। प्रत्यक्षतर्फ १० सिट जितेको नेकपा एसले समानुपातिकतर्फ हालसम्म गणना भएको सदर मतको ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाएको छैन । दोलखा, बाजुरा र स्याङ्जा २ मा भने मतगणना हुन सकेको छैन।

कसको कति सिट आउला?

प्रतिनिधिसभामा ११० सिट समानुपातिकतर्फबाट निर्वाचित हुनुपर्ने संवैधानिक व्यवस्था छ। दलहरूले समानुपातिकका लागि यसअघि नै निर्वाचन आयोगमा बन्दसूची बुझाइसकेका छन्। सोही बन्दसूचीका आधारमा समानुपातिक पद्धतिबाट ३३ प्रतिशत महिला पुग्नेगरी दलहरूले संसद्मा प्रतिनिधित्व गराउनुपर्नेछ।

कुन दलले कति सिट ल्याउँछन् भनेर धेरैका लागि चासोको विषय बनेको छ। समानुपातिकतर्फ आइतबारसम्म गणना भएकोे मत हेर्दा ६ दलले ३ प्रतिशत कटाएका छन्। ६ वटा दलले पाएको मतलाई शतप्रतिशत मान्दा प्रतिनिधिसभामा एमालेले ३५, नेपाली कांग्रेसले ३४, माओवादी केन्द्रले १५, राष्ट्रिय स्वतन्त्र पार्टीले १५ सिट पाउने अनुमान गरिएको छ। त्यसैगरी राप्रपाले ८ र जनता समाजवादीले ४ सिट समानुपातिकतर्फ ल्याउन सक्ने देखिन्छ।

सिट बाँडफाँट आधार

दलले ल्याएको कुल सदर मतमध्ये तोकिएको सूत्रका माध्यमबाट सिट संख्या निर्धारण हुनेछ। राजनीतिक दलहरूले प्राप्त गर्ने समानुपातिकतर्फको मतबाट प्रतिनिधिसभामा ११० जना सदस्य निर्वाचित हुन्छन्। समानुपातिकतर्फ दलले ल्याएको सदर मतको अनुपातमा सिट बाँडफाँट हुने व्यवस्था छ। समानुपातिक प्रणालीमा देशको कुल भूभागलाई एक निर्वाचन क्षेत्र मानिन्छ। त्यसअन्तर्गत मतदाताले देशभरिबाट राजनीतिक दललाई मत दिन्छन्। दलले ल्याएको कुल सदर मतमध्ये तोकिएको सूत्रको माध्यमबाट समानुपातिक उम्मेदवारका लागि दलको सिट संख्या निर्धारण हुन्छ। कुल सदर मतको ३ प्रतिशत कटाउने दलहरूले प्राप्त गरेको सबै मतलाई शतप्रतिशत मानेर ११० ले भाग गर्दा कुन दलको भागमा जति प्रतिशत हुन आउँछ, सोही आधारमा सिट संख्या निर्धारण हुन्छ।

प्रतिनिधिसभाका लागि कुनै ‘क’ दलले प्रत्यक्षतर्फबाट कम्तीमा एउटा सिट जितेको र समानुपातिकमा ३ प्रतिशतभन्दा कम मत प्राप्त गरेको खण्डमा उसले संसद्मा प्रवेश पाए पनि राष्ट्रिय दलको मान्यता भने पाउन सक्दैन। त्यस्तो स्थितिमा समानुपातिकमा ‘क’ दलले पाएको ३ प्रतिशतभन्दा कम मतको कुनै गणना हुँदैन। कुनै ‘ख’ दलले प्रत्यक्षतर्फ एक सिट पनि नजितेको तर समानुपातिकमा ३ प्रतिशतभन्दा बढी मत ल्याएको खण्डमा पनि राष्ट्रिय दलको मान्यता दिइन्न। तथापि समानुपातिकबाट  भागमा परेको संख्यामा सिट लिएर संसद् प्रवेशको अवसर भने प्राप्त हुन्छ।

कुनै ‘ग’ दलले प्रत्यक्षतर्फ एक सिट पनि जितेन र समानुपातिकतर्फ पनि ३ प्रतिशतभन्दा कम मत ल्याएको अवस्थामा उक्त दलको सबै मत खेर जान्छ। अर्थात्, उसले पाएको मतको सिट बाँडफाँटका लागि कुनै गणना हुँदैन। प्रदेशसभामा भने समानुपातिक प्रणालीबाट प्रतिनिधित्व गर्न दलले ३ प्रतिशतको आधा अर्थात् १.५ प्रतिशत मत ल्याउनैपर्ने हुन्छ । कुल सदर मतका आधारमा समानुपातिकतर्फको सिट बाँडफाँट हुने व्यवस्था छ। २०७४ सालमा समानुपातिकतर्फ ९५ लाख ८ हजार १४४ मत सदर भएको थियो। खसेको मत र दलहरूले ल्याएको मतलाई हेर्दा १० प्रतिशत मत बदर भएको थियो।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस