यादवलाई अवसरसँगै चुनौती
१८ भदौ २०७९
६ मिनेट पाठ
संग्रह
Email
ईमेल
यादवलाई अवसरसँगै चुनौती

मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारका लागि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको नाम मधेस प्रदेशका ६ वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ। जसपाको जनाधार बलियो मानिएका प्रदेश २ का सिरहा र बाराका दुई–दुईवटा क्षेत्र तथा धनुषा र सप्तरीका एक–एक क्षेत्रबाट यादवको नाम सिफारिस भएको हो। उम्मेदवारका लागि उनको नाम प्रदेश १ को मोरङ जिल्लाबाट पनि सिफारिस भएको छ।

जसपा कार्यकारिणी समितिका एक सदस्य भन्छन्, ‘उम्मेदवार बन्न अध्यक्ष उपेन्द्र यादवको नाम धेरै जिल्लाबाट सिफारिस भएको छ तर उहाँ चुनाव लड्ने भनेको सप्तरीको २ नम्बर क्षेत्रबाट हो।’ उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका हुन्। मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा पनि सप्तरी–२ बाट निर्वाचित भए उनले इतिहास रच्नेछन्। कारण यो क्षेत्रबाट दोहोरिएर कसैले पनि चुनाव जितेका छैनन्। २०४८ सालदेखि २०७४ सम्म भएका निर्वाचनमा कोही पनि यो क्षेत्रबाट दोहोरिएर निर्वाचित नभएकाले यादवका लागि इतिहास रच्ने सुनौलो अवसर छ।’

तर यसपालि चुनाव जित्न उनलाई पहिलाजस्तो सहज छैन। कारण धरै छन्। पहिलाजस्तो यसपालि मधेसमा आन्दोलनको रापताप छैन। दोस्रो, जसपा नेतृत्वको मधेस प्रदेश सरकारको छवि बदनाम बनेको छ। तेस्रो, मधेस आन्दोलनका क्रममा उठेका मुद्दाको पक्षमा यादव अडिग छैनन्। जसपामा दुईदुईपटक भएको विभाजनले पनि मधेसीजनको मन फाटेको छ। जसको नकारात्मक असर निर्वाचनमा पर्न सक्ने आकलन राजनीतिक जानकारको छ। सप्तरीमा प्रभावशाली मानिएकी नेत्री रेणु यादवको मौनताले पनि यादवलाई सप्तरी–२ मा जित्न सहज नहुने स्थानीय बताउँछन्।

राजनीतिज्ञ खुसीलाल मण्डल भन्छन्, ‘संघीयता र मधेसीको पहिचानलाई संस्थागत गराउ सक्नु चानचुने कुरा होइन। यसको जस उपेन्द्र यादवलाई जान्छ। यी दुई उपलब्धि बाँकी कमजोरी छोप्न काफी छन्। कमजोरी छन्, नभएका होइनन् तर उपलब्धि वजनदार छैन।’

सप्तरी २ को संयोग

अहिले सप्तरीमा कायम भएको निर्वाचन क्षेत्र नम्बर २ पहिलो संविधानसभा निर्वाचन–२०६४ मा क्षेत्र नम्बर ३ थियो। यहाँबाट त्यो निर्वाचनमा तत्कालीन सद्भावना पार्टीका महेश यादव निर्वाचित भएका थिए। उनी संविधानसभाको दोस्रो निर्वाचनमा पनि यसै क्षेत्रबाट उम्मेदवार बने तर पराजित भए।

महेश मात्र नभई २०४८ सालदेखि यो निर्वाचन क्षेत्रबाट कसैले पनि दोहोरिएर निर्वाचन जितेका छैनन्। यो निर्वाचन क्षेत्रबाट २०४८ सालको निर्वाचनमा हरिप्रसाद राय कांग्रेसबाट विजयी भएका थिए। २०५१ सालको निर्वाचनमा सद्भावना पार्टीबाट अनिश अन्सारीले जिते। २०५६ सालको निर्वाचनमा राप्रपाबाट रेणु यादव विजयी भइन्। यसपालि उपेन्द्रले यहाँबाट चुनाव लडेर जिते भने नयाँ इतिहास दोहोरिनेछ।

उपेन्द्रको चुनावी यात्रा हेर्दा स्थिर देखिँदैन। उनले निर्वाचन क्षेत्र बदल्दै आएको पाइन्छ। २०६४ सालको पहिलो संविधानसभा चुनावमा मोरङ ५ र सुनसरी ५ बाट चुनाव लडेका उपेन्द्रले दुवै क्षेत्रबाट जिते। २०७० सालको दोस्रो संविधानसभा चुनावमा उनी फेरि तिनै दुई जिल्लाबाट उम्मेदावर भए। त्यो चुनावमा उनले मोरङमा हारे, सुनसरीमा जिते। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी सप्तरी–२ बाट निर्वाचित भए।

२०७४ सालको चुनावअघि भएको भारतीय नाकाबन्दीसहितको तेस्रो मधेस आन्दोलन–२०७२ मा सप्तरी तातेको थियो। नयाँ संविधानमा मधेसको अधिकार काटिएको भन्दै भएको आन्दोलनमा सप्तरी भारदहका राजीव राउत मारिए। एमालेको चुनावी अभियानका क्रममा सप्तरीको मलेठमा पाँचजना मारिए। जसका कारण मधेसीको मन र मत दुवै उपेन्द्रतर्फ पोखिएको स्थानीय बताउँछन्।  

‘त्यो बेला अरू पार्टीको भावनात्मक मत पनि उपेन्द्रकै पक्षमा पोखियो,’ स्थानीय लक्ष्मण यादव भन्छन्, ‘संगठनभन्दा पनि भरोसा र भावनात्मक मतले उहाँले जित्नु भएको हो। यसपालि भावनात्मक मत छैन। आन्तरिक विवाद र विभाजनले संगठन पनि कमजोरप्रायः भैसकेको छ। अब भरोसा र गठबन्धनको मतमा उहाँको जित अडिएको छ।’

उपेन्द्रको जितमा महत्वपूर्ण भूमिका निवाह गर्न सक्ने दुई पात्र रेणु यादव र भीमराज यादव अहिले उनीसँग रुष्ट छन्। मन्त्रीबाट हटाइएपछि रेणु रुष्ट भएकी हुन्। अख्यिारले विशेष अदलातमा मुद्दा दायर गरेपछि निलम्बनमा परेका राजविराज नगरपालिकाका मेयर भीमराज पनि उपेन्द्रसँग रुष्ट छन्। यी दुवैको फाटेको मन टाल्न् उपेन्द्रका लागि अर्को चुनौती हो। भीमराज ९ हजार ६२४ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन। उनका मतदातामा बलियो पकड छ। रेणुको राजनीतिक विरासतका कारण यस क्षेत्रका मतदातामा पकड छ।

२०७४ सालको चुनावमा उपेन्द्रले सुनसरी र मोरङ छाडेर सप्तरी आउनुको मुख्य कारण ‘भेदभावविरुद्धको लडाइँ’ भएको बताएका थिए। आफ्नो जन्मभूमि सधैं पछि परेको पीडा साम्य पार्न आफूले सप्तरी २ रोजेको उनको दाबी थियो। उनको पैतृक गाउँ यसै क्षेत्रको भगवतपुर हो। सुगम र उर्वर भूमि हुँदाहुँदै पछि पारिएको यस क्षेत्रलाई प्रष्ट दृष्टिकोणसहित समृद्ध बनाउने उनको दाबी थियो। मधेसप्रति राज्यको भेदभाव हटाउन भन्दै सप्तरी २ बाट चुनाव लडका उनलाई जनताले जिताए। त्यसपछि उनी मन्त्री पनि बने। मधेस प्रदेशमा उनकै पार्टीले सरकारको नेतृत्व गरेको छ।

उपेन्द्रले यसपालिको चुनावमा आफूलाई जिताउनुपर्नाको आधारभन्दा पनि आफ्नो पहलमा भएका कार्यको फेहरिस्त सार्वजनिक गरेका छन्, गर्दैछन्। जसमा राजनीतिक र विकासका अजेण्डा समावेश छन्। राजनीतिमा पहिचानको मुद्दालाई अघि सारिएको छ। जसमा मधेस प्रदेशको नामांकन परेको छ। यसले थोरै भए पनि पहिचानको मुद्दा स्थापित भएको छ। यससँगै प्रदेशलाई स्वायत्त र अधिकारसम्पन्न बनाउने, समावेशिताको मुद्दालाई अझ प्रखर रूपमा अघि बढाउने, सन्तुलित आर्थिक विकासलाई अघि बढाउने जस्ता मुद्दालाई उनले अगाडि सारेका छन्। उनले आर्थिक, सामाजिक, शैक्षिक विकासमा पछि परेका र पारिएका क्षेत्रमा समान अवसर, स्रोत साधन उपलब्ध गराएर सामानुपातिक विकास अघि बढाउने योजना प्रस्तुत गरेका छन्। मधेस प्रदेश सरकारको सहयोगमा राजविराज नगरपालिकाको मलेठमा बन्न लागेको एकीकृत दलित बस्ती, राजविराजमा स्थापना भएको प्रदेश कृषि विश्वविद्यालय, रूपनी राजविराज चार लेन सडक निर्माणको प्रक्रियालगायत विकासका कामलाई पनि उनले उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्।

सप्तरी २ मा अंकगणित

सप्तरी २ मा ९६ हजार ४३ मतदाता छन्। तीमध्ये करिब १७ हजार यादव समुदायका छन्। यहाँ सत्ता गठबन्धनबाट उपेन्द्र यादव उम्मेदवार हुने करिब पक्का छ। त्यसो भए जनमत पार्टीका अध्यक्ष सिके राउतसँग उनको प्रतिस्पर्धा हुने देखिन्छ। तत्कालीन निर्वाचन क्षेत्र ३ र २ का केही भाग समेटेर हालको क्षेत्र २ बनाइएको हो।

यो क्षेत्रमा राजविराज नगरपालिका, छिन्नमस्ता, तिलाठी कोइलाडी र महादेवा गाउँपालिका छन्। स्थानीय तहको निर्वाचनमा तिलाठी कोइलाडीमा नेपाली कांग्रेस, महदेवामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राजविराजमा जसपा, छिन्नमस्तामा लोसपाले जितेका छन्। प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनबाट उपेन्द्र एकल उम्मेदवार भए उनको पल्लाभारी देखिन्छ। तर बागी–विद्रोही उठ्न सक्छन्। गठबन्धनको विपक्षमा बागी र जसपाभित्रका असन्तुष्ट विद्रोही बनिदिए उनका लागि चुनाव जित्न कठिन देखिन्छ। पार्टीभित्रका असन्तुष्टलाई व्यवस्थापन गर्न सके र गठबन्धनभित्रका बागीलाई रोक्न सके उपेन्द्रले सप्तरी क्षेत्र नम्बर २ बाट पुनः निर्वाचित भएर इतिहास रच्नेछन्।

लोकप्रिय
अर्को समाचार
अध्यक्ष यादव फर्केसँग जसपा नेपालले बोलायो संसदीय दलको बैठक
२५ वैशाख २०८१
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
अध्यक्ष यादव फर्केसँग जसपा नेपालले बोलायो संसदीय दलको बैठक

जनता समाजवादी पार्टी, नेपालले संसदीय दलको बैठक बोलाएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिकाबाट स्वदेश फर्केसँग संसदीय दलको बैठक बस्न लागेको हो।

बैठक पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा अबको केहीबेरमा सुरु हुनेछ। बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयका बारेमा छलफल हुने बताइएको छ।

आईतवार मात्रै ७ जना प्रतिनिधि सभा सदस्यसहित अशोक राईले जनता समाजवादी पार्टी गठन गरी दर्ता भइसकेको छ। अब उपेन्द्र यादवसँग प्रतिनिधि सभामा जम्मा ५ जना मात्रै सांसदहरु छन्। सोही विषयमा संसदीय दलको बैठकमा छलफल हुनेछ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस