कर्णाली सुनको डल्लो हो, असली कालिगडको खाँचो छ: अर्थमन्त्री शर्मा
१६ भदौ २०७९
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
कर्णाली सुनको डल्लो हो, असली कालिगडको खाँचो छ: अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कर्णाली सुनको डल्लो भएको बताउँदै असली कालिगडको आवश्यकता रहेको बताएका छन्। अर्थमन्त्री शर्माले कर्णाली अब समृद्धिको गीत गाउँने बेला भइसकेको बताए।

बिहीबार बीमा समितिको कर्णाली प्रदेश कार्यालय उद्घाटन गर्दै अर्थमन्त्री शर्माले कर्णाली र भेरी करिडोर सञ्चालन गरेर चीनसँगका सिमा नाकाहरु सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए। ‘कर्णाली आफैंमा सुनको डल्लो हो, सुनको गहना बनाउने कालिगड नहुँदा उपभोग गर्न पाएका छैनौं’, अर्थमन्त्री शर्माले भने, ‘सुनको डल्लोलाई गहना बनाउने कालिगड भए कर्णाली आफैं समृद्ध हुन्छ।’

अर्थमन्त्री शर्माले कर्णालीका जनतालाई बाटो र बिजुलीको पहुँचमा ल्याउँदै यहाँको जडिबुटीको सही सदुपयोग गर्नेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताए। ‘कर्णाली र भेरी करिडोर कर्णालीको समृद्धिका मार्गहरु हुन्’, अर्थमन्त्री शर्माले भने, ‘यी दुवै सडकको विस्तार गर्दै चीनसँगका नाकाहरु सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।’

अर्थमन्त्री शर्माले कर्णालीले अब गरिबीका गीतहरु नभएर विकास समृद्धिका गीतहरु गाउने बेला आएको बताए। उनले उत्तरको चीनसँगै दक्षिणको भारसँग जोडिने नजिकको मार्ग तेलपानी–भुरिगाउँ सडक सञ्चालनमा ल्याइने पनि बताए। ‘अब कर्णाली पछाडी पारिएको, गरिबीले पिल्सिएको भनेर मात्रै हुँदैन्’, उनले भने, ‘यहाँका सम्भावनालाई पनि उजागर गर्दै समृद्धिको मार्गमा डोर्‍याउनु आवश्यक छ।’

बीमा कलेज स्थापना हुने

संघीय सरकारले विमा क्षेत्रमा जनशक्ति न्यून रहेको भन्दै यस सम्बन्धी अध्ययनका लागि बीमा कलेज स्थापना गर्न लागेको छ। अर्थमन्त्री शर्माले चालू आर्थिक वर्षभित्रै कलेज स्थापना हुने बताए। ‘देशभर विमा क्षेत्रमा अहिले १२ हजार बढीले काम गरिरहनु भएकोछ, कमैले मात्र बीमा सम्बन्धी अध्ययन गर्नु भएको छ’, अर्थमन्त्री शर्माले भने, ‘बीमा क्षेत्रको विकास र विस्तार गर्नका लागि दक्ष जनशक्ति उत्पादन गर्नका लागि कलेज स्थापनाको तयारी थालेका हौं।’

अर्थमन्त्री शर्माले जडिबुटी खेतीलाई प्रोत्साहन गर्नका लागि सरकारले जडिबुटी खेती बीमा सुरु गरेको जानकारी दिए। उनले पत्रकाहरुका लागि हुँदै आएको बिमालाई विस्तार गरेर खेलाडीहरुलाई पनि बीमा गर्ने तयारी थालिएको बताए। अर्थमन्त्री शर्माले आर्थिक विकास र क्षति न्यूनिकरणका लागि बिमा आवश्यक रहेको बताउँदै बीमाको पहुँचले समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने बताए।

उनले देशभरका ४१.२ प्रतिशत नागरिकहरु बीमाको पहुँचमा हुँदा कर्णालीमा जम्मा ११.६३ प्रतिशत मात्रै रहेको बताउँदै आगामी एक वर्षभित्र कर्णालीका ४० प्रतिशत नागरिकलाई बीमाको पहुँचमा ल्याउन समितिलाई निर्देशन दिए। ‘कर्णालीका नागरिकहरु बीमाको पहुँचमा मात्रै होइन्, बीमामा काम गर्नेहरुको संख्या पनि न्यून छ, देशभर ४१.२ प्रतिशत नागरिकहरु बीमाको पहुँचमा हुँदा कर्णालीमा ११.६३ प्रतिशत मात्रै छ, देशभर १२ हजार बढी  बीमा कम्पनीमा कार्यरत हुँदा कर्णालीका १८८ जना मात्रै छन्, अर्थमन्त्री शर्माले भने, ‘बीमा समितिले यसतर्फ ध्यान दिन आवश्यक छ।’

उनले कर्णालीका सबै पालिकाहरुमा बिमाको पहुँच पुर्‍याउन बीमा समितिले सबै बीमा कम्पनीहरुलाई पालिका छुट्याउनुपर्ने बताए। ‘कर्णालीका हरेक पालिकामा अनिवार्य पुग्ने गरेर निर्णय गर्नुहोस्, यसो गर्दा बीमा कम्पनीहरू गाउँ-गाउँमा पुग्छन्’, उनले भने, ‘यसमा संघ, प्रदेश र स्थानीय तहले पनि आ–आफ्नो ठाउँबाट सहयोग पुर्‍याउँछन्।’

राष्ट्रिय बीमा नीति ल्याइने

अर्थमन्त्री शर्माले सरकारले राष्ट्रिय बीमा नीति ल्याउन लागेको जानकारी दिए। उनले राष्ट्रिय बीमा नीति सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेश भएको बताउँदै एक सातामै निर्णय हुने बताए। ‘नीतिमा विपद् जोखिम न्यूनिकरण रणनीति उल्लेख गरेका छौं, ८० प्रतिशत प्रिमियम संघीय सरकारले तिर्ने गरेर बाली बीमाको योजना ल्याएका छौं,’ उनले भने, ‘समग्रमा भन्नुपर्दा एक परिवार, एक बीमाको नीति ल्याएका छौं।’ उनले कृषि क्षेत्रलाई समेटेर लघु बीमाको अवधारणा पनि ल्याइएको बताए। ‘गाउँ-गाउँसम्म लघु वित्त र लघु बीमा  पुर्‍याउन सकेको खण्डमा जनताको आर्थिकस्तर उकास्न मद्दत पुर्‍याउँछ’, उनले भने।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले संघीय संरचना अनुसार बीमा समितिको कार्यालय कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा स्थापना गरिएको बताए। ‘बीमाको पहुँचवृद्धि, बिमा दावी भुक्तानी, गुनासाहरूको सम्वोधनका कर्णालीका नागरिकहरुलाई सहज हुनेछ’, उनले भने, ‘कर्णालीका नागरिकहरुलाई बीमाको दायरामा ल्याउन पनि यसले सघाउ पुर्‍याउने छ।’

अर्को समाचार
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
११ घण्टा अघि
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (पिएमओ) का अनुसार जोखिममा परेका नागरिकको सहयोगका लागि नेपाली सेनाले बुधबार राति नै खाद्यसामग्री, टेन्ट र औषधिसहितका राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याएको छ।

उद्धार तथा खोजी कार्यमा सुरक्षा निकायसँगै निजी क्षेत्रले पनि सहयोग गरिरहेको कार्यालयले जनाएको छ। बाढी आएलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली परिचालन गरिएको थियो। सेना र निजी क्षेत्रका हेलिकोप्टरसमेत प्रयोग गरी उद्धार कार्य सुरु गरिएको थियो।

नेपाली सेनाको टोलीले रातभर स्थलमार्गबाट उद्धार कार्य जारी राखेको थियो। बिहीबार बिहानदेखि टिमुरे, स्याफ्रुबेँसी र नदी तटीय क्षेत्रमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टर र पैदल टोलीलाई थप सक्रिय बनाइएको छ।

फसेका नागरिकको उद्धारसँगै बेपत्ता भएकाहरूको खोजीलाई पनि तीव्र पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

सरकारले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारी संयन्त्रलाई प्रभावित क्षेत्रमा केन्द्रित गरिएको कार्यालयले जनाएको छ।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस