सत्तारुढ दलमध्येको एक नेकपा (माओवादी केन्द्र ) उदयपुरले आसन्न स्थानीयतह चुनावमा गठबन्धन कायम राखेरै जाने कुरा दोहोर्याएको छ। शनिबार सदरमुकाम गाईघाटमा बसेको पार्टी जिल्ला समन्वय समितिको बैठकले सत्तारुद्ध दलहरुबीचको गठबन्धनलाई ‘राष्ट्रिय आवश्यक्ता’को संज्ञा दिँदै कुनै हालतमा तालमेल गरेरै जानुपर्ने निश्कर्ष निकालेको हो।
पार्टी केन्द्रीय सदस्य सुरेशकुमार राई (हिमाल), दुवै संघीय निर्वाचनक्षेत्र अध्यक्ष तथा इन्चार्ज, चारवटै प्रदेश अध्यक्ष र इन्चार्ज, प्रदेश सचिवालय सदस्यहरु, विभागीय सदस्य तथा जिल्ला समन्वय सदस्य र स्थानीयतह इन्चार्ज, सहईन्चार्ज, अध्यक्ष र सचिवसम्मको उपस्थिति रहेको बैठकले गठबन्धनलाई वर्तमान परिस्थितिको बाध्यता ठहर गरेको छ।
‘गठबन्धन गरेर चुनाव लड्नु अहिलेको राष्ट्रिय आवश्यक्ता महसुस गर्दै हाम्रो पार्टी सत्तासिन दलहरुसँग मिलेरै चुनावमा जानुपर्छ भन्ने माथिबाटै निर्देशन आएको छ,’ केन्द्रीय सदस्य तथा संघीय सांसद राईले भने, ‘त्यसैले यो बैठकले गठबन्धन टुट्न नदिन लचिलो भएर अघि बढ्ने निर्णय गरेको छ।’ बैठकले काँग्रेसभित्र देखिएको अन्यौल बेलैमा हटाएर स्वस्थ्य वातावरणमा गठबन्धन गरेर जान पनि आव्हान गरेको छ।
पार्टी जिल्ला समन्वय संयोजक विनोद कटुवाल (दिवस)ले चुनावसम्बन्धी केन्द्रबाट प्राप्त सर्कुलर पढेर सुनाएका थिए। संविधानसभासदत्रय मोहन खत्री (दिपक), मणि खम्बु (रिवासी), तथा भेषकुमारी राउत (कोपिला)समेतको उपस्थितिमा सम्पन्न बैठकमा स्थानीय तहका इन्चार्ज, अध्यक्ष तथा सविचहरुले आआफ्नो भूगोलको अवस्था र पार्टी गतिबिधिबारे रिपोर्टिङ गरेको समन्वय सचिव किरण राईले बताए।
उता शनिबारै सम्पन्न नेपाली काँग्रेस उदयपुरको बैठकले पनि आसन्न निर्वाचनमा गठबन्धन गरेरै जाने कुरमा प्रष्ट भएको छ। अघिल्लो दिन शेखर कोईराला पक्षधर नेता कार्यकर्ताहरुले गठबन्धन नगरी एक्लाएक्लै चुनाव लड्दा पनि जितिने भन्दै कार्यकर्ताको हस्ताक्षर संकलन गरेर बुझाएका थिए। सोही विषयमा केन्द्रित भएर डाँकिएको पार्टी जिल्ला कार्यसमितिको बैठकले गठबन्धन गरेरै मात्र चुनावमा जाने निर्णय गरेको हो।
सभापति हिमाल कार्कीले असन्तुष्ट पक्षहरुसहितलाई राखेर बसेको बैठकले सत्ता साझेदार ५ दलबीच गठबन्धन गरेरै चुनावमा जाने निर्णय गरेको बताए। केही नेता कार्यकताको असहमतिका बाबजुद केन्द्रीय निर्देशन, स्थानीय आवश्यक्ता र परिस्थिति अनुसार गठबन्धन कायम राखेर जाने निर्णय भएको उनले बताए। उनले गठबन्धन गर्ने निर्णय सर्वसम्मत भएको पनि दावी गरेका छन्।
‘पार्टीको केन्द्रीय निर्देशन स्वीकार्दै, ०७४ को मतभारलाई आधार मानेर सबै स्थानीयतह र वडासम्म गठबन्धन गरेर जाने निर्णय भयो,’ बैठक निर्णयबारे जानकारी गराउँदै कार्कीले भने, ‘पार्टी अनुशासन, पद्धति र स्थानीय आवश्यक्ताका आधारमा गठबन्धन गरेर जाने निर्णय भयो। उम्मेदवार छान्दा सबैतिर विचार पुर्याउने निर्णय भएको छ।’
शुक्रबार कोईराला पक्षधर काँग्रेसीहरुले पार्टीको अवस्था विगतको चुनावमाभन्दा सुधार भएको, संगठन मजबुत भएको निश्कर्ष निकाल्दै ४ सय १५ जनाको हस्ताक्षर संकलन गरेर जिल्ला पार्टीलाई बुझाएको थियो। ०७४ को चुनावमा मात्र ७२ मतान्तरले एमालेसँग चुनाव हारेका बसन्त बस्नेतलगायत कोईराला पक्षधर टोलीले गठबन्धन गर्नुपर्ने आवश्यक्ता नभएको भन्दै एक्लै चुनाव लडेर जित्ने ठोकुवा गरेको थियो। गठबन्धन गर्नुपरे मेयर पद आफूलाई दिनुपर्ने अडान पनि सो पक्षको छ।
असन्तुष्ट पक्षको उक्त मागपछि पार्टी जिल्ला कार्यसमितिको बैठक बोलाएका कार्कीले केन्द्रको निर्देशन, देशको परिस्थिति र पार्टीको धरातल अनुसार गठबन्धन गर्नुपर्ने आवश्यक्ता महसुस गरेर यो निर्णय गरेको जनाइएको छ। बैठकले सबै स्थानीयतहका पार्टी सञ्जाललाई गठबन्धन गरेर जाने निर्णयको कार्यान्वयन गर्न गराउन निर्देशित पनि गरेको कार्कीले बताएका छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (पिएमओ) का अनुसार जोखिममा परेका नागरिकको सहयोगका लागि नेपाली सेनाले बुधबार राति नै खाद्यसामग्री, टेन्ट र औषधिसहितका राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याएको छ।
उद्धार तथा खोजी कार्यमा सुरक्षा निकायसँगै निजी क्षेत्रले पनि सहयोग गरिरहेको कार्यालयले जनाएको छ। बाढी आएलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली परिचालन गरिएको थियो। सेना र निजी क्षेत्रका हेलिकोप्टरसमेत प्रयोग गरी उद्धार कार्य सुरु गरिएको थियो।
नेपाली सेनाको टोलीले रातभर स्थलमार्गबाट उद्धार कार्य जारी राखेको थियो। बिहीबार बिहानदेखि टिमुरे, स्याफ्रुबेँसी र नदी तटीय क्षेत्रमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टर र पैदल टोलीलाई थप सक्रिय बनाइएको छ।
फसेका नागरिकको उद्धारसँगै बेपत्ता भएकाहरूको खोजीलाई पनि तीव्र पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
सरकारले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारी संयन्त्रलाई प्रभावित क्षेत्रमा केन्द्रित गरिएको कार्यालयले जनाएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।