नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयर तथा उपमेयरको उम्मेदवारका आकांक्षी सबैको नाम सिफारिस गरेको छ। मतदानबाट उम्मेदवार छान्न प्रक्रिया शुरु भएपनि अन्तिममा नेकपा एमाले महानगर कमिटीको बैठकले मेयर तथा उपमेयरका सबै आकांक्षीको नाम माथिल्लो निकायमा सिफारिस गर्ने निर्णय भएको हो।
यसअघि एमाले महानगर कमिटीले उम्मेदवार छान्न निर्वाचन प्रक्रिया अगाडि बढाएको थियो। जस अन्तर्गत विहान उम्मेदवारी दर्ता गरिएको थियो। जसमा यसअघि उम्मेदवारीका लागि रसिद काटेका १२ जनाले मेयर तथा ९ जनाले उपमेयरका लागि उम्मेदवारी दर्ता गरेका थिए। त्यसपछि सहमतिका लागि भएको अन्तिम प्रयासपनि असफल भएपछि महानगर कमिटीको बैठक बसेको थियो। सोहि बैठकले आकांक्षी सबैको नाम माथिल्लो निकायमा सिफारिस गर्ने निर्णय गरेको एमाले पोखरा महानगर कमिटी अध्यक्ष दीलिप न्यौपानेले जानकारी दिए।
मेयरका लागि एमालेबाट प्रदेश सांसदहरु कृष्णबहादुर थापा र राजिव पहारी, मीनाकुमारी गुरुङ, रश्मी आचार्य, भीम कार्की, दीपक पौडेल, पुष्पज्योति ढुंगाना, दर्शन लामा, बालासिंह काउछा मगर, प्रा.डा.विश्वकल्याण पराजुली, पुष्पराज अधिकारी र सावित्री भण्डारीले नाम दर्ता गराएका छन्।
एमालेबाट उपमेयरका लागि ३ महिला सहित ९ जनाले नाम दर्ता गराएका छन् । यसरी नाम दर्ता गराउनेमा शोभामोहन पौडेल, जीवनप्रसाद आचार्य, शुष्मा पौडेल, तेजनारायण अधिकारी, टीकाराम पंगेनी, देवका पहारी त्रिपाठी, हरिमाया गुरुङ, बैनबहादुर अधिकारी क्षेत्री, सञ्जीवबहादुर कोईराला, बामदेव ढुंगाना र बलराम गायक छन्।
पोखराको उम्मेदवार चयनमा पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी हाबी छन। गुरुङ पार्टीको उपमहासचिव र अधिकारी संगठन विभाग प्रमुख हुन। दुबै समूहले आफू निकटकालाई टिकट दिन लबिङ गरिरहेका छन्। जस अन्तर्गत शुक्रबार निर्वाचन प्रक्रियाबाट उम्मेदवार छान्न लाग्दा दुबै समूहले छुट्टाछुट्टै प्यानल बनाएका थिए। एमाले भित्र नै दुई खेमा बनाएर उम्मेदवार छनौट गर्न लागेपछि मध्यमार्गि धारले साझा उम्मेदवार चयन गर्न दवाब दिएका थिए। तर त्यसमापनि सहमति नभएपछि आकांक्षी सबैको नाम सिफारिस गरिएको एमाले निकट श्रोतले बताएको छ।
सिफारिस नाम जिल्ला कमिटीमा पुग्नेछ। त्यहाँ सर्वसम्मत भए त्यहिंबाट नत्र प्रदेशहुँदै केन्द्रीय समितिमा पुग्नेछ। केन्द्रीय समितिले महानगरको मेयर तथा उपमेयरको उम्मेदवार टुंगो लगाउने एमालेमा प्रावधान रहेको छ।
नेकपा (एमाले) ले वर्तमान सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने निष्कर्ष निकालेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले वर्तमान सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने निष्कर्ष निकालेको हाे।
बैठकले पार्टीको वैचारिक र संगठनात्मक सुदृढीकरणका लागि भन्दै दुई महिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। ‘मिसन ग्रासरुट’ नाम दिइएको सो अभियान देशभर फागुन र चैत महिनाभर चल्ने एमाले उममहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
उनले पार्टीलाई वैचारिक र संगठनात्मक रुपमा जगैदेखि मजबुत बनाउनका लागि अभियान सञ्चालन हुन लागेको बताए। सो अभियानका क्रममा पार्टीका सम्पूर्ण केन्द्रिय सदस्यहलाई पालिकाहरुमा खटाइने उनले बताए।
केन्द्रिय सदस्यहरुलाई पार्टी सदस्यको सदस्यता नविकरण गर्ने, प्रशिक्षण गर्ने, जनप्रतिनिधि र पार्टीका कमिटीका सम्बन्धहरु सुव्यवस्थित गर्ने, पार्टी र समाजमा विशेष योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्ने, राय सुझाव लिने लगायतका ११ वटा काम दिएर खटाइने उनले उल्लेख गरे। सो अभियान फागुन ५ गतेदेखि औपचारिक रुपमा शुरु हुने उनले जानकारी दिए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।